जिल्ला समाचार

दैलेखका पत्रकारसहित ५ जनालाई कृषि पत्रकारिता पुरस्कार

ज्वाला सन्देश सम्वाददाता काठमाडौं– नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा दैलेखका पत्रकार प्रकाश अधिकारीसहित ५ लाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । मोफसलमा रही कृषिका क्षेत्रमा कलम चलाएको भन्दै कान्तिपुरका दैलेख संवाददाता अधिकारीसहित राजधानी दैनिकका लक्ष्मी सापकोटा (काठमाडौं), नया पत्रिकाका ख्याम भुजेल (इलाम), गोरखापत्र दैनिकका विष्णु न्यौपाने र बिबिसी मिडिया एक्सनका सुभाष कार्कीलाई कृषि पत्रकारिता [...]

वालविकास सहजकर्तालाई पुर्नताजकी तलिम सम्पन्न

दुर्गा गिरी दैलेख, मंसिर २६ गते वालविकास केन्द्रका सहजकर्ताहरुलाई पुर्नताजकी तालिम दैलेख वजारमा सम्पन्न भयो । महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वांसी, विन्द्यावासिनी र वडाखोला गा.वि.स.मा रहेका १२ वटा बाल विकास केन्द्रका १२ जना सहजकर्ताहरुलाई २ दिने बाल विकास व्यवस्थापन र सहजिकरण सिप विकास सम्वन्धि तालिम मंसीर २५ र २६ गते दैलेख वजारमा संचालन गरि सम्पन्न गरिएको छ [...]

कानुनी अज्ञानताले बालविवाहमा वृद्धि

गोविन्द केसी दैलेख, मंसिर २४ – लाँलीकाँडामा भएको बालविवाह न्युनिकारण सम्वन्ध कार्यक्रममा स्थानीय बालबालिकाले कानुनी अज्ञानताकै कारण गाँउमा बालविवाहको संख्या वृद्धि भईरहेको चिन्ता ब्यक्ति गरेका छन् । बालविवाह न्यूनिकरण सम्वन्धी भएको सार्वजनिक सुनुवाईमा लाँलीकाँडामा बालबालिकाहरुले खुलेरै कानुनी अज्ञानताले बालविवाह मौलाएको बताएका हुन् [...]

संविधान सवैले पढ्न जरुरी ः राज्यमन्त्री शाही

गोविन्द केसी दैलेख, मंसिर २३ – जनताको संविधान जनताको माँझमा भन्ने अभियानको सुभाआरम्भ कार्यक्रममा बोल्दै संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीले स्थानीय निकायबाटै संविधानमा जनताले पाएका अधिकारका बारेमा गाविसहुँदै वडा तहसम्म पु¥याईने भएकाले सवैले संविधा पु¥याईने भएकाले पढ्न जरुररी भएको बताईन् [...]

दैलेखको पेट्रोल र ग्याँस खानी एक महिना भित्रैमा उत्खनन गरिने

गोविन्द केसी दैलेख, २१ मंसिर : नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि एक महिनाभित्रै प्रकृया सुरु हुने भएको [...]

दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत सम्मानित

जिल्ला लघु उद्यमी समूह संघ,दैलेखले दुल्लु नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र शाहीलाई उहाँकै कार्यकक्षमा पुगेर सम्मान गरेको छ । उहाँलाई जिल्लाका लघु उद्यमीले तयार पारेको ढाकाको दोसल्ला ओडाएर सम्मान गरेको हो [...]

कोचिङ र मेन्टरिङ तालिम सम्पन्न

कोचिङ र मेन्टरिङ तालिम सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिममा दैलेख, अछाम, बाजुरा तथा बाँकेका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, स्रोत व्यक्ति र साझेदार संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो [...]

श्रीस्थान बल्न थाले, नयाँ नयाँ ज्वाला

दैलेख – पंचकोशी तिर्थस्थल अन्र्तगत श्रीस्थान ज्वाला मन्दिर आसपास नयाँ नयाँ ज्वालाका लप्काहरु देखीएको छ । नयाँ तथा पुराना ज्वालाहरुमा भक्तजनहरुले पुजाआजा समेत गरिरहेको छन् । श्रीस्थान मन्दिर सहित दुई स्थानमा मात्र बल्ने ज्वाला अहिले ग्यासका फोकाहरु ठाँउठाँउमा देखीने गरेको छ । यहाँका स्थानीय तथा भक्तजनहरुले त्यस्ता स्थानहरुमा ज्वाला समेत बालेर पुजा गर्ने गरेका छन् [...]

छोरालाई बचाउन बाईस बर्षदेखि झुण्डाएर राख्नुपर्ने बाध्यता

 दैलेख – ६ वर्षको उमेरदेखी नारायण नगरपालिका – ६ छातिकोटका लालबहादुर रानालाई हात खुट्टा बाँधेर भुण्डाएर राखीएको छ । उनी पुर्णअशक्त अपांगता भएकाले बचाउन बाईस बर्षदेखि झुण्डाएर राख्नुपरेको आमा देविसरा रानाले बताईन् । २७ वर्षिय लालबहादुरलाई शारीरिक अशक्ततताका कारण चोटपटक लाग्ने डरले घरपरिवारले डोरीे बाँधेर झुण्डाएर राख्नु परेको हो [...]

सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण

विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी रुपमा क्षमता वृद्धि गर्न जिल्लामा सिकाई सुधार कार्ययोजना निर्माण गरिएको छ । जिल्लामा शैक्षिक क्षेत्रलाई सुधारात्मक तरिकाले अगाडि वढाउँदै विद्यार्थीको पठन पाठनमा सुधार तथा सिकाइ प्रभावकारी वनाउनका लागि सिकाई वृद्धि कार्ययोजना निर्माण गरिएको हो [...]
1 176 177 178 179 180 191