जिल्ला समाचार

झाडापखालाले २ बालकको मृत्यु ।।

दैलेखको पश्चिममा पर्ने लयाँटिविन्द्रासैनी गाविसमा झाडापखालाका कारण २ बालकको मृत्यू भएको छ । गए राति केशब नेपालीका ६ महिनाका छोरा र टोपबहादुर शाहीका साढे २ बर्षका छोरा विकास शाहीको मृत्यु भएको छ [...]

विकासका लागि सकारात्मक सोच आवश्यक छ ः राज्यमन्त्री शाही

दैलेख, फागुन १४ – संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले जिल्लाको विकासका लागि सकारात्मक सोच र अग्रसरता जरुरी हुने बताउनुभएको छ । आज दैलेखमा भएको २४ औं जिल्ला परिषद् उद्घाटन समारोहमा उहाँले सो विचार राख्नु भएको हो । आवश्यकतामा आधारित योजनालाई श्रोतको कमी छैन राज्यमन्त्री शाहीले आश्वासन दिनुभयो । ‘विकासका लागि सानातिना विवादमा अड्किनु हुदैन, साझा कामका लागि सहमती जरुरी हुन्छ’ उहाँले भन्नुभयो [...]

जिल्ला परिषद्को तयारी भब्य

दैलेख, फागुन १३ –दैलेखमा २४ औं जिल्ला परिषद्को तयारी भब्य गरिएको छ । ५ वटा उपसमितिहरु बनाएर परिषद्को तयारी भब्य गरिएको हो । उपसमितिहरु मार्फत आज हुन लागेको परिषद्को तयारी भब्य गरिएको हो । जिविस हलमा हुने परिषद्का लागि जिविस गेटदेखी नै सरसफाई र सजावट कार्यक्रम स्थल हलसम्म भब्य बनाईएको छ [...]

जीविको पार्जनमा सहयोगी बन्दै आयोजना

महेन्द्र सापकोटा दैलेख १३ फागुन–व्यवसायिक रुपमा तरकारी खेती गर्न उत्प्रेरीत गर्दै आएको उच्च मूल्य कृषि विकास आयोजना महिला तथा सिमान्तकृत समुहमा रहेका समुदायहरुको जीविको पार्जनमा सहयोगी बन्दै आएको छ [...]

अब आर्थिक क्रान्ति जरुरी छ ः पोखरेल

दैलेख, फागुन १३ – नेकपा एमालेका स्थायी कमिटीका सदस्य शंकर पोखरेलले राजनीतिक संघर्ष सकिए र अव आर्थिक क्रान्ति गर्नु जरुरी रहेको बताउनुभएको छ । दैलेख क्षेत्र नंं. १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले सो विचार राख्नु भएको हो । उत्पादनले समृद्धिको बाटो त खोल्छ नै यसले आत्मनिर्भर पनि बनाउने भएकोले उत्पादन र सिर्जनशीलता जरुरी रहेको पोखरेलले औल्याउनुभयो [...]

सरकारीले गरेकै कामको दस्तावेज गर्दैनन् ः प्रजिअ घिमिरे

दैलेख, फागुन १२ –दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सरकारी कार्यालयले गरेको कामको दस्तावेजीकरण गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा आज दैलेखमा भएको मानवअधिकारको राष्ट्रिय कार्ययोजना र कार्यान्वयन अवस्था अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नु भएको हो [...]

दोश्रो कार्यकालकालागि विसि

दैलेख काँग्रेस ले पनि निर्वाचन मार्फत नै आफ्नो सभाापति चुन्यो । संस्थापन पक्षका वागी उम्मेद्वारका रुपमा निर्वाचनमा होमिएका निर्वतमान सभापति कृष्णकुमार बिसी दोश्रो कार्यकालका लागि निर्वाचित भए । ५ सय ७९ मत खसेकोमा बिसीले ३ सय १४ मत ल्याई बिजयी बने । बिसी संस्थापनबाट आधिकारिक उम्मेदवार हुन नपाएपछि बिसीले आफ्नै फरक समूह बनाएर बागी बनेर दुबै पक्षका मत लिएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्दी संस्थापन समूहबाट आधिकारिक उम्मेदवार मणिराम रेग्मीले [...]

दैलेख काँग्रेस सभापतिमा बीसी पुनः निर्वाचित

दैलेख, फागुन ८ – नेपाली काँग्रस दैलेखको शुक्रवार सम्पन्न निर्वाचनमा कृष्णकुमार बीसी दोश्रो कार्यकालका लागि जिल्ला सभापति पदमा निर्वाचित हुनुभएको छ । शुक्रवार राति ११ बजे घोषित मतगणना परिणाम अनुसार खसेको ५७९ मत मध्ये उहाँले ३१४ अर्थात ५४ दशमलव २३ प्रतिशत मत पाउनु भएको छ [...]

विरामीलाई फलफूल वितरण

दैलेख, फागुन ७ – प्रजातन्त्र दिवसका अवसरमा दैलेख उद्योग बाणिज्य संघ र गैसस महासंघको आयोजनामा दैलेख अस्पतालका विरामीहरुलाई आज फलफूल वितरण गरिएको छ [...]

स्थानीय अग्रसरताले श्रोत जुटाउँछ ः योगी

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख बरिष्ठ कृषि विकास अधिकृतले स्थानीयको अग्रसरता र लगनशीलताले विकासका संभावना र श्रोत जुटाउने बताउनुभएको छ । साना तथा मझ्यौला आयस्तर बृद्धि आयोजनाको सहयोगमा राइली कृषि सहकारीको आयोजनामा बिन्ध्यवासिनीमा आज भएको कृषक अन्तरक्रिया कार्यक्रममा सो धारणा राख्नु भएको हो [...]
1 247 248 249 250 251 270