ब्रेकिङ खबर

प्रहरीको गाडी दुर्घटना हुँदा १ को मृत्यु, २५ घाइते

९ जेठ, सुर्खेत, । कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । वीरेन्द्रनगर-१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको हो । जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । जीप अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा [...]

चुनावी मैदानमा होमिएका ५ पूर्व सभासदमध्ये २ मात्रै सफल

९ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नगरपालिका मेयर बन्न मैदानमा उत्रिएका चारजना पूर्वसभासदहरुमध्ये दुई जनाले बिजयको माला पहिरन सफल भएका छन् । भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदूर किसान पार्टीका पूर्वसभासद सुनिल प्रजापति करीव चार दोब्बर मतान्तरले बिजयी भए । उनले २५५६८ मत प्राप्त गरेर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६५३२ मत प्राप्त गरे । ०६४ को संविधानसभा चुनावमा नेपाल मजदूर किसान [...]

कैलालीमा सुतिरहेकै अवस्थामा एक दम्पतीको हत्या

८ जेठ, कैलाली । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बदि्रप्रसाद जोशी (७२) र कुन्ता देवि जोशी -६५) को शव फेला परेको बताएको छ । उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर [...]

वडा अध्यक्ष न्यौपानेलाई स्वागत

दैलेख, जेठ ८ । नारायण नगरपालिकाबाट वडा नम्बर ६ बाट वडा अध्यक्षमा विजयी प्रकाश न्यौपानेलाई ज्वाला यातायात प्रालिले सोमबार स्वागत तथा बधाई दिएको छ । नेपाली काँग्रेसका तर्फबाट विजयी न्यौपाने सो प्रालिका कोषाध्यक्षसमेत हुन् । सोमबार यातायात प्रालिको कार्यालयमा आयोजि कार्यक्रममा प्रालिका अध्यक्ष राजु खड्कालगायत प्रालिका पदाधिकारीले स्वागत गरेका हुन् । उनीहरुले नवनिर्वाचित वडा अध्यक्ष न्यौपानेलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिए । [...]

काम सुरु गरे जनप्रतिनिधिले

दैलेख, जेठ ८ । २० वर्षपछि स्थानीय इकाईमा निर्वाचन भएपछि कर्मचारीको हातबाट जनप्रतिनिधिको हातमा स्थानीय शासन आएसँगै उनीहरुले काम सुरु गरेका छन् । दैलेखको नारायण नगरपालिकामा जनताको शासन सुरु भएसँगै धुलोले हैरान परेका दैलेख बजारवासीहरुलाई राहत दिन वडा नम्बर १ ले बजारमा गिट्टी हालेर धुलो कम गर्ने प्रयास सुरु भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले आफ्नो अगुवाईमा सडकमा गिट्टी हाल्ने काम सुरु गरेका हुन् । खानेपानीको पाइप गाड्ने क्रममा [...]

३४ जिल्लामा जिसस चुनावको तयारी

काठमाडौं । स्थानीय तहको चुनाव सकिएका ३४ जिल्लामा अब जिल्ला समन्वय समिति (जिसस) कसले जित्ला भन्ने जोडघटाउ सुरु भएको छ । अधिकांश जिल्लाको मतपरिणाम तीनवटै दलमा विभाजित भएकाले जिससका पदाधिकारीहरु पनि छासमिस आउने सम्भावना छ । कसरी गठन हुन्छ जिसस ? पहिले जिविस भनेजस्तै अब प्रत्येक जिल्लामा जिससको चुनाव हुनेछ । जिल्लाका सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भएपछि एक महिनाभित्र मुख्य निर्वाचन अधिकृतले जिल्ला समन्वयन समिति गठनका लागि निर्वाचन मितिको घोषणा [...]

नयाँ कार्यक्रमबिना १५ जेठमै पूर्ण बजेट आउने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नयाँ कार्यक्रम नराखी जेठ १५ गते नै बजेट ल्याउने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानमा व्यवस्था भएअनुसार नै उक्त मितिमा बजेट ल्याउने निर्णय गरेको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम पनि पारित गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । उनका अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारको नीति तथा कार्यक्रम बुझाइनेछ । नीति तथा [...]

तीन महिला जो मेयर बनिन्

५ जेठ, काठमाडौं । पहिलो चरणमा स्थानीय निर्वाचन भएका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा महिला कतिजना प्रमुख निर्वाचित होलान् ? भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् । पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र [...]

अबको स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी

निर्मल अधिकारी नेपालको नयाँ राजनैतिक संरचना अनुसार बालिक मताधिकारको प्रयोगबाट जनप्रतिनिधि छनौट गर्ने कार्य सकिएको छ । विगत १५ वर्ष देखि रिक्त स्थानीय निकायहरुमा जनताका प्रनितिनिधि छनौट गरिएका छन् । जनताहरु आफ्ना प्रतिनिधि छनौट गर्न यती सम्म आतुर देखिए जुन लामो दुरीको यात्रा तय गरी आफ्नो मतदान केन्द्रमा मतदान गर्न पुगे । यसले के देखाउछ भने जनप्रनिधिविहिन स्थानीय निकायबाट सेवाग्राहीले सेवा लिदा धेरै सास्ती भोगेका थिए । जसको उपज उनीहरु आफ्ना [...]

दैलेखमा ११ वटै स्थानीय तहको परिणाम घोषणा

दैलेख, ४ जेठ – वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका सबैमा मतगणना सकिएको छ । परिणाम अनुसार ७ स्थानमा एमाले र ४ स्थानमा नेपाली काँग्रेस जितेका छन् । एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले नै जितेको छ । गाउँपालिका तर्फ ठाँटीकाँध, भैरवी, महाबु र भगवतीमाईमा पनि एमाले अध्यक्ष तथा उपाध्यक्ष, वडामा समेत बर्चस्व [...]
1 485 486 487 488 489 629