विचार/दृष्टिकोण

नेपाली नारीको जीत

प्रेमबहादुर शाही भनिन्छ “नारी हुन श्राप होईन, सौभाग्य हो ।” नारीसँग असम्भावनामा पनि सम्भावना देख्न सक्ने, दुःखमा पनि सुखको अनुभव गर्न सक्ने र चुनौतिमा पनि सफलता प्राप्त गर्ने सक्ने क्षमता हुन्छ । आफ्नो हक अधिकारको लागि सात दशकसम्म कठोर संर्घषको लडाईमा होमिएका नेपाली जनताले वि.स.२०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान प्राप्त गरेसँगै आधुनिक नेपालको इतिहासमा पहिलो पटक राष्ट्रको सर्वोत्कृष्ट पदमा नेपाली नारी विद्यादेवी भण्डारी पुग्न सफल हुनुु [...]

यसकारण महत्वपूर्ण हो दैलेख !

विश्व के.सी. (पोखरेल) मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलको दैलेख जिल्ला पश्चिम नेपालको राजनैतिक तथा सांस्कृतिक इतिहासका लागि एउटा महत्वपूर्ण जिल्ला हो । देवताहरूको वासस्थान रहेकोले देवलोक हँुदै दैलेख भनिएको वा दधिचि ऋषिको तपोभूमि भएकोले दधिलेखबाट दैलेख भनिएको वा भगवान शिवले कामदेवलाई भष्म गर्दा शिवको तेस्रो नेत्रबाट निस्किएको अग्नीज्वालालाई शिवद्वारा दुल्लू पर्वतमा फालिएकोले वैश्वानर ज्वालाक्षेत्र भनिएको वा सतीदेवीको [...]

सम्वृद्धिको यात्रामा दैलेख

–गोविन्द केसी मध्यपश्चिमको पहाडी जिल्ला दैलेख ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक र पर्यटकीय हिसाबले सुन्दर जिल्ला हो । ४९ गाविस र २ नगरपालिका रहेको दैलेख शान्ति स्थापनासंगै विकास र सम्वृद्धिको बाटोतर्फ लम्किरहेको छ । चर्चित पञ्चकोशी धार्मिक क्षेत्र, लोपोन्मुख राउटे समुदाय, द्धारी झरना यही जिल्लामा छन् । पर्यटकीय सम्भावनाका दृष्टिले दैलेख राम्रो सम्भावना भएको जिल्ला हो । काठमाडौं उपत्यका, लुम्बिनी पछि दैलेखमा ऐतिहासिक र पुरातात्विक [...]

शिक्षक नै वास्तविक अगुवा

आत्माराम भट्टराई विद्यालयमा दिइएका शारीरिक एवं मानसिक सजायबाट बालबालिका प्रताडित भएका घटनाहरु हाम्रा अगाडी ताजै छन् । यसका साथै विद्यँलयमा गरिने दूव्र्यवहारका कारण पनि बालबालिका भयमूक्त हुन सक्दैनन् । शिक्षक वा ठूला विद्यँर्थीले खास गरी केटीहरुको गाला सुम्सुम्याउने, मसार्ने, ढाडमा धाप मार्ने गर्नाले पनि बालीकामा नकारात्मक असर पर्न जान्छ । केटा र केटीलाई जोडेर गाली गर्ने, विवाह गरेको भए यती उती छोरा छोरी हुन्थे भनि अवहेलना गर्ने गर्नाले पनि [...]

घडी एक घण्टा ढिला पारिने दिन

अमरबहादुर सुनार आज अक्टोवर २५ तारिक अथवा अक्टोवर महिनाको अन्तिम आइतवार । यूरोपतिर आजैदेखि जाडो यामका लागि सबैले आफ्नो घडी १ घण्टा ढिला गराउँछन् । आज १ घण्टा ढिला बनाइएको घडी मार्च महिनाको अन्तिम आइतवार पुनः १ घण्टा छिटो पारिन्छ । अक्टोवर अन्तिम आइवारदेखि मार्चको अन्तिम आइतवारबो अघिल्लो दिनसम्म जाडो याम र मार्चको अन्तिम आइतवारदेखि अक्टोवरको अन्तिम आइतवारको अघिल्लो दिनसम्म समयलाई गर्मी याम भनिन्छ । जाडो याम सुरु भएको मानेर अक्टोबर महिनाको अन्तिम [...]

