फोटो फिचर

दैलेखमा मनाईएको फुलपाती फोटो फिचर सहित

गोविन्द केसी दैलेख, कात्तिक ३ – आश्विन शुक्ल सप्तमीका अवसरमा मंगलवार दैलेखको चारखम्वा चौकमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिने जनाईएको छ [...]

आज २० औं अण्डा दिवश सुत्केरी महिलाहरुलाई अण्डा वितरण

दैलेख, असोज २२– दैलेख सदरमुकामस्थित गणेश चौकमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको छ । अण्डा खाऔं, स्वस्थ बनौ भन्ने मुल नाराका साथ २० औं अण्डा दिवशको अवसरमा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिएको हो [...]

रिफ्रेस सेन्टरले यात्रुलाई सुविधा

 ज्वाला सन्देश समचारदाता राकमकर्णाली (दैलेख) असोज ५ – नेपालगंजदेखी आएका दैलेख पिपलकोटका नैनबहादुर शाही लामो समयसम्म गाडी चढेर आउँदा दिक्क थिए । खाना खाने समय बाहेक पिसाव फेर्न समेत गाडी नरोकिदा अँझ झन्झटिलो यात्रा गरेका शाहीले रार्कममा खोलिएको रिफ्रेस सेन्टरमा पुग्दा यात्राभरीको थकालनै भुले । त्यस्तै कालिकोट ओदानकु गाबिसकी रमा सिहंले राजमार्ग सञ्चालन भएयता दिक्क लाग्दो यात्रा गर्नुपर्ने बाध्यता रिफ्रेस सेन्टरमा सुविधाहरु पाएपछि हटेको बताईन् [...]

प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षणबारे जानकारी

एच.एस। थापा दैलेख, भाद्र २१ – दैलेखमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र नेपाल दैलेखको आयोजनामा दैलेखका प्रहरीदेखी सरोकारवालासम्मलाई बाल संरक्षण सम्वन्धी अभिमुखीकरण तालिम लिईएको छ । एकीकृत परियोजना अन्र्तगत कार्यक्षेत्रका गाँऊ बाल संरक्षण तथा संर्वद्धन उपसमिति तथा अन्य सरोकारवाला निकायका फोकल व्यक्तिहरु तथा नेपाल प्रहरीहरुका लागि बाल संरक्षण र मामिला व्यवस्थापन सम्बन्धि १ दिवसिय अभिमुखीकरण सोमवार दैलेख बजारमा संचालन [...]

आहा क्या राम्रो विजारे !

गोविन्द केसी दैलेख, (विजारे) – हिउँदमा तम्म हिउँ पर्ने विजारे प्राकृतिक सौन्र्दयले मात्र धनी नभएर बेला बेला लाग्ने मेला र खेलहरुका कारणले पनि प्रख्यात रहेको छ । अग्लो लेकमा सानो उपत्यका भन्दा फरक नपर्ने विजारेको पाटन पुग्ने वित्तिकै आसपास र टाढाटाढा रहेका गाँउहरु चहलपहल नियाल्न स    किने भएकाले साँझ विहान स्थानियको ताति नै लाग्ने गर्दछ [...]

जगन्नाथमा दशौं हजार तिर्थालु

गोविन्द केसी महावु (दैलेख), भाद्र १२ – जनौपूर्णिमाको अघिल्लो दिन दैलेखको अग्लो भाग महावुमा जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु पुगेका छन् । नाक ठोक्किने दर्जन भिरहरु काटेर तिर्थालुहरु महावु जगन्नाथको पुजाआर्जाका लागि पुगेका हुन् [...]

पर्यटकका लागि łसुन्दर महावु !

गोविन्द केसी दैलेख, – चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान । सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ [...]

दैलेख जिल्ला वाल कल्याण समितिको विज्ञप्ती

दैलेख जिल्लामा अखण्ड मध्य पश्चिमको नाममा आन्दोलन भईरहेको सन्दर्भमा आन्दोलनमा वालवालिका प्रयोग भएको देखिएकोले सुरक्षित तथा संरक्षित हुन पाउने वालवालिकाको अधिकार भएकोले कोही कसैले आन्दोलनमा वालवालिकालाई प्रयोग नगर्न जिल्ला वाल कल्याण समिति दैलेख अनुरोध गर्दछ [...]
1 6 7 8 9