ब्रेकिङ खबर

६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पौडेल पक्षको आक्रोश

काठमाडौं ।  ६ महिनापछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा केहीबेरपछि बस्ने बैठकमा सभापति शेरबहादुर देउवा नेतृत्वको एकवर्षे कार्यकालको समीक्षा, यो बीचमा भएका काम कारवाही, सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा, नियुक्ति, नियुक्तिका लागि पार्टीले गरेको सिफारिसप्रति नेता रामचन्द्र पौडेल पक्षले सभापतिसँग जवाफ माग गर्ने तयारी गरेको छ । लामो समयदेखि पार्टीको बैठक बस्न नसकेका कारण बोलाउन माग गर्दा उल्टै [...]

दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी

दैलेख, चैत्र ११ – नेपाल सरकार अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार पुण्यप्रसाद रेग्मीले दैलेख जिल्लालाई विश्व मानवचित्रमा चिनाउन आवश्यक रहेको बताएका छन । रिर्पोर्टर्स क्लव दैलेखले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रेग्मीले दैलेख जिल्ला प्राकृतिक, ऐतिहासक, पुरातात्विक सांस्कृतिक सम्पादले भरीपूर्ण भएकाले यसलाई विश्व समुदायमा चिनाउन जिल्लवासी सवै लाग्नुपर्ने बताएका हुन् । नेपाल भन्ने शब्दको इतिहासलाई खोतल्ने हो, दैलेख जिल्लाको नेपा [...]

एइआइएन लक्जेम्बर्ग को ५० औं वार्षिक दिवस सम्पन्न

एइआइएन लक्जेम्बर्ग स्थापना भएको ५० औं वर्षको उपलक्ष्यमा आवाज, नवज्योती र सामाजिक सेवा केन्द्र(सोसेकले विरेन्द्रनगर सुर्खेतमा १०७ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारी संयुक्त रुपमा वार्षिक दिवस मनाएका छन् । उक्त कार्यक्रमलाई एइआइएन लक्जेम्बर्ग र टिडिएच जर्मनी नेपालले सहयोग गरेका थिए । हामीले गरेको सानो सहयोगले नेपालका ग्रामीण क्षेत्रका महिला तथा बालबालिकाहरुको क्षेत्रमा उल्लेख्य प्रगति भएकोमा आफुलाई खुसि लागेको एइआइएन [...]

बालबालिकालाई प्रजनन् स्वास्थ्य शिक्षा

दैलेख, चैत ११ – सरस्वती माध्यमिक विद्यालय तर्ताङ्गमा गठित बालअधिकार चेतना समूहले बालबालिकाको लागि प्रजनन् स्वास्थ्य र किशोरी शिक्षा सम्वन्धी अन्तरक्रिया गरेको छ । इन्सेको इएलपी कार्यक्रम अन्तरगत आज सो अन्तरक्रिया भएको हो । किशोरावस्थामा आउने शारीरिक परिवर्तन, प्रजनन् स्वास्थ्यको विकास क्रम, सुरक्षा र संयमता विषयमा सहभागी बालबालिकाहरुलाई अभिमुखीकरण गरिएको बालअधिकार चेतना समूहका उपाध्यक्ष हसिना थापाले बताइन् । कार्यक्रममा विद्यालयका [...]

बहुविवाहको मुद्दामा २ वर्ष कैद

दैलेख, चैत ११ – नारायण नपा–७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका–६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष कैद र पन्ध्र–पन्ध्र हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई चैत ११ गते उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिए । [...]

स्वर्गद्वारी जाँदै गरेको जिप प्यूठानमा दुर्घटना, ६ जनाको मृत्यु

प्यूठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा हालसम्म पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु र तीनजना घाइते भएका छन् । सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी [...]

नयाँ मतदाता परिचय पत्र कहिले र कसरी पाउने ?

११ चैत, काठमाडौं । तपाईसँग ०७० को निर्वाचनमा प्रयोग भएको फोटो सहितको मतदाता परिचय पत्र छ ? यदि त्यही मतपत्र बोकेर आगामी निर्वाचनमा मतदान गर्ने तयारीमा हुनुहुन्छ भने तपाई गलत हुनुहुनेछ । निर्वाचन आयोगले उक्त मतदाता परिचय पत्र खारेज गरी नयाँ मतदाता परिचय पत्र तयार गर्दैछ । उक्त नयाँ मतदाता परिचयपत्र प्राप्त व्यक्तिले मात्रै आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउनेछन् । कहाँ छ मतपत्र ? निर्वाचन आयोगले चैत २० गतेसम्म मतदाता नामावली अद्यावधिक [...]

स्थानीय निर्वाचन: ७५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

काठमाडौँ: नेपाल प्रहरीले वैशाख ङज्ञ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना शुक्रबार खुलाएको छ । सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । (दरखास्त फारामका लागि यहाँ क्लिक गर्नुहोस ) यसबारे इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । (म्यादी प्रहरीका लागि [...]

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

दैलेख, चैत १० – दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ । घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले [...]

निर्वाचन आयोग भन्छ- सबैलाई दलीय हैसियत दिँदा चुनाव प्रभावित हुन्छ

काठमाडौं । दलीय हैसियतमा आगामी स्थानीय चुनावमा भाग लिन पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालसहितका राजनीतिक दलहरु आन्दोलित भएका छन् । नयाँ शक्तिको अगुवाइमा २३ दलले विहीबार संयुक्त पत्रकार सम्मेलन गरेर स्थानीय तह निर्वाचन ऐनको व्यवस्था विभेदकारी भएको भन्दै खारेजीको माग गरेका छन् । साथै नेताहरुले प्रधानमन्त्री प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर पनि दबाव दिइरहेका छन् । तर, निर्वाचन आयोगले भने दलहरुको यो माग पूरा गर्न नसकिने बताएको छ [...]
1 211 212 213 214 215 340