समाज

बालविवाह बारे प्रश्न गर्नेको ओहिरो

ज्वाला सन्देश समचारदाता दैलेख, असोज ८ – पिलाडीमा सामाजिक सेवा केन्द्र (सोसेक) र सेफ द चिन्ड्रनले गाविससंग समन्वय गरेर गरेको बालविवाह विरुद्धको अभियान सम्वन्धी सार्वजनिक सुनुवाईमा बालविवाहका बारे प्रश्न गर्नेहरुको लर्को नै लागेको छ । निमावी मावि तहमा पढ्दै गरेका विद्यार्थीदेखी शिक्षक अभिभावकले समेत मनमा लागेको जिज्ञासा प्रश्न सोधेका हुन् । पिलाडीस्थित गाविसमा गठन भएको बाल सञ्जालकी सदस्य पुजा रिजालले बालविवाह गरे कानुनले समात्ने कुरा समेत थाहा [...]

दैलेखमा विजयउत्सव र भब्य खुसियालि

ज्वाला सन्देश समचारदाता दैलेख अशोज–४ गते नेपालको संविधान २०७२ घोषणा भई जारी भएको उपलक्ष्यमा दैलेखमा भव्य खुशियाली मनाइएको छ । प्रमुख तिन राजनैतिक दलको अगुवाईमा दैलेख सदरमुकाम लगाएत दुल्लु वजारमा वाजागाजा र झांकीसहित स्वागत ¥याली सहित जनसभा गरीएको छ [...]

उपचार नहुँदा २२ वर्षदेखी घरमै थलिनुपर्ने बाध्यता

ज्वाला सन्देश समचारदाता दैलेख, असोज ३ – २२ वर्षअघि आगोले जलेर दुवै खुट्टा पोलिएकी रानीवन–७ की रत्ना शाही उपचार अभावले ९ महिनासम्म घरमै थलिइन् । ९ महिनासम्म घरेलु जडीबुटी प्रयोग गरेकी उनले निको नभएपछि छरछिमेकबाट ऋण सापटी मागेर भारतसम्म उपचारमा पुगिन । पैसा अभावमा उनको उपचार पूर्ण रुपमा घर ल्याउदा जाम भएको खुट्टा निको नहुँदा २२ वर्षदेखी हातले टेकेर हिड्नुपर्ने बाध्यता रहेको छ । रत्ना २२ वर्षदेखी सामान्य हिँडडुल गर्न नसक्ने भएपछि हात टेकेरै [...]

सडक जोडिने गरी घर बनाउँदा कर्णाली राजमार्ग जोखीममा

ज्वाला सन्देश समचारदाता रार्कमकर्णाली (दैलेख), असोज १ – सुर्खेतदेखी जुम्ला कर्णाली राजमार्ग २ सय ३२ किलोमिटरसंग आफैमा साँगुरो अप्ठयारो त छदैँछ त्यसमा पनि राजमार्ग आसपासमा रहेका बजारहरुका घर सडक छेउमै जोडिने गरी बनाईदा दुर्घटनाको जोखीम उस्तै छ [...]

बोल्न लजाउने महिलाहरु भाषण गर्दै

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र ३१ – सेरीकी ननरुपा दर्लामीसंग घाँस काटिरहेका बेला नचिनेको मानिस भेटिदा दौडेर घरमा आइपुगेको अनुभव छ । ‘२÷४ जना भेला भएको ठाउँमा बोल्न डर लाग्थ्यो’ ५१ वर्षीय ननरुपाले विगत सम्झिदैं भनिन्, पोहोर सम्म नाम भन्नै ग्राहो हुन्थ्यो हुन्थ्यो लाज पनि लाग्नेगथ्र्यो [...]

बालअधिकारका विषयमा तीजका गीत

ज्वाला सन्देश समचारदाता दुल्लु, भाद्र ३० – नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर दुल्लू क्षेत्रमा आयोजना गरिएको तीज गीत प्रतियोगिता दुल्लूमा सम्पन्न भएको छ । १३ समूहको सहभागिता रहेको उक्त तीज गीत प्रतियोगितामा दुल्लू नगर क्षेत्रका विभिन्न भागका महिलाहरुको सहभागिता रहेको थियो [...]

फेल हुने गाविसमा बजेट घट्यो

ज्वाला सन्देश समचारदाता दैलेख, भाद्र ३० – न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा फेल हुने गाविसहरुमा यस आर्थिक वर्षमा विगतका वर्षहरुमाभन्दा आधा बजेट घटेको छ । यो वर्ष गाविसको कार्यसम्पादनमा फेल हुने गाविसहरुको गाँउ परिषद्बाट स्विकृत बजेटको आधा रकम घटेको हो । स्थानीय निकायले स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ बमोजिम अनिवार्य रुपमा पुरा गर्नुपर्ने ब्यवस्थाहरु कार्यान्वयन नगरी फेल भएका गाविसहरुमा बजेट घटेको हो । दैलेखका ४ गाविसहरु [...]

दैलेख वजार सहित गाउँ गाउँमा वाल दिवश ।।

ज्वाला सन्देश समचारदाता दैलेख भाद्र २९ – जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा राष्ट्रिय बाल दिबस कार्यक्रम सम्पन्न भएको छ । आज दैलेख वजारमा गणेश चोकवाट र्याली निकाली स्थानीय देवकोटा चोक परिक्रमा पछि स्थानीय त्रीभुवन उच्च मा.वि.मा कार्यक्रम आयोजना गरिएको थियो [...]

२२ हजारले पाए, łभत्ता’

गोविन्द केसी दैलेख, भाद्र २८ – जिल्ला विकास समितिले आर्थिक वर्ष ०७१÷०७२ मा सामाजिक सुरक्षा भत्ता २१ हजार ९ सय ७६ जनालाई वितरण गरेको छ । गाविस सचिव मार्फत टोलटोलमा वितरणको ब्यवस्था मिलाईएपछि सामाजिक सुरक्षा भत्ता पाएका हुन् [...]

दैलेखलाई तिज गितले ततायो

गोविन्द केसी दैलेख, भाद्र २४ – साँझपख टोलहरुमा जम्मा भएर नाच्ने यहाँका महिलाहरु खुल्ला मंञ्चमा वृहत तिज गित कार्यक्रममा नाच्दा माहोल नै तातियो । उनीहरु गायिकहरुसंगै गित गुनगुनाउँदै मनै खोलेर नाचे । लोकदोहोरी गायिकाहरु शान्ता परियार र सुनीता विसीले दैलेखको टुडीखेलको खुल्ला मञ्चमा गित गाउदा गित हेर्न आएका महिलाहरु पनि छमछमी नाचे । तिज गितले लामो समयपछि दैलेख सदरमुकामको माहोल नै एकाएक नाचगानमा मोडिदा नरमाउने विरलै देखीन्थे । गायिकाहरुले आफुले [...]
1 146 147 148 149 150 151