ब्रेकिङ खबर

खेल सामाग्री हस्तान्तरणपछि खेलाडीमा उत्साह

ज्वाला सन्देश सम्वाददाता दैलेख, असोज २८ – ८ वर्षदेखी दैलेखमा सुरु गरिएको उसु खेलका लागि जिल्ला खेलकुद विकास समितिले खेल सामाग्री हस्तान्तरण गर्दा खेलाडीहरु उत्साहित भएका छन् । खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई समितिले सम्पूर्ण सामाग्री सेटहरु दिईएपछि उत्साहित भएका हुन् [...]

चामल नविक्दा गोदाममै थन्कियो

गोविन्द केसी दैलेख, असोज २८ – ३ वर्षअघि दैलेख सदरमुकाममा रहेको खाद्य संस्थान शाखामा चामल लिनको लागि हाडालुज हुन्थ्यो । विहानदेखी साँझसम्म चामल वितरण गर्न कर्मचारीहरु असिनपसिन देखीन्थे । चामल लिनेको लाईन आखाको नजरभन्दा टाढा टाढासम्म देखीन्थ्यो । यतिसम्म की २ दिनसम्म लगाएर सदरमुकाममा चामल ल्याउन आउँथे । तर, अहिले त्यो समय परिवर्तन भईसकेको सहज अनुमान गर्न सकिन्छ । यहाँका नागरिकहरुको दिनचार्य धेरै परिवर्तन भईसकेको खाद्य संस्थानका चामलको गोदामले [...]

दुर्घटनामा मृत्यु

ज्वाला सन्देश संम्वाददाता दैलेख, असोज २७– सुर्खेतबाट साईंतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको गाईबान्नामा ना ३ ख २७८५ नम्बरको ट्रक भित्तामा पल्टिँदा च्यापिएर सिंगौडी–६ का ३३ वर्षीय गणेश शाहीको घटनास्थलमै मृत्यु भएको हो [...]

राउटे युवाले बस्ती छाडे

ज्वाला सन्देश संवाददाता दैलेख, असोज २७ – सधै सवै एउटै बस्तीभित्र बनाईएका झुपडीमा बस्ने राउटेहरु पछिल्लो दिनहरुमा कहिले विभाजन त कहिले एकिकृत रुपमा बस्ने गरेका छन् । ५ महिनाअघि मात्र बस्ती नै विभाजन भएका राउटेहरु फेरी विभाजन भएका हुन् । यसअघि जातपिच्छे विभाजन भएका राउटेहरु अहिले यूवाहरु मात्रै बस्ती नै छाडेका हुन् [...]

कापी नपाउँदा बालश्रमीक !

गोविन्द केसी दैलेख, असोज २६ – बालेकाँडा माध्यमिक विद्यालय भैरीकालिकाथुममा कक्षा ६ मा पढ्ने र ११ वर्षिय राजेश रिजाल पढाईमा तेज छन् । कक्षा ५ उत्तिर्ण हुँदा प्रथम भएका राजेश गरिवीकै कारण बालश्रमीक हुन पुगे । पढाईमा तेज राजेशका लागि विद्यालयमा लेख्ने कापी नहुँदा १ महिना बालश्रीमक हुन पुगेका हुन् [...]

प्रभावकारी रुपमा सिप हस्तान्तरण हुनुपर्नेमा जोड्

ज्वाला सन्देश समचारदाता दैलेख, असोज २५– दैलेख सदरमुकाममा ५ जिल्लाका शिक्षासंग सम्वन्धित सरोकारवालाहरुलाई प्रारम्भिक कक्षा पढाईको तालिममा सिप विकासमा प्रभावकारी रुपमा सिप हस्तान्तराण हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिनका छन् । दैलेख, अछाम, बाजुरा, कालिको र बाँके जिल्लाका सरोकारवालाहरुलाई ५ दिने सिप विकास तालिमको अन्तिम दिन विद्यालय तहमा सिप हस्तान्तराण हुनुपर्नेमा जोड दिईएको हो । उक्त ५ दिने तालिमको सोमवार समापन कार्यक्रममा यस्तो बताईएको [...]

उत्खनन् नहुँदा ग्यास र पेट्रोल त्यसै खेर

गोविन्द केसी दैलेख, असोज २५ – देशमा ग्यास र पेट्रोलको हाहाकार भएको बेला दैलेखमा सदिंयौदेखी ग्यास र पेट्रोल खेर गईरहेको छ । तर, देशभित्र खेर गईरहेको खानी उत्खनन्मा कुनै चासो दिईएको छैन् । देश परनिर्भरमुखी हुँदा यहाँका खानीहरु अलपत्र रुपमा खेर गईरहेका हुन् । दुई हप्तादेखी भारतले नेपालमाथि अघोषित नाकाबन्दीले जनजिवन प्रभावित बनेको बेला देशभित्रकै खानी उत्खनन् तथा अनुसन्धानमा कुनै पनि निकायले प्रभावकारी कदम चाल्न सकेका छैन् । सरकार परनिर्भरमुखी [...]

बाल न्याय कार्यविधिका बारेमा छलफल

दैलेख, असोज २५ – दैलेख सदरमुकाममा सरोकारवालाहरुले बाल न्याय कार्यविधि – हाम्रो दायित्व विषयक अन्र्तक्रियामा कार्यविधिका बारेमा वृहत छलफल छ । सेफ द चिल्ड्रेन÷ सामाजिक सेवा केन्द्र (सोसेक) को सहयोगमा वार एसोसियसन दैलेखको आयोजनामा वृहत रुपमा कार्यविधि कार्यान्वयको अवस्थाका बारेमा छलफल भएको हो [...]

टँुडीखेलमा गायक मोहन गौतम गुन्जीए

दैलेख, असोज २२– सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट कार्यक्रमको पूर्वसन्ध्यामा गरिएको भब्य कार्यक्रममा दैलेख घर भएका चर्चित गायक मोहनकुमार गौतमले आफ्नो गित गाए । उनीले गित गाउदा टुडीखेलनै गुन्जायमान र स्तब्ध भएको थियो । लामो समयपछि शुभचिन्तकमाँझ सार्वजनिक स्थानमा गौतमले गित गाएका हुन् [...]

आज २० औं अण्डा दिवश सुत्केरी महिलाहरुलाई अण्डा वितरण

दैलेख, असोज २२– दैलेख सदरमुकामस्थित गणेश चौकमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको छ । अण्डा खाऔं, स्वस्थ बनौ भन्ने मुल नाराका साथ २० औं अण्डा दिवशको अवसरमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको हो [...]
1 458 459 460 461 462 465