राष्ट्रिय समाचार

बुधबार ७७ मजदुरहरु मृत्युपर्यन्त अंगदान गर्न तयार, मृत एक जनाले ८ जना बचाउने !

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा र्निाण मजदुर यूनियन(क्युपेक नेपाल) आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मजदुर एवं उनीहरु आश्रित परिवारलाई निशुल्क स्वास्थ परिक्षण तथा मृत्यु पर्यन्त अंगदान गराउने कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ७९जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए भने ७७जनाले मृत्युपर्यन्त अंगदान गर्ने भएका छन् । कार्यक्रममा क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईटेलमानिसको मृत्युपश्चात् [...]

बाजुरामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु : दुई घाइते

बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटना पाईलट कैलाश गुरुङको ज्यान गएको छ । मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक प्राविधिक र एक महिला पाइलट घाइते छन्। विमानस्थ देखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज उत्तानो पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा [...]

नेपाली सेनाको विमान बाजुराको कोल्टीमा दुर्घटना

नेपालगञ्ज— नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। उनले भने, ‘दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’ [...]

भरतपुर विवाद : निर्वाचन आयोगले बनायो छानविन समिति

काठमाडौं । निर्वाचन आयोगले भरतपुरमा देखिएको विवाद समाधान गर्न सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । छानविन समितिले सकेसम्म छिटो प्रतिवेदन बुझाउने बताइए पनि तीन दिनभित्र बुझाउन भनिएको छ । त्यतिन्जेल भरतपुरको मतगणना स्थगित गरिनेछ । छानविन समितिमा गृहमन्त्रालयका एक सहसचिव र अर्का एकजना डीआईजी समितिमा रहनेछन् । उनीहरुको समितिले तीन दिनभित्र प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निर्णय गरिने निर्वाचन आयोगका [...]

माअोवादीलार्इ सफार्इको मौका ! युद्धपछि बदलिएको बजेटको यसपाली होला त ‘युटर्न’ ?

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि झण्डै १२ खर्बको हाराहारीमा बजेट विनियोजन गर्ने तयारी गरेको छ । स्थानीय निर्वाचनको आचारसंहिताका कारण नयाँ नीति तथा कार्यक्रम विना नै काम चलाउ बजेट ल्याउने तयारी गरिरहेको सरकारले अहिले राष्ट्रिय गौरवका आयोजनाहरु र निर्वाचनको लागि केन्द्रीत रहेर बजेट तयार पारेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।  सरकारको नीति तथा कार्यक्रममा पनि यस्ता कुराहरु स्पष्टसँग नै उल्लेख गरिएको छ । संविधान कार्यान्वयन [...]

चुनाव सात दिन सार्ने निर्णय

रधानमन्त्री निवास बालुवाटारमा आइतबार रातीसम्म बसेको तीन प्रमुख दल र राष्ट्रिय जनता पार्टीबीच सम्पन्न वैठकले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको मिति सात दिन सार्ने निर्णय गरेको छ। जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ७ गते हुने गरि सारिने निर्णय भएको हो। राजपालाई पनि चुनावमा सहभागी गराउन ढिलोमा असार सात गतेसम्म चुनाव सार्ने निर्णय गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाइ बताए। ‘राजपा नेपालले पनि चुनावमा पनि भाग [...]

प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो

काठमाडौं । आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक ८८ हजार ७ सय ८५ रुपैयाँ पुगको छ। गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर रहेको थियो । त्यस्तै, चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ [...]

सत्तापक्ष–एमालेबीच सहमतिः महाभियोग फिर्ता हुने, संसद् अवरोध खुल्ने

काठमाडौं । सत्तापक्ष प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन र पूरानै स्थानीय तहमा चुनाव गराउन सहमत भएको छ । सत्तापक्ष दल र एमालेबीच शनिबार बिहान सभामुखको कार्यकक्षमा भएको वार्तामा सरकार महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमत भएको हो । सरकार महाभियोग र स्थानीय तह वृद्धिको विषयमा लचक भएपछि एमालेसमेत संसद्को जारी अवरोध खुलाउन सहमत भएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार सिंहदरवारमा भएको वार्तामा [...]

निर्वाचन आयोगले भन्यो – भर्खरै थपिएका ठाउँमा चुनाव गर्न सकिँदैन

काठमाडौं, जेठ ११– निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा जेठ ३१ गते चुनाव सम्पन्न गर्न नसकिने स्पष्ट पारेको छ । बिहिबार बसेको आयोगको बैठकले थपिएका स्थानीय तहमा जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउन असम्भव रहेको निश्कर्ष निकाल्दै पुरानै संरचनामामात्रै जेठ ३१ गते चुनाव गराउन सकिने जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिवर्तन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्यालगायतको विस्तृत विवरण तयार गरी राजपत्रका प्रकाशित भएपनि निर्वाचन [...]
1 106 107 108 109 110 183