ब्रेकिङ खबर

दुई चरणको स्थानीय निर्वाचनः कहाँ-कहाँ गर्छ असर ? चुनाव खर्च बढ्ने, मतपत्र फेरि छाप्नुपर्ने

१० बैशाख, काठमाडौं । मधेसी मोर्चासँगको सहमतिसँगै स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएको छ । तर, नयाँ निर्णयसँगै चुनावको तयारी केही प्रभावित हुने भएको छ । अहिलेसम्म निर्वाचन आयोगको तयारी बैशाख ३१ मा एकै चरणमा चुनाव गर्ने भन्ने थियो । यसका लागि प्रायः सबै जिल्लाका मतपत्र समेत छापिइसकेको अवस्थामा चारवटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । दुई चरणमा चुनाव गर्दा कहाँकहाँ पर्छ त असर ? निर्वाचन आयोगले अहिले नै यसबारे औपचारिक [...]

लक्ष्मीको नेतृत्वमा बाल संजाल

दैलेख, स्थानीय निकाय लगायतका संरचनामा बालबालिकाको अर्थपूर्ण सहभागीता गर्ने उद्धेश्यले नगरस्तरीय भेलाबाट लक्ष्मी रावलको नेतृत्वमा बाल सञ्जाल गठन गरेको छ । भेलामा बडास्तरीय बाल क्लवका ३९ बाल प्रतिनिधिको सहभागीता रहेको थियो । नयाँ बनेको स्थानीय निकायको संरचना अनुसार बाल सञ्जाल नभएकाले भेलाबाट नयाँ गठन गर्नुपरेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्त बहादुर मल्लले बताए । उनले थपे, नगरपालिकाले उपलब्ध गराउने सार्वजनिक सेवा र वस्तुमा [...]

बालबालिकाकै हितमा खर्च गरिने

दैलेख, वैशाख ९ – चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले नगरपालिकाले बालबालिका लक्षित बजेट बालबालिकाकै हित र कल्याणमा खर्च गरिने बताएका छन् । बालबालिका लक्षित कार्यक्रम बालबालिकालाई नै देखीने गरि खर्च गरिने कार्यकारी अधिकृत खत्रीले नगरपालिका स्तरिय बाल सञ्चालको भेलामा बताएका हुन् । उनले बालबालिकालाई शोषण, दमन अत्याचार विरुद्ध बाल क्लव सक्रिय भएर लाग्नु पर्ने बताए । बाल श्रमीक र राजनितिक दलले बालबालिकालाई प्रयोग [...]

निर्वाचन आयोगले भन्यो- मधेसका जिल्लामा पनि अवरोध छैन

८ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनको काममा कहीँ कतै बाधा अवरोध नभएको निर्वाचन आयोगले जनाएको छ । साथै उनले निर्वाचनमा मधेस केन्दि्रत सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरिन् । मधेस केन्दि्रत दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोग गरिरहेको उनको भनाइ थियो ।निर्वाचन आयुक्त इला शर्माले देशभर नै निर्वाध रुपमा निर्वाचनको तयारी भइरहेको बताएकी हुन् । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त शर्माले तराई [...]

किन बनेन गिताचौर-रावतकोट सिँचाई आयोजना ?

दैलेख, वैशाख ८ । सिचाई कुलो आयोजना सुरु भएको ३१ वर्षसम्म पनि दैलेखमा निर्माण हुन सकेको छैन् । दैलेखको गिताचौर–रावतकोट सिंचाई आयोजा तत्कालनी राजा विरेन्द्रको ठाडो आदेशमा सुरु भएको हो । वर्षेनी बजेट खन्याईएपनि आयोजना सम्पन्न हुन सकेको छैन् । सिंचाइ डिभिजन कार्यालयले प्रत्येक वर्ष उक्त आयोजनाका लागि टेन्डर खोल्ने गर्दछ । अहिलेसम्म उक्त आयोजनामा करिब ४ करोड ८ लाख रकम खर्च भैसकेको सिचाई डिभिजन कार्यालय दैलेखले जनाएको छ । ३१ वर्ष पहिले मुहानतिर [...]

छिट्टै पार्टी एकता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव सहमत

८ बैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम छिट्टै पार्टी एकता गर्न सहमत भएका छन् । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । दुई पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ, वक्तव्यमा भनिएको छ [...]

मधेसी मोर्चाले खोज्यो संशोधन विधेयकमा तीन परिमार्जन

८ बैशाख, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार्य हुने बताएको छ । साथै चुनावप्रति सकारात्मक देखिएको छ । कांग्रेस शीर्ष नेताहरुसहितको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसामू संशोधन र स्थानीय चुनावबारे तपाईहरुको धारणा के हो भनेर प्रश्न गरेका थिए ।मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए । [...]

कांग्रेसको परिकल्पना ‘नमूना स्थानीय सरकार’, १० गते घोषणापत्र सार्वजनिक गर्ने

७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमूना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ । पार्टीले सहरी क्षेत्रका साथै गाउँपालिकाका जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, स्थानीयस्तरमा रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउने विषय घोषणापत्रमा समावेश गर्ने तयारी गरेको छ [...]

कमल थापालाई निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले राप्रपा अध्यक्ष कमल थापालाई आयोगका विरुद्धमा अनर्गल प्रचार नगर्न चेतावनी दिएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहनुभएका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित भएका विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।” [...]

जनमोर्चाबाट सुरत रावत मेयरको उम्मेदवार

दैलेख, वैशाख ५ । राष्ट्रिय जनमोर्चाबाट नारायण नगरपालिकामा किमुगाउँका सुरतबहादुर रावत मेयरको उम्मेदवार बन्ने भएका छन् । उनको पार्टीले नारायण नगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । उम्मेदवार रावतले उपमेयरमा नानपा ८ सिमाडाकी रुपा विकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । नारायण नगरपालिकामा रावतको उम्मेदवारीले एमालेलेलाई झट्का लागेको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका रत्नबहादुर खड्काका भान्जा रावतले एमालेको मत [...]
1 491 492 493 494 495 627