जिल्ला समाचार

असल अभ्यास प्रवद्र्धन

दैलेख, माघ २९ – यूनेस्कोले दीगो विकासका लागि विद्यालय स्तरीय असल अभ्यास प्रवद्र्धन सम्वन्धी क्षेत्रीय स्तरको ३ दिने कार्यशाला दैलेख सदरमुकाममा आजदेखि सुरु गरेको छ । शिक्षाको माध्यमबाट शान्ति संस्कृतिको विकास, आपसी सदुभाव, सहनशीलता, मर्यादा र समानता विविध पक्ष विषयमा असल सिकाईहरु आदानप्रदान हुने बताइएको छ । कार्यशालामा यूनेस्कोका सहायक महासचिव डा. कमलेश्वरप्रसाद सिन्हाले विश्वव्यापी दीगो विकास लक्ष्य ४ अन्तरगत गुणस्तरीय शिक्षा विषयमा सहजीकरण [...]

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको प्रदेश नं. ६ को भेला सम्पन्न

सुर्खेत माघ २८ गते स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकको प्रदेश नं. ६ को भेला सम्पन्न भएको छ । उक्त भेलावाट सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालको अध्यक्ष मा टेक बहादुर कसेरा सुर्खेत, उपाध्यक्षमा लक्षमण कुमार साही रुकम, सचिब जनक प्रसाद अधिकारी दैलेख, कोषाध्यक्षमा बिष्णुमति बुढा डोल्पा, सदस्यहरुमा क्रमश डिल बहादुर बठायत कालिकोट, मञ्जु बुमि फडेरा हुम्ला, द्वारिका प्रसाद बुढा जजरकोट, सुशिला बिक सुर्खेत, सोबिना बानिया [...]

स्थानीय निकायका कर्मचारी आन्दोलित अविलम्ब निर्वाचन घोषणाको माग

दैलेख २५ माघ , अविलम्व स्थानीय तहको निर्वाचन घोषणा, कर्मचारी समायोजन गर्दा सम्मान जनक व्यवस्थापन, समायोजनमा जान चाहाने कर्मचारीहरुका लागि विशेष सुविधा गोल्डेन ह्याण्डचेक लिन पाउनु पर्ने लगायतका ५ वुँदे माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित भएका छन् । दैलेख जिल्लामा कार्यरत स्थानीय निकाय कर्मचारीहरुको ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले मंगलवार रिपोर्टर्स क्लब नेपाल दैलेख शाखामा पत्रकार सम्मेलन गर्दै आफ्ना आन्दोलनका [...]

सानो सहयोगले पुगेको ठुलो राहत

निर्मल अधिकारी विहान उठ्ने वित्तिकै छोरा छोरीले आमा भोक लाग्यो भन्दा दुल्लु नगरपालिका वडा नं ९ स्थित धामी गाउकी मोतिकला सार्कीको मन चिरा चिरा हुन्थ्यो । भोक लागेको आवाज निरन्तर सुुनिरन्थिन् तर उनी सँग जवाफ थिएन् । आफुले जन्माएको बच्चालाई राम्रो सँग लालन पालन गर्नु हरेक अभिभावकको दायित्व हो । तर के गर्नु गरिवी को अगाडी आशु झार्नुको विकल्प पनि त नहुदो रहेछ । समय बदलियो, समाज बदलियो तर उनको शरिरमा ढाकेको नत कपडा बदलियो नत उनको भान्सामा पाक्ने खाना नै [...]

अतिरिक्त क्रियाकलापमा रमाउदै वालवालिका

वालवालिकाको सर्वाङ्गिण विकासका लागी कक्षा कोठा भित्र हुने अध्ययन अध्यापनका अतिरिक्त अन्य क्रियाकलापहरुको पनि उत्तिकै आवश्यकता रहन्छ । एक्काइसौ सताब्दिमा “घोकन्त विद्या ध्यावन्त खेती” भन्ने परम्परागत मान्यता बदलिएको छ । घोकन्त विद्याले नयाँ प्रविधि र आधुनिकिकरण सँग प्रतिष्पर्धा गर्न नसक्ने भएको हुदाँ पनि अबको नयाँ पुष्तालाई उसको व्यक्तित्व विकासका लागि विभिन्न अन्य गतिविधिसँग जोड्ना आवश्यक भएको हो । जुन वालवालिकाको शिक्षाका अतिरिक्त अन्य [...]

