ब्रेकिङ खबर

सिसि क्यामराले अपराध अनुसन्धानमा सहज

एच.एस.थापा दैलेख – नारायण नगरपालिका भित्र जडान गरियका सिसि क्यामराको प्रभावकारिता बढ्दै गएको छ । सिसि क्यामराको माध्यमबाट बजार भित्र हिड्दै गर्दा हरायको सुन फेला परे पछि यसको प्रभावकारीता बढेको हो । ? दैलेख सदरमुकामको पुरानो बजार बाट देवकोटा चोकतिर आउदै गर्दा रमा श्रेष्ठले एक तोलाको सुनको सिक्री हराईन् । हरायका तीन घण्टा पछि मात्रै थाहा पाएकी श्रेष्ठले त्यति महङ्गो मंगलसुत्र हराउदा एक छिन् त बेहोस जस्तै बनिन् । कुन ठाउ हरायो उनलाई कुनै थाहा नै थिए । [...]

सभामुख न्यालय र व्यवस्थापिकाको द्धन्द्ध समधान गर्ने मुडमा

२४ बैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताएकी छिन् । घर्तीले अदालतको नाम उच्चारण नगरे पनि महाअभियोग प्रस्तावतर्फ लक्षित गर्दै त्यसमा संसदको विशेषाधिकार रहेकाले अदालतले हस्तक्षेप गर्न नमिल्ने संकेत गरिन् ।व्यवस्थापिका संसदको शंकर हलमा आइतबार आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले संसदमा प्रवेश [...]

गाउँ सरकारको तलब भत्तामै १ अर्ब खर्च, प्रशानिक खर्च १४ अर्ब नाघ्ने

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीसँगै सरकारले स्थानीय सरकारको प्रशासनिक खर्चको अनुमानित बजेट खाका बनाएको छ । चुनावपछि गाउँ-गाउँमा गठन हुने स्थानीय गाउँपालिका सरकार सञ्चालनका लागि विभिन्न शीर्षकमा आवश्यक बजेटको आकार स्थानीय विकास मन्त्रालयले प्रस्ताव गरेको छ । मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार ४ सय ७९ गाउँपालिकामा पहिलो बर्षका लागि चालु खर्चका लागि मात्र १४ अर्ब १८ करोड ७ लाख चाहिने भएको छ । चालु खर्चमा कर्मचारी तथा गाउँ सरकारका [...]

नौमुलेमा काँग्रेस अघि अघि एमाले पछि पछि

दैलेख, वैशाख २४ । मतदानको मिति नजिकिएसँगै चुनावी नतिजा कस्तो आउला भन्ने चर्चा हालका दिनमा चिया पसलदेखि पाटी, चौतारोमा हुने गरेको छ । कार्यालयदेखि व्यापारिक संस्थामा पनि चुनावी चर्चा सुनिन्छ । दैलेखका विभिन्न ११ वटा इकाई मध्ये नौमुले गाउँपालिका माओवादी द्धन्द्धको चपेटामा परेको इकाई हो । त्यसैले पनि यहाँको चुनावी नतिजा कस्तो आउँछ भन्ने सबैतिर चासोको विषय बनेको छ । दैलेखका अन्य १० वटा इकाईमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि [...]

सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै, अब देउवा प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९ साउनमा प्रधानमन्त्री प्रचण्ड चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय तह निर्वाचन [...]

मतदान अधिकृतलाई तालिम

दैलेख, वैशाख २३ – जिल्ला निर्वाच कार्यालय दैलेखले निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरुका लागि २ दिने तालिम दैलेखमा आजदेखि सुरु गरेको छ । तालिम उद्घाटनका क्रममा सरकारी अधिकारीहरुले कर्मचारीलाई निष्पक्ष भएर काम गर्न सचेत पार्न तर्फ बढी केन्द्रित भएका थिए । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले निर्वाचनमा जाने कर्मचारीलाई तटस्थ रहन आग्रह गरे । उनले भने ‘राष्ट्रसेवक नै तटस्थ, निष्पक्ष रहन नसके जनताले के आशा गर्ने ?’ [...]

निर्वाचनमा बालबालिका प्रयोगलाई निरुत्साहित गर्न पहल

दैलेख, निर्वाचनमा बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न जिल्लास्थित सम्बन्धित निकायहरुले चासो देखाएका छन् । स्थानीय तहको निर्वाचनका लागि राजनैतिक दलका गतिविधि बढीरहेका बेला सभा, जुलुस र ¥यालीमा बालबालिकाको प्रयोग हुन सक्ने सम्भावना देखेर सम्बन्धित निकायले चासो देखाएका हुन । निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु आचार संहिता विपरित कार्य हो । राजनैतिक दलका कार्यक्रम वा जुलुसमा बालबालिकाको प्रयोग भएमा उम्मेद्वारी खारेज हुन सक्ने सम्मको [...]

विष्ट र महतरा निर्वाचित होलान ?

काँग्रेस र एमालेबीच तालमेल दैलेख, वैशाख २३ । दैलेखका ११ वटा इकाईका ९० वटा वडामा कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित भएनन् । सबै वडामा प्रतिस्पर्धा हुने निश्चित छ । तर, भैरवी गाउँपालिकाको वडा नम्बर १ मा भने चुनावी नतिजा अहिले नै अनुमान गर्न सकिने अवस्था बनेको छ । कारण हो काँग्रेस र एमालेबीच तालमेल हुनु । यस वडाबाट निर्वाचित हुनुपर्ने दुई जना गाउँसभा सदस्यका लागि एक काँग्रेसले र अर्काे एमालेले पाउने गरी तालमेल भएको छ । काँग्रेसका प्रेमबहादुर विस्ट [...]

दुल्लुको चुनावी गणित

गेम चेन्जर ढकेन्द्र दैलेख, वैशाख २३ । १३ वटा वडा रहेको दुल्लु नगरपालिकामा काँग्रेसले युवा नेता घनश्याम भण्डारीलाई र एमालेले परिपक्क नेता बरुनाथ योगीलाई नगरप्रमुखको उम्मेदवार बनाएसँगै यहाँको चुनाव िगणित रोचक बनेको छ । २०५४ सालको स्थानीय चुनावलाई आधार मान्ने हो भने यस नगरपालिकामा गाभिएका गाविसमा एमालेको वर्चस्व थियो । तर काँग्रेसका सहिद पूर्णबहादुर भण्डारीका छोरा घनश्याम भण्डारीले दुई कार्यकाल काँग्रेसको क्षेत्रीय सभापति जस्तो शक्तिसाली पदमा [...]

संसदको अवहेलनामा न्यायाधीश चोलेन्द्र ३ महिना जेल जान सक्ने

२२ बैशाख, काठमाडौं । व्यवस्थापिका संसदमा विधिवतरुपमा प्रवेश गरिसकेको महाअभियोगको प्रस्तावलाई शुक्रबार सर्वोच्च अदालतले रोकेको छ । सर्वोच्च अदालतले संसदको विशेषाधिकारमाथि हस्तक्षेप गरेको भन्दै संसद सचिवालयले न्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसदको अवहेलनासम्बन्धी कारवाही प्रक्रिया अघि बढाउने तयारी थालेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव सचिवालयबाट संसदमा टेबल भइसकेको छ । [...]
1 489 490 491 492 493 629