राष्ट्रिय समाचार

कालापानीबारे चीन बोल्यो,– हामीले मिचेका छैनौं

काठमाडौँ । नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातापछि मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे आएको जिज्ञासामा उत्तर दिँदै भने, ‘कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण मित्रवत वार्ता गरेर समाधान खोज्न आवश्यक छ।’ जम्मुकश्मीर र लद्दाखलाई छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई [...]

दसगजा मिचेर कतै पसल, कतै खेतीपाती

काठमाडौँ । भारतीय सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमणको सिकार बनिरहेको छ। सर्लाहीमा भारतसँगै जोडिएको ४६ किलोमिटर सीमा क्षेत्र पर्छ। दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ। कतिपय स्थानमा खेतीपाती भइरहेको छ। विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर [...]

भारतीय प्रधानमन्त्री मोदीलाई डाक्टर केसीको पत्र

श्री नरेन्द्र दामोदरदास मोदी, प्रधानमन्त्री, भारत गणराज्य कुशल छौं र यहाँको कुशलता चाहन्छौं । भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो । सन् १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो । त्यसपछिको अवधिमा ब्रिटिस इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको [...]

मारुनी नाच संरक्षण नौमुले

फाईल फोटो दैलेख | नौमुले गाउँपालिका भाँडे गाउँका ६० वर्षका जंगबहादुर सुनाखरी मारुनी नाचका टिम प्रमुख हुन् । बुवा र बाजेबाट मारुनी नाचेको देखेका उनले अहिले त्यही नाचका टिम प्रमुख भएर नाच्ने गर्दछन् । कम्मर मादल भेरेर मादलकै तालमा नाच्ने गरेका सुनाखरी आफुहरुलाई हेर्न गाउँभरबाट ठुलो जमात भेला हुने गरेको अनुभव सुनाउँछन् । ‘त्यतिबेला अरु मनोरञ्जनको साधन थिएन् ।’ उनले भने, ‘अहिले हेर्नका लागि थुप्रै प्रविधि आएपछि परम्परागत रुपमा रहेको मारुनी नाच [...]
1 2 3 263