जिल्ला समाचार

विद्यालय शान्ति क्षेत्र हुन विषयक संवाद कार्यक्रममा विद्यालयमा राजनितिले पढाई कमजोर

ज्वाला सन्देश समचारदाता दैलेख, असोज ६ – विद्यालयमा शिक्षकदेखी राजनितिक दल र दलका विद्यार्थी संगठनहरुले समय–समयमा गर्ने कार्यक्रमदेखी बन्दसम्मले पढाई कमजोर भएको विद्यालय शान्ति क्षेत्र हुन भन्ने संवाद कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । जिल्ला शिक्षा कार्यालयले शिक्षा सम्वन्धी सरोकारवालाहरुसंग भएको विद्यालय शान्ति क्षेत्र विषयक कार्यक्रममा भेला भएका विद्यार्थीहरुले विद्यालयमा गरिने राजनितिका कारण आफ्नो पढाई अधुरै हुने गरेकाले [...]

रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

 ज्वाला सन्देश समचारदाता राकमकर्णाली (दैलेख) असोज ५ – नेपालगंजदेखी आएका दैलेख पिपलकोटका नैनबहादुर शाही लामो समयसम्म गाडी चढेर आउँदा दिक्क थिए । खाना खाने समय बाहेक पिसाव फेर्न समेत गाडी नरोकिदा अँझ झन्झटिलो यात्रा गरेका शाहीले रार्कममा खोलिएको रिफ्रेस सेन्टरमा पुग्दा यात्राभरीको थकालनै भुले । त्यस्तै कालिकोट ओदानकु गाबिसकी रमा सिहंले राजमार्ग सञ्चालन भएयता दिक्क लाग्दो यात्रा गर्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरमा सुविधाहरु पाएपछि हटेको बताईन् [...]

वाल केन्द्रित विपद् ब्यबस्थापन् तालिम सम्पन्न

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते, पातिकान्ला बजारमा दुई दिने वाल केन्द्रित विपद् ब्यबस्थापन तालिम सम्पन्न भएको छ । तालिमा सेरी र खड्कबाडा गाविसका उच्च मावि, मावि, निमावि र प्राथामिक विद्यालय गरि पन्ध्र विद्यालयका प्राचार्य, प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालय बाल क्लवका अध्यक्ष र शिक्षक, विद्यार्थी अविभावक संघका अध्यक्षहरुको सहभागिता रहेको थियो [...]

दैलेखमा विजयउत्सव र भब्य खुसियालि

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते नेपालको संविधान २०७२ घोषणा भई जारी भएको उपलक्ष्यमा दैलेखमा भव्य खुशियाली मनाइएको छ । प्रमुख तिन राजनैतिक दलको अगुवाईमा दैलेख सदरमुकाम लगाएत दुल्लु वजारमा वाजागाजा र झांकीसहित स्वागत ¥याली सहित जनसभा गरीएको छ [...]

एक लाख भन्दा वढी राजस्व संकलन, आफ्नै भवन नहुँदा समस्या ।।

ज्वाला सन्देश समचारदाता दैलेख असोज –२, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिनामा १ लाख बढी राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार ट्राफिक प्रहरी कार्यालय दैलेखले गएको भाद्र महिना भरी नियम बिपरीत सञ्चालन हुने बिभीन्न सवारी साधनहरुबाट १ लाख ३ हजार ९ सय ५० रुपैया राजस्व संकलन गरिएको हो [...]

सडक जोडिने गरी घर बनाउँदा कर्णाली राजमार्ग जोखीममा

ज्वाला सन्देश समचारदाता रार्कमकर्णाली (दैलेख), असोज १ – सुर्खेतदेखी जुम्ला कर्णाली राजमार्ग २ सय ३२ किलोमिटरसंग आफैमा साँगुरो अप्ठयारो त छदैँछ त्यसमा पनि राजमार्ग आसपासमा रहेका बजारहरुका घर सडक छेउमै जोडिने गरी बनाईदा दुर्घटनाको जोखीम उस्तै छ [...]

बालअधिकारका विषयमा तीजका गीत

ज्वाला सन्देश समचारदाता दुल्लु, भाद्र ३० – नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर दुल्लू क्षेत्रमा आयोजना गरिएको तीज गीत प्रतियोगिता दुल्लूमा सम्पन्न भएको छ । १३ समूहको सहभागिता रहेको उक्त तीज गीत प्रतियोगितामा दुल्लू नगर क्षेत्रका विभिन्न भागका महिलाहरुको सहभागिता रहेको थियो [...]

दैलेख वजार सहित गाउँ गाउँमा वाल दिवश ।।

ज्वाला सन्देश समचारदाता दैलेख भाद्र २९ – जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा राष्ट्रिय बाल दिबस कार्यक्रम सम्पन्न भएको छ । आज दैलेख वजारमा गणेश चोकवाट र्याली निकाली स्थानीय देवकोटा चोक परिक्रमा पछि स्थानीय त्रीभुवन उच्च मा.वि.मा कार्यक्रम आयोजना गरिएको थियो [...]

२२ हजारले पाए, łभत्ता’

गोविन्द केसी दैलेख, भाद्र २८ – जिल्ला विकास समितिले आर्थिक वर्ष ०७१÷०७२ मा सामाजिक सुरक्षा भत्ता २१ हजार ९ सय ७६ जनालाई वितरण गरेको छ । गाविस सचिव मार्फत टोलटोलमा वितरणको ब्यवस्था मिलाईएपछि सामाजिक सुरक्षा भत्ता पाएका हुन् [...]

मध्यपहाड लोकमार्ग सदरमुकाममै ट्रयाक खोल्न सकिएन्

ज्वाला सन्देश समचारदाता दैलेख, भाद २८– विवादकै कारण दैलेख सदरमुकामको ४ स्थानमा मध्यपहाडी लोकमार्गको रेखाङकन गरियो । स्थानीयकै अवरोधले अहिले पुर्वपश्चिमसम्म जोडिएको मध्यपहाड लोकमार्गको ट्रयाक खोल्न नसकिएको हो । दर्जनौ पटक सर्वदलिय, सर्वपक्षिय विभिन्न बैठकमा सहमत गराएपनि ठेकेदारले काम सुरु गर्दा स्थानीयहरुले अवरोध गरेकै कारण काम अघि बढ्न सकेको छैन् । सभाषद्देखी सिडिओ, एलडिओ समेत ट्रयाक खोल्नका लागि निकै कसरत गरे । तर, क्याविनेट बैठकबाट [...]
1 264 265 266 267 268 271