ब्रेकिङ खबर

हाम्रा नेता पावरका भोका छन् : डा. केसी

आश्विन ११, २०७२- प्रा.डा. गोविन्द केसीको साताैं आमरण अनसन सोमबार दशौं दिनमा पुगेको छ । छैठौं अननसन लगतै सुरु भएको यो अनसनले गर्दा उनको स्वास्थ्य असाध्यै गलेको देखिए पनि अनुहारमा आत्मविश्वास भने कायमै छ । मास्क लगाएर बोल्न गाह्रो भएपछि केही मिनेट अक्सिजन मास्क फुकाल्दा उनलाई केही अप्ठयारो महसुस भएपछि पुन: मास्क लगाउँदै गर्दा उनको आत्मबल भने तीन वर्ष तीन महिना अघि पहिलो अनसनमा बसेको स्थितिमाभन्दा कुनै कमी देखिँदैन [...]

बालबालिकाले पाए, बालअधिकारबारे ज्ञान

दैलेख, असोज १० – दैलेख सदरमुकाममा जिल्लाका १५ बढी गाविसका बालबालिकाहरुले बाल अधिकार सम्वन्धी ज्ञान सिकेका छन् । बाल क्लब, बाल संजाल तथा जिल्ला बाल संजालका प्रतिनिधीहरुले १ दिवसीय अभिमुखीकरण कार्यक्रम बाल अधिकारका बारेमा अभिमुखीकरण गरिएको हो [...]

सनदबाटै मालपोत असुली

ज्वाला सन्देश समचार दाता दैलेख – कालभैरव गाविस–२ का अक्कल तिवारी वषैंदेखी महन्त र मुखियाको नाउँमा मालपोत बुझाउँछन् । उनको छिमेकीहरुले सदरमुकाममा आएर जिल्ला मालपोत कार्यालयमा आफुले प्रयोग गरेको जग्गाजमिनको कर बुझाउँदा निकै दुखी हुन्छन् । एउटै गाँउमा प्रयोग हुने जमिनमा विभेदपूर्ण कानुन कसैले सरकारलाई त कसैले गुठीका नाममा महन्तलाई मालपोत बुझाउँदा उनी दुखी हुने गरेका हुन् । तिवारी वर्षेनी महन्त र मुखियालाई आफ्नो जग्गाको मालपोत कर दिन्छन् । [...]

बालविवाह बारे प्रश्न गर्नेको ओहिरो

ज्वाला सन्देश समचारदाता दैलेख, असोज ८ – पिलाडीमा सामाजिक सेवा केन्द्र (सोसेक) र सेफ द चिन्ड्रनले गाविससंग समन्वय गरेर गरेको बालविवाह विरुद्धको अभियान सम्वन्धी सार्वजनिक सुनुवाईमा बालविवाहका बारे प्रश्न गर्नेहरुको लर्को नै लागेको छ । निमावी मावि तहमा पढ्दै गरेका विद्यार्थीदेखी शिक्षक अभिभावकले समेत मनमा लागेको जिज्ञासा प्रश्न सोधेका हुन् । पिलाडीस्थित गाविसमा गठन भएको बाल सञ्जालकी सदस्य पुजा रिजालले बालविवाह गरे कानुनले समात्ने कुरा समेत थाहा [...]

शान्ति क्षेत्र कायम गर्न साझा प्रतिवद्धता

रत्न शाही दैलेख ७ असोज–सशत्र र हिंसात्मक गतिवीधि हुन नदिने भन्दै गाउ विकास समितिका सरोकार वालाहरुले विद्यालय शान्ति क्षेत्र कायम गर्न साझा प्रतिबद्धता व्यक्ति गरेका छन् । सेभ द चिल्ड्रन को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) द्धारा सेरी, खड्कवाडा, पिलाडी र लालिकांडाकामा गरिएको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाचा र कार्यान्वयन निर्देशिका २०६८ को संवाद कार्यक्रममा उनिहरुले यस्तो पत्रिवद्धता जाहेर गरेका हुन् [...]

विद्यालय शान्ति क्षेत्र हुन विषयक संवाद कार्यक्रममा विद्यालयमा राजनितिले पढाई कमजोर

ज्वाला सन्देश समचारदाता दैलेख, असोज ६ – विद्यालयमा शिक्षकदेखी राजनितिक दल र दलका विद्यार्थी संगठनहरुले समय–समयमा गर्ने कार्यक्रमदेखी बन्दसम्मले पढाई कमजोर भएको विद्यालय शान्ति क्षेत्र हुन भन्ने संवाद कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । जिल्ला शिक्षा कार्यालयले शिक्षा सम्वन्धी सरोकारवालाहरुसंग भएको विद्यालय शान्ति क्षेत्र विषयक कार्यक्रममा भेला भएका विद्यार्थीहरुले विद्यालयमा गरिने राजनितिका कारण आफ्नो पढाई अधुरै हुने गरेकाले [...]

रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

 ज्वाला सन्देश समचारदाता राकमकर्णाली (दैलेख) असोज ५ – नेपालगंजदेखी आएका दैलेख पिपलकोटका नैनबहादुर शाही लामो समयसम्म गाडी चढेर आउँदा दिक्क थिए । खाना खाने समय बाहेक पिसाव फेर्न समेत गाडी नरोकिदा अँझ झन्झटिलो यात्रा गरेका शाहीले रार्कममा खोलिएको रिफ्रेस सेन्टरमा पुग्दा यात्राभरीको थकालनै भुले । त्यस्तै कालिकोट ओदानकु गाबिसकी रमा सिहंले राजमार्ग सञ्चालन भएयता दिक्क लाग्दो यात्रा गर्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरमा सुविधाहरु पाएपछि हटेको बताईन् [...]

वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिम सम्पन्न

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते, पातिकान्ला बजारमा दुई दिने वाल केन्द्रित विपद् ब्यबस्थापन तालिम सम्पन्न भएको छ । तालिमा सेरी र खड्कबाडा गाविसका उच्च मावि, मावि, निमावि र प्राथामिक विद्यालय गरि पन्ध्र विद्यालयका प्राचार्य, प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालय बाल क्लवका अध्यक्ष र शिक्षक, विद्यार्थी अविभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो [...]

दैलेखमा विजयउत्सव र भब्य खुसियालि

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते नेपालको संविधान २०७२ घोषणा भई जारी भएको उपलक्ष्यमा दैलेखमा भव्य खुशियाली मनाइएको छ । प्रमुख तिन राजनैतिक दलको अगुवाईमा दैलेख सदरमुकाम लगाएत दुल्लु वजारमा वाजागाजा र झांकीसहित स्वागत ¥याली सहित जनसभा गरीएको छ [...]

कृषकद्धारा सामुहिक लिजमा तरकारी खेती

ज्वाला सन्देश समचारदाता दैलेख असोज–१, सेरी गाविस वडा नं.२ टोटापोखराका कृषकहरुले सामुहिक लिजमा तरकारी खेती शुरु गरेका छन् । सो गाविसमा रहेको जिवनरेखा कृषि तथा पशुपालन सहकारी संस्थामा आवद्ध ति कृषकहरुले स्थानियको वारीलाई भाडामा लिई सामुहिक लिजमा तरकारी खेती गरेका हुन् [...]
1 444 445 446 447 448 449