‘नमुछे आमा दहीमा टीका’

‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठले गाएको ‘आमा तिनीहरुले जेसुकै भनून्।।’ होस्, कृष्णभक्त राईले गाएको ‘नमुछे आमा दहीमा टीका’ होस् वा अरू कुनै, मलाई यस्ता गीत सुन्दा दसैंकै सम्झना [...]

सनदबाटै मालपोत असुली

ज्वाला सन्देश समचार दाता दैलेख – कालभैरव गाविस–२ का अक्कल तिवारी वषैंदेखी महन्त र मुखियाको नाउँमा मालपोत बुझाउँछन् । उनको छिमेकीहरुले सदरमुकाममा आएर जिल्ला मालपोत कार्यालयमा आफुले प्रयोग गरेको जग्गाजमिनको कर बुझाउँदा निकै दुखी हुन्छन् । एउटै गाँउमा प्रयोग हुने जमिनमा विभेदपूर्ण कानुन कसैले सरकारलाई त कसैले गुठीका नाममा महन्तलाई मालपोत बुझाउँदा उनी दुखी हुने गरेका हुन् । तिवारी वर्षेनी महन्त र मुखियालाई आफ्नो जग्गाको मालपोत कर दिन्छन् । [...]

‘कोअलिसन गभर्मेन्ट’ हो भन्दै निरिह नबन्नुस् प्रधानमन्त्री ज्यू

जीवन क्षेत्री वृद्ध १, सुशील कोइराला । नेपालका प्रधानमन्त्री। एक दिन नैतिकताका लागि चिनिएका एक उच्च सरकारी अधिकारीले कोइरालालाई भने- प्रमज्यू, तपाईंको न कोही अघि, न कोही पछि। न मान्छेले तपाईंको अनुहार हेरेर ओहो! सुशील त क्या ‘ह्याण्डसम’ भन्नेछन् न त तपाईंको फूलेको दारी कपाल हेरेर कस्तो कुरुप वृद्ध नै भन्नेछन्। तपाईं चिनिने भनेको त कामले हो । राम्रो कामले तपाईंको यश सधैँलाई रहनेछ, नराम्रा काम भए तपाईंको नाम नै खराब हुनेछ। राम्रो काम गर्न किन खुट्टा [...]

डा. केसीको अनसन आगोको झिल्को नबनोस्!

सम्पादकीय मेडिकल शिक्षा सुधारको माग लिएर डा.गोविन्द केसीले सुरू गरेको छैठौं अनसन आज (मंगलबार) ९ दिन पुगेको छ। उनको मुटुको धड्कन अनियमित हुन थालेको, शरीरका अन्य अंग कमजोर हुँदै गएको र कुनै पनि बेला उनको स्वास्थ्यमा जटिलता उत्पन्न हुने खतरा बढेको चिकित्सकहरुले बताएका छन्। मेडिकल शिक्षाका बेथिति अन्त्य गर्न माथेमा आयोगको प्रतिवेदन लागू गराउने प्रतिबद्धताबाट सरकार ढुलमुल भएपछि डा.केसी अनसन बसेका हुन्। सरकार भने अझै पनि आफ्नो प्रतिबद्धता र आफैंले गठन [...]

मेरो बुझाइमा बालमैत्री विद्यालय

: आत्माराम भट्टराई आजभोली हामी हरेकको मुखबाट बालमैत्री विद्यालय भन्ने शब्द सुन्न पाइरहेको छौं । सबैले यो शब्दको वाचन गर्नुको अर्थ के हुनसक्छ भने बालमैत्री विद्यालयको आवश्यक्ताको महशुस हुन थालेको छ । भलै बालमैत्री विद्यालय हुनलाई के के पूर्वाधारहरु तथा सूचकहरु आवश्यक पर्दछन सो कुरामा अनभिज्ञ भए पनि विद्यालय बालमैत्री बनाउनु पर्दछ भन्ने तर्फ सबैको ध्यान आकृष्ट भएको पाइन्छ । तर विद्यालय बालमैत्री बनाउनका लागि एक मात्र कुरा भौतिक पूर्वाधारलाई जोड [...]
1 11 12 13 14