ब्रेकिङ खबर

प्रतापपुर गाऊपालिकामा बाढी पिडीतहरुलाई राहत सामग्री बितरण

सहबान अन्सारी श्रावण २२ गते, नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी पिडितहरुलाई राहत सामग्री बितरण गरिएको छ । सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारलाई सामुहिक खाना साथै खाद्यान्न चामल, दाल, चाउचाऊ, चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डि.यम.ए.नेपालका संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भयो । बाढीबाट पिडितहरुको सहयोगको लागी सुदामा कोईरीको संयोजकत्वमा ११ सदस्यीय राहत तथा उद्दार समिति गठन गरिएको [...]

सफलताको शिखरमा स्वर कि धनी सरु

सहबान अन्सारी नवलपरासी, काभ्रेपलान्चोकको कटुन्जे वडा नं.४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि काईली छोरी सरु गौतम अहिले सफलताको शिखर चुम्न सफल भएकी छिन उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हासील गरेकि थिईन । कन्या क्यापस काठमाण्डौ बाट ब्याचलर तहको उच्च शिक्षा हासील गरिन । त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा [...]

नवलपरासीमा बढीको प्रभाव दर्जनौ घरहरु ठुबान मा

सहबान अन्सारी नवलपरासीमा अबिरल बर्षाका कारण करिब १ दर्जन घर हरु ठुबानमा परेको छ! नवलपरासीको सुस्ता गाउपा लिका वडा नं.३ सेखुअनवामा र फेनहरामा गएराती करिब ११ बजे एक्कासी पानी पसेको थियो ! गए राती सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटे पछी खोलाको पानी गाउमा पसेको पिपरपाती परसौनी जल उपभोक्ता समितिका अध्यक्ष लोरीक यादवले बताउनु भयो! खोलाको किनारमा रहेको दर्जनौ घर, विध्यालय,सार्वजनिक भवन, मन्दिर लगायत हरुमा [...]

नवलपरासीमा बाढीको पानी पुल माथी पुग्यो स्थानियहरुजोखीम पुर्ण या‌त्रा गर्न बाध्य

सहबान अन्सारी नवलपरासी लगायत देशको बिभिन्न ठाऊँहरुमा लागातार बर्षा भईरहेको हुदा नवलपरासीमा झरही खोलामा पानी सतह पुल माथी पुग्यो । स्थानियहरु जोखीम पुर्ण यात्रा गर्न बाध्य भएका छन । नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने महेशपुर परासी सडक खण्ड अन्तर्गत पाल्हिनन्दन गाऊपालिका वडा नं.२ अमानीगंजमाझरही खोलामा बर्षाको कारण लागातार जलस्तर बढदा पानीको सतह पुल माथी पुग्दा स्थानियहरुलाई आवत जावत गर्न निकै कठीनाई भोग्न परेको छ । सरोकारवाला [...]

बालबिवाह एवम् दाईजो बिरुद्धका योद्धाहरुलाई सम्मान

काठमाण्डौ, श्रावण १९ गते, वालविवाह एवम् दाईजो विरुद्धका योद्धाहरुलाई आज काठमाण्डौमा सम्मान गरिएकोछ । वालविवाह एवम् दाईजो उन्मुलन राष्ट्रिय अभियान नेपालले आयोजना गरेको एक कार्यक्रममा यस क्षेत्रमा लागेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो । सम्मान पाउनेहरुमा डा. किरण रुपाखेति, डा. राजु वावु श्रेष्ठ, सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा, सिमा के.एम. लगायतलाई सम्मान गरिएको हो । जिल्ला एवम् स्थाननीय तहमा वालविवाह एवम् दाईजो विरुद्ध लागेका वाल [...]

