समाज

कृषि रणनीति आवश्यक ः साँसद पोखरेल

दैलेख,  दैलेख क्षेत्र नं. २ का साँसद लक्ष्मीप्रसाद पोखरेलले कृषिको उत्पादन बढाउन जिल्ला रणनीति आवश्यकता औल्याउनुभएको छ । दीगो र प्रकावकारी योजना बनाउँदा कुन ठाउँमा के उत्पादन सम्भावना छ, त्यस अनुरुपको पकेट क्षेत्र घोषणा गर्ने र कृषकहरुसम्म श्रोतको पहुँच पुग्नु पर्ने उहाको धारणा छ [...]

प्रमओली स्वदेश फिर्ता लगानीको वातावरण बन्यो– ओली

शेरबहादुर थापा, मुम्बई १२ फागुन । छ दिनको राजकीय भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण बनाइएको बताएका छन् । मुम्बईको हयात होटलमा आज भारतीय तथा नेपाली उधोगी व्यवायीहरुको जमघटलाई सम्वोधन गदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले व्यापारीहरुलाई सम्वोधन गर्दै नेपालमा लगानी गर्न एक क्षेत्र मात्र नभएको प्रस्ट पादै विजुली, उद्योग, व्यवसाय लगायत यहाँहरुले चाहेको क्षेत्रमा लगानी गर्न सकिने जिकिर समेत गर्नुभयो [...]

मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत दैलेख जिल्लाका दस वटा गा.वि.स का गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका २४ जना पदाधिकारीहरुलाई मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न भएको छ | उक्त कार्यक्रमको सहजीकरण सामाजिक सेवा केन्द्रका एकीकृत परियोजनाका फिल्ड अधिकृत बासुदेव उपाध्यायले गरेका थिए [...]

सिलाई महासंघमा युवराज

दैलेख, माघ २५ – नेपाल कपडा तथा सिलाई व्यवसाय महासंघको दोश्रो अधिवेशन आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनबाट युवराज नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ [...]

कृषि व्यवसाय प्रवद्र्धन अन्तरक्रिया

दैलेख, माघ २५ – यूएसएआईडी÷किसान परियोजनाको आयोजनामा दैलेखस्थित लघुवित्त संस्था, बैंक, सहकारी संस्था, स्थानीय सेवा प्रदायक समूहवीच कृषि उत्पादकत्व बृद्धि र व्यवसाय प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ [...]

परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

ज्वाला सन्देश सम्वाददाता सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको जिल्ला स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ । तथा परियोजना सल्लाहकार समिति अध्यक्ष स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो [...]

सरकार विकल्प होइन,अपुर्ण सरकार पुर्ण बनाइन्छ ः शर्मा

भक्तबहादुर शाही दैलेख माघ १३ गते । एमाओवादीका नेता जर्नादन शर्माले अपुर्ण सरकारलाई पुर्ण बनाउन सबै भन्दा ठुलो दल नेपाली काँग्रेसलाई राष्ट्रिय सरकारमा ल्याउनुपर्ने बताउनुभयो । हामीले सरकार ढाल्ने होइन् वरु सरकार बाहिर रहेका दललाई साथमा लिएर राष्टिय सरकार बनाए देशले संकटबाट उन्मुक्ती हुने छ । बुधवार नेपाल क्रान्तिकारी पत्रकार सँघ दैलेखले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो [...]

सार्वजनिक अपराधको मुद्दा फैसला

अमर सुनार दैलेख, १२ माघ – नयाँ संविधानले अधिकार कटौती गरेपछि प्रशासनबाट दैलेख जिल्ला अदालत पुगेका २१ मध्ये ३ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्दा फैसला भएका छन् । निमित्त श्रेस्तेदार बिनोद आचार्यका अनुसार आज मात्र बडाभैरब गाविस–४ का सर्वजीत बिकले सफाई पाउनुभएको छ [...]

दैलेख उद्योग वाणिज्य संघका समस्या,उपलब्धि र अवसरहरु–कविराज खत्री

राज्यले तीन खम्बे नीति अवलम्बन गरी समग्र रुपमा गुणात्मक विकासको गतिलाई मूहुर्तता दिने उद्घोष गरेको छ । उद्घोष मात्र होइन,सोही अनुसारको कदम अवलम्बन गरेको छ । ती तीनखम्बे नीतिहरु सरकारी,सहकारी र नीजि क्षेत्र हुन । विश्वका सफल,उन्नतशील राष्ट्रहरुले यस्तै प्रकारका नीतिहरु अवलम्वन गरी ठोस रुपमा कार्यान्वयन गरिरहेका कारण ती राष्ट्रहरुको प्रगती संभव भएका जाजुल्य उदाहरण हाम्रा सामू छर्लङ्गछन [...]
1 150 151 152 153 154 165