राष्ट्रिय समाचार

लकडाउनमा उब्जेका केही प्रश्‍न

सञ्चिता लुइँटेल काठमाडौं : चीनको वुहान हुँदै अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले विश्वलाई मानवीय, आर्थिक र सामाजिक संकटमा पारिरहेको छ। कोरोना भाइरसको औषधि पत्ता नलागिरहेको अवस्थामा यसबाट बच्न सामाजिक दूरीको नीति अवलम्बन गरिएको छ। झन्डै पूरा विश्व अहिले लकडाउनको स्थितिमा छ। झन् हाम्रो जस्तो भीडभाडमा काम गर्नुपर्ने फिल्म क्षेत्र ठप्प नहुने त कुरै भएन। मैले पनि अहिले आफूलाई घरमा नै सुरक्षित गरेकी छु। विश्वभर सबै [...]

कोरोना संक्रमण रोकथाम : लकडाउनमा थप कडाइ गर्ने मन्त्रिपरिषद निर्णय,एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत समेत बन्द

काठमाडौं :  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।    मन्त्रिपरिषदले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावतमासमेत कडाइ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज [...]

कोभिड १९रोकथाम : सांसद थापाद्धारा एक महिनाको पारिश्रमिक सहयोग

सुर्खेत, चैत २२– कर्णाली प्रदेशसभा सदस्य सुशिल थापाले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाका स्वास्थ्य संस्थालाई मेडिकल साम्रगी खरिद गर्न उक्त सहयोग गरेका हुन् । प्रदेशसभा सदस्य थापाले अन्य व्यक्तिहरुबाट समेत सहयोग जुटाएर अत्यावश्यक मेडिकल सामग्री खरिद गरी निर्वाचन क्षेत्रमा वितरण गर्ने कार्यक्रम रहेको बताए । यस अभियानमा सांसद [...]

पहिलो पटक नेपालभित्रै कोरोना सरेको पुष्टि : संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं : पहिलो पटक नेपाल भित्रै कोरोना संक्रमण सरेको पुष्टि भएको छ। यसअघि विदेशबाट नेपाल आएका व्यक्तिमा मात्र कोरोना पुष्टि भएको थियो। शनिबार नेपालभित्रै कोरोना सरेको पुष्टि भएको हो। दुवईबाट भारत हुँदै नेपाल फर्किएका कैलाली धनगढीका ३४ वर्षीय पुरुष कोरोना आशंकामा चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना भएका थिए। उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। शनिबार उनकै परिवारकी आफन्त ३४ वर्षकै महिलामा कोरोना सरेको पुष्टि भएको हो।  शनिबार [...]
1 2 3 4 312