प्रदेश समाचार

मारुनी नाच संरक्षण नौमुले

फाईल फोटो दैलेख | नौमुले गाउँपालिका भाँडे गाउँका ६० वर्षका जंगबहादुर सुनाखरी मारुनी नाचका टिम प्रमुख हुन् । बुवा र बाजेबाट मारुनी नाचेको देखेका उनले अहिले त्यही नाचका टिम प्रमुख भएर नाच्ने गर्दछन् । कम्मर मादल भेरेर मादलकै तालमा नाच्ने गरेका सुनाखरी आफुहरुलाई हेर्न गाउँभरबाट ठुलो जमात भेला हुने गरेको अनुभव सुनाउँछन् । ‘त्यतिबेला अरु मनोरञ्जनको साधन थिएन् ।’ उनले भने, ‘अहिले हेर्नका लागि थुप्रै प्रविधि आएपछि परम्परागत रुपमा रहेको मारुनी नाच [...]

भारतको नयाँ नक्साः सुदूरपश्चिम प्रदेश सरकारको आपत्ति

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भारतको नयाँ राजनीतिक नक्साप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति सुदूरपश्चिम सरकारले आपत्ति जनाएको हो । प्रदेश सरकारले दार्चुलालगायत मुलुकका विभिन्न भागमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । यस्तो हो नेपालको खास नक्सा नेपाली भू–भागलाई भारतले आफ्नो भूमि [...]

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो । मंगलबार बिहान ७ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी [...]

चौरजहारी नगरपालिकाले सुरु गर्‍यो नगर बस सेवा

रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले कर्णाली प्रदेशमा नै पहिलो पटक नगर बस सेवा सुरु गरेको जनाएको छ । नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन ओटा नगरबस सञ्चालन गरिएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन [...]

कर्णालीबासीलाई लाइसेन्स लिन छिमेकी प्रदेश

सुर्खेत । कर्णालीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी नहुँदा सेवाग्राहीलाई सास्ती भइरहेको छ। संघीयताले आँगनमै सेवा उपलब्ध हुने अपेक्षा गरेका कर्णालीबासी अहिले पनि लाइसेन्सका लागि छिमेकी प्रदेशमा धाउन बाध्य छन्। अघिल्लो वर्ष नै यो सेवाको सरुवात गर्ने घोषणा गरेको प्रदेश सरकारले हालसम्म आवश्यक प्रक्रिया अगाडि बढाएको नै छैन। प्रदेश सरकारले प्राथमिकता नदिएकै कारण हाल कर्णालीबाट सवारी संचालनका लागि आवश्यक पर्ने नयाँ लाइसेन्स जारी हुन [...]

यस्तो हो नेपालको खास नक्सा

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ ९हेर्नुहोस् नक्सा०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