समाज

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

दैलेख, भदौ १६ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व बिहीबार देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ [...]

पहिरोमा पुरिएर दोलखामा दुईको मृत्यु, पाँच वेपत्ता

दोलखा, भदौ १६ ।  पहिरोमा पुरिएर दोलखामा २ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता छन् । दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर स्थानीय चाङ्वा तामाङको परिवार पुरिदाँ ७ जना वेपत्ता भएका थिए । पहिरोमा पुरिनेमा चाङ्वाकी श्रीमती, छोरा, बुहारी, एक नातिनी र सासू रहेको प्रहरीले जनाएको छ [...]

साँघुरो सडकमा जथाभावी पार्किङले सास्ती

दैलेख, भदौ १५ । अव्यवस्थित बजार, साँघुरो सडक, दोहोरो चल्ने यातायातका साधन र जथाभावी सवारी साधनको पार्किङ । यो दिक्क लाग्दो दृष्य हो दैलेख सदरमुकाम दैलेख बजारको । अँझ बजार क्षेत्रमा रहेका दुई वटा माध्यमिक विद्यालयका कारण बिहान १० बजे र अपराह्न ५ बजे बजारमा मानिसको आवतजावत बढेका बेला बजारमा सवारी साधनको दिक्क लाग्दो जाम लाग्ने गर्छ [...]

पूर्वसांसदले मागे पेन्सन

काठमाडौं,   भदौ  १५  । पूर्व सांसद तथा संविधानसभाका पूर्व सभासदहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पेन्सन र उपचार खर्च तथा यातायातमा सुविधा माग गरेका छन् [...]

विद्यालय फर्काउन बालबालिकालाई पोशाक वितरण

दैलेख, भदौ १४ । विद्यालय छाडेका बालबालिकालाई फेरि विद्यालयमा फर्काउने उद्देश्यले बाँसीका विभिन्न ५ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । गाउ वाल संरक्षरण तथा सम्वद्र्धन समिति (भिसिपिसी) र सुन्दर बाल सञ्जालको आोजनामा मंगलबार बाँसीमा एक कार्य क्रम आयोजना गरि पोशाक वितरण गरिएको हो [...]

अदालतकै नाममा ठग्नेलाई २ वर्ष कैद

दैलेख, भदौ १४ – अदालतकै नाम लिएर ठग्ने २ जनालाई आज दैलेख जिल्ला अदालतले २–२ वर्ष कैद र जनही ४५ हजार रुपैंयाँ जरिवाना गरेको छ । त्यस्तो सजाय पाउनेमा दुल्लू नगरपालिका–५ टीकाराम भन्ने प्रकाश रिमाल र गमौडी गाविस–६ का करुणकुमार खड्का रहेका छन् [...]

दैलेखमा मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने

एच.एस.थापा दैलेख– मानव वेच विखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवश मनाउने भएकोछ । मिति २०७३ भाद्र १३ गते दैलेख जिल्लामा मानव वेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समितिको प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष लुक वहादुर क्षेत्रीको अध्यक्षतामा वसेको समितिको वैठकले मानव वेचविखन तथा ओसार पसार विरुद्धको १० औं राष्ट्रिय दिवश मनाउन निर्णय गरेको हो [...]

दैलेख सरमुकाममा सीसीटीभीको निगरानी

ज्वाला सन्देश संवाददाता भदौ १३ । दैलेख सदरमुकामलगायत मुख्य बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको छ । सोमबार दैलेख बजारस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) माधवप्रसाद नेपालले सीसीटीभीको उद्घाटन गरे [...]

दैलेखका दुइ पत्रकार पुरस्कृत

भाद्र ११, दैलेख । दैलेखमा खोजमूलक पत्रकारीता गरेको भन्दै प्रस्तावित बाटु स्मृति प्रतिष्ठानले दुइ जना पत्रकारहरुलाई जनहि रु १०००१ तथा प्रमाण पत्रका साथ पुरस्कृत गरेको छ । शनिबार दैलेख स्थित जिविस हलमा आयोजित सोसेक नेपालको १९ औं वार्षिक उत्सव तथा साधारण सभा समारोहका दौरान सो पुरस्कार वितरण गरिएको हो [...]
1 142 143 144 145 146 162