मानवअधिकार सबैको साझा एजेण्डा

दैलेख, माघ २० – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को क्षेत्रीय कार्यालय नेपालगञ्जका इएलपी कार्यक्रमका फोकल पर्सन सरस्वती मल्लले मानवअधिकार अभियान सबैका साझा एजेण्डा हुनुपर्ने बताएकी छिन् । इन्सेकको मानवअधिकार निगरानी समूह बेलपाटाको आयोजनामा आज चुप्रामा भएको स्थानीय समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रममा उनले सो विचार राखेकी हुन् । फोकल पर्सन मल्लले अनौचापरिक क्षेत्र सेवा केन्द्र सशस्त्र द्वन्द्वको समयमा हरेक नेपालीको बाँच्न [...]

राष्ट्रपति रनिंग शिल्डको तयारी पुरा

दैलेख, माघ २० । ९ औं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुक्रबारबाट दैलेखमा हुँदैछ । दैलेखको दुल्लुमा निर्वाचन क्षेत्र नम्बर २ को प्रतियोगिता शुक्रबार सुरु हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुल्लुको विजया माध्यमिक विद्यालयमा शुक्रबारदेखि आइतबारसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ [...]

ज्वालामालिका गाउँपालिकाको लागि उच्च पहल

दैलेख, माघ १८ । दैलेखको निर्वाचन क्षेत्र नम्बर २ को कालभैरव, गौरी र मालिका गाविसलाई मिलाएर ज्वालामालिका गाउँपालिका बनाउन नेपाली काँग्रेस दैलेखले माथिल्लो तहमा पहल सुरु गरेको छ । नेपाली काँग्रेस दैलेखले मंगलबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी केन्द्रीय सदस्य तथा मन्त्री हृदयराम थानी र पार्टी केन्दूीय सदस्य पूर्णबहादुर खड्कालाई भेटी ज्वालामालिका गाउँपालिका बनाउनका लागि ज्ञापन पत्र बुझाएको छ [...]

व्यापारी अटेरी, नगरपालिका अन्धो !

दैलेख, माघ १७ । दैलेखको सदरमुकाम दैलेख बजारका सडकपेटीमा सामान राख्नु यहाँका व्यापारीको परम्परा नै हो । नियमन गर्ने निकाय नारायण नगरपालिकाले आँखा चिम्लिएपछि व्यापारी झनै हौसिएका छन् । सडकपेटीका सामान नहटाएर नगरपालिकालाई कुनै फाइदा भएको छैन भने व्यापारीलाई फाइदैफाइदा भएको छ । नगरपालिकाको लापरबाही र व्यापारीको मनोमानीले बटुवा मारमा परेका छन् भने बजार कुरुप बनेको छ [...]

सुत्केरी अप्रेशन सेवा बन्द

दैलेख, माघ १६ । दैलेखमा विगत दुई महिनादेखि अप्रेशन गरी सुत्केरी गराउने सिइओएनसी सेवा बन्द भएको छ । जनशक्ति अभावमा सेवा बन्द भएको जिल्ला अस्पताल दैलेखले जनाएको छ । परिवार स्वास्थ्य महाशाखाको आर्थिक अनुदानमा दैलेखमा सञ्चालन गरिएको सो सेवा बन्द हुँदा अप्रेशन गर्नुपर्ने सुत्केरीलाई जिल्लाबाहिर पठाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. सोभित थापाले बताएका छन् । उनले जिल्लामा अप्रेशन गर्ने दक्ष जनशक्ति नभएकाले सो सेवा बन्द [...]
1 82 83 84 85 86 153