ब्रेकिङ खबर

तेइस वर्षपछि पिएचसीमा डाक्टर पुगे

ज्वाला सन्देश सम्वाददाता दैलेख, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको २३ वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा डाक्टरले पहिलो पाइला टेकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पाइला टेक्ने डाक्टर हुन् विकास शाह । डाक्टर आउने दिनलाई कुरेर वसेका त्यहाँका स्थानीय बासीले डाक्टरलाई फुलमाला लगाएर स्वागत गरेका थिए [...]

मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत दैलेख जिल्लाका दस वटा गा.वि.स का गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका २४ जना पदाधिकारीहरुलाई मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न भएको छ | उक्त कार्यक्रमको सहजीकरण सामाजिक सेवा केन्द्रका एकीकृत परियोजनाका फिल्ड अधिकृत बासुदेव उपाध्यायले गरेका थिए [...]

दैलेखमा झाडापखालाले दुई जनाको मृत्यु

ज्वाला सन्देश समाचारदाता दैलेख,फागुन २ गते । झाडापखालाबाट दैलेखमा दुई बालकको मृत्यु भएको छ भने १८ जना विरामी परेका छन् । मृत्यु हुनेमा तोलीजैसी –८ नैन तिरुवाको ७ महिनाको नाति अञ्जल वि.क.र मन्दिरे तिरुवाको ८ महिनाको नाति कृष्ण वि.क. हुन् [...]

बाँवियो माथि सुत्केरी

ज्वाला सन्देश सम्वाददाता दैलेख, फागुन १ गते । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । अझै पनि बाँवियो माथि सुत्केरी । तर अचम्म नमान्नुहोस । जंगलमा फिरन्ते जीवयापन गर्दै आएको राउटे महिलाले बाँवियो माथि बच्चा जन्माउने गर्छन् । बाँवियो माथि बच्चा जन्माउँदा बच्चा नमर्ने र बलियो हुने उनीहरुमा विश्वास भएको भएकाले बाँवियो माथि बच्चा गरेका हुन् [...]

चोरदै हिड्ने पक्राउ

गोविन्द केसी दैलेख, फागुन १ – मोवाईल र फेन्सी पसलहरुमा चोरदै हिड्ने चोरलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । दैलेख मालिका – ८ लेखाल गाँउ घर भएको १७ वर्षिय दुर्ग सिहलाई चोरेको सामान सहित पक्राउ गरेको हो [...]

प्रदेश अनुसार कृषि पकेट क्षेत्र

काठमाडौं/ कृषि विकास मन्त्रालयले परिवर्तित नेपालको संरचनाअनुसार ७ प्रदेशमा सम्भावित बालीको उत्पादनका लागि बृहत् व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) निर्धारण गरेको छ । मन्त्रालयले अढाई महिनाअघि सार्वजनिक गरेको २७ बुँदे प्रतिबद्धताअनुसार ‘कृषि विकासको आधार’का रूपमा पकेट क्षेत्रको खाका तयार पारेको हो [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका २२ औं अंक फागुन २ गते

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका २२ औं अंक फागुन २ गतेको पत्रिका वजारमा आउदैछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ । पत्रिका अध्ययन गरि सल्लाह सुझाव दिनु हुन अनुरोध गर्दछौं [...]

बालक हेरचाह देखी स्कुल सम्म

ज्वाला सन्देश सम्वाददाता दैलेख,माघ २८ गते । दैलेखको पश्चिम राकमकर्णाली ९ की १७ वर्षिया कोकीला माझीलाई विद्यालय जाउला पढौला भन्ने सय मनमा एक मन पनि थिएन । नावालकमै आमा बाबुले बालबच्चा हेरचाह गर्ने गोठाला बनाई दिएपछि पढने रहर पुरा हुन सकेन । नौ वर्षसम्म उसले स्कुलको अनुहार देखिनन् । भाई बहिनी हेरचाहमै दिन विताइन [...]

दैलेखमा राष्ट्रपति रनिङ्ग शिल्ड उद्दघाटन

ज्वाला सन्देश सम्वाददाता दैलेख, माघ २९ – दैलेख सदरमुकाममा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज उद्दघाटन एक समारोह विच भएको छ । दुवै निर्वाचन क्षेत्र स्तरिय प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो [...]

प्रविधि सिकाउन किसानलाई भ्रमण

दैलेख, माघ २८ – यूएसआईएडीको किसान परियोजनाले आफ्नो कार्यक्षेत्रका किसानलाई उन्नत प्रविधि सिकाउन दैलेखको बागवानी अनुसन्धान केन्द्र किमुगाउँको भ्रमण गराएको छ । बागवानी अनुसन्धान केन्द्रमा भइरहेका अन्न बाली, फलफूल र तरकारीको जात परीक्षण, उत्पादन, प्रविधि सञ्चारका विषयमा जानकारी गराउन आज त्यहाँ भ्रमण गराइएको हो [...]
1 521 522 523 524 525 547