ब्रेकिङ खबर

राकमकर्णालीमा कृषि मेला

दैलेख–अछामको सिमाना सँग जोडिएको दैलेखको सुदुर पश्चिममा पर्ने राकमकर्णाली गाविसमा कृषि मेला प्रदर्शनी भएको छ । मेलाको आयोजना बशुन्धारा कृर्षि सहकारी संस्थाले गरेको हो । गाविसका सबै वडाहरुलाई कर्णाली राजमार्गले छोएको हुँदा पनि उक्त गाविसलाई कृर्षि उत्पादन तथा बजारीकरणका लागि उत्तम मानिदै आएको छ [...]

युवाको सान ः कृषकलाई सम्मान भन्ने मुल नारा सहित कृषि मेला प्रदर्शनी

दैलेख –युवाको सान ः कृषकलाई सम्मान भन्ने मुल नारा सहित ज्वाला युवा संजाल वाँसीको आयोजना कृषी मेला प्रदर्शनी भएको हो । कृषि मेला जिल्ला कृषि विकास कार्यालय दैलेख, गा.वि.स को कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजीकरणमा वांसी गा.वि.स.मा पहिलो वृहत कृषि मेला प्रदशनी कार्यक्रम २०७३ पौष ९ गते वाँसीमा संचालन भएको हो [...]

आत्महत्या लैंगिक विभेदले त होइन ?

दैलेख, पुस ११ – नेपालको कानून र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिदैन । तर आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको विषय बनेको छ । राष्ट्रिय मानवअधिकार आयोगले बढ्दो आत्महत्याको ‘ट्रेन’लाई रोक्न छलफल चलाउन थालेको छ [...]

बालविवाह न्युनिकरण गर्न ः गाउँ गाउँमा सार्वजनिक सुनुवाई

निर्मल अधिकारी दैलेख, ११ पौष – जिल्लामा बालविवाह रोक्न विभिन्न क्षेत्रबाट पहल भईरहेको बेला जिल्ला प्रहरी कार्यालय र जिल्ला वाल कल्याण समिति, दैलेखले जनचेतना जगाउने उद्धेश्यले बालबिवाह विरुद्धको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । स्थानीय निकाय लगाएत विषयगत कार्यालयले सेवाको गुणस्तर वृद्धिका लागि सार्वजनिक सुनुवाई आयोजना गर्दै आएकोमा बालविवाह विरुद्धको सवाल केन्द्रित सार्वजनिक सुनुवाई गाउस्तरमै गर्न थालिएको छ [...]

नेल्टाको अन्तक्र्रिया

दैलेख, पुस १० । नेपाली काँग्रेस निकट पशु स्वास्थ्य सेवा प्राविधिकहरुको संगठन नेल्टाले दैलेखमा संगठन विस्तारका लागि विशेष पहल गर्ने भएको छ । नेल्टा दैलेखको आयोजनामा आइतबार दैलेख सदरमुकाममा संगठन विस्तारबारे अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमका सहभागिहरुले पशु स्वास्थ्य सेवा प्राविधिकहरुको हक र हितका लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् [...]

क्रिस्चियनले पनि सुन्न नचाहने बाइबलका केही अनुच्छेद

संसारमा सबभन्दा धेरै जनसंख्या क्रिस्चियन धर्म मान्नेहरूको छ । नेपालमा पनि पछिल्लो समयमा क्रिस्चियनहरू धेरै बढेका छन् । क्रिस्चियनहरूको धर्मग्रन्थ बाइबलमा धेरै राम्रा कुराहरू भएतापनि कतिपय अनुच्छेदहरू अहिलेको युगमा बिलकुलै असान्दर्भिक लाग्छन् । यहाँसम्म कि कतिपय त मानवताको विरुद्धमा पनि छन् । यसका आलोचकहरूले ती अनुच्छेदहरूलाई लिएर आलोचना गर्ने गर्दछन् । आउनुस्, हामी पनि ती अनुच्छेदहरू पढौं जसलाई स्वयं क्रिस्चियनहरू पढ्न या सुन्न चाहँदैनन् [...]

संविधान संशोधन थाती राखेर चुनाव घोषणा गर्न सरकारलाई कांग्रेसको सुझाव

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् [...]

सवारी लाइसेन्सका लागि अनलाइन आवेदन

१० पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन चाहनेहरुका लागि खुसीको खबर छ । घण्टौं लाइनमा बसेर फारम लिने र बुझाउने झन्झटका दिन अब समाप्त भएका छन् । किनकि यातायात व्यवस्था विभागले अनलाइनबाटै फारम भर्ने सुविधा सुरु गरेको छ । यो सुविधा भोलि सोमबारदेखि सुचारु हुनेछ [...]

खड्गवाडामा पशु स्वास्थ्य शिविर

दैलेख, पुस १० । दैलेखको खड्गवाडा गाविसको पातिकाल्नामा शनिबार एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । सामाजिक सेवा केन्द्रद्धारा सञ्चालित उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहजीकरण तथा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतको सहयोगमा सो शिविर आयोजना गरिएको हो [...]

‘विद्यार्थी उत्तर पर्खिरह्यो, शिक्षक रनभुल्लमा परिरह्यो’

– श्याम आशा नेपालभाषामा सकृय साहित्यकार हुन् । लघुकथा संग्रह ‘ल्ह्वंगु ल्हा ः’(मोटो हात) र पंजलं दुने पंजलं पिने (पिजँडा भित्र र पिँजडा बाहिर) प्रकाशित छन् । ‘आशाका टुक्राहरु’ (लघु कविता संग्रह) र ‘लघु’ (संयुक्त लघुकथा संग्रह) र गत भदौमा ‘श्याम आशाका लुघकथा संग्रह’ समेत प्रकाशित भएको छ । वि सं. २०११ मा जन्मिएका भक्तपुर निवासी आशा पेशाले भेटेरीनरी व्यवसायी हुन् [...]
1 169 170 171 172 173 265