भारतको जयपुरवाट उद्धार बालकलाई कालिकोटमा परिवारलाई हस्तान्तरण

भारतको जयपुरबाट साउन ६ गते उद्धार गरेर ल्याइएका बालकलार्ई १० दिनपछि कालिकोटमा परिवारलाई हस्तान्तरण गरिएको छ । कालिकोट जिल्लाको पलाता गाउँपालिका साविकको थिर्पु गाविस ७ घर भएका सुवास विष्टलाई जिल्ला प्रशासन कार्यालय कालिकोटको रोहोवरमा अभिभावकको रोहोवरमा हस्तान्तरण गरी पारिवारीक पुर्नर मिलन कार्यक्रम गरिएको छ । जिल्लामा रहेका बालबालिका सम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, जिल्लामा रहेका संचारकर्मिहरुको उपस्थितिमा [...]

निर्बिरोध हुन नदिन काँग्रेसको उम्मेदवारी, जिसस उम्मेदवार छनौटमा एमालेमा भेगीयता

अमर सुनार दैलेख, साउन १८ – मतदाता संख्याको आधारमा एकलौटी जिल्ला समन्वय समिति गठन गर्न सक्ने नेकपा एमालेको संख्या भए पनि निर्बिरोध हुन नदिन नेपाली काँग्रेसले समेत ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनमा आज उम्मेदवारी दिएको छ । नेकपा एमालेले प्रमुख पदमा प्रेमबहादुर थापा, उप्रप्रमुखमा लक्ष्मीदेबी शाही, सदस्यहरुमा सर्बराज महतारा, चन्द्रकला नोपली, नन्दे खड्का, बालकृष्ण केसी, गीता चन्द, ललितजंग माझी र चन्द्रकला रावलको उम्मेदवारी दर्ता गराएको छ । [...]

नेपाली काँग्रेसको कार्यालयमा तालाबन्दी

अमर सुनार दैलेख, साउन १७ – नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बीसीसंग असन्तुष्ट पक्षले पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । महाधिवेशन प्रतिनिधि हिक्मत बिक, जिल्ला कार्यसमितिका सदस्य गणेशकुमार श्रेष्ठ, गणेशकुमार शाही लगायतका काँग्रेस कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाएका हुन् । पार्टी सभापति बीसीको स्वच्छाचारीपन, पारदर्शिताको अभाव र संगठन चलाएमान नगराएको आरोप लगाउदै उनलाई सभापतिबाट हटाउन पार्टी केन्द्रलाई समेत [...]

सामाजिक तथा लैङ्गिक परीक्षण, दैलेख जिल्ला वालविवाह मुक्त जिल्ला वनाउने साझा प्रतिवद्धता

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलखले बर्ष भरी गरेका गतिविधिको सम्बन्धित सरोकारवालालाई जानकारी गराउने र उनीहरुबाटै कार्यक्रमको मूल्याँकन गर्ने उद्धेश्यले सामाजिक तथा लैङ्गिक परीक्षण कार्यक्रममा दैलेख जिल्लामा वाल विवाह मुक्त जिल्ला वनाउन साझा प्रतिवद्धता गरियो । सामाजिक परीक्षण कार्यक्रमले संस्थाको संस्थागत विकास, सामाजिक जवाफदेहिता र पारदर्शितामा बृद्धि हुने सहभागीले बताएका थिए । कार्यक्रमको प्रभावकारीता बढाउन र सूचनाको हकको [...]

कुखुरा पालन तालिम

दैलेख, साउन १४ – शतप्रतिशत कृषि सहकारी संस्था लिमिटेडले अगुवा कृषकहरुका लागि व्यवसायिक कुखुरा पालन तालिम सञ्चालन गरेको छ । तालिमका लागि नारायण नगरपालिका क्षेत्रका १८ जना कृषकहरु आफैले केही रकम उठाएर तालिम सञ्चालन गरेका हुन् । व्यवसायिक कुखुरापालनका आधुनिक प्रविधि, कुखुराको जात छनौट, हावापानी, दानाको व्यवस्था, उचित खोरको प्रवन्ध, रोगव्याध लाग्दा उपचार विधि लगायतका विषयमा जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले सहजीकरण [...]
1 172 173 174 175 176 329