ब्रेकिङ खबर

कोहलपुरमा निषेधाज्ञा कायमै

नेपालगञ्ज । स्थानीय प्रशासनले बाँकेको कोहलपुरमा चार जना भन्दा बढी जम्मा भएर हिँड्न नपाउने गरी जारी गरेको निषेधित क्षेत्र घोषणालाई सोमबार पनि जारी राखेको छ । कोहलपुर आसपासका नौबस्ता, किरणनाला, पिपरी र चप्परगौडीसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । ‘चार जना भन्दा बढी जम्मा भएर हिँड्न नपाउने गरी जारी गरिएको निषेधित क्षेत्र घोषणा आज पनि कायम नै रहेको छ’, प्रवक्ता डीएसपी सिंहले भने, [...]

सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने

नारायण नगरपालिका वडा नंं. १० का वडाध्यक्ष लोकबहादुर थापाले सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शनिवार १३ औं दिन नारायण नगरपालिका कार्यालयले भवानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । वडाध्यक्ष थापाले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनको बलमा पहिलेको भन्दा महिला माथि हुने हिंसा र अरु सामाजिक विभेद बिस्तारै कम हुँदै [...]
1 2 3 4 5 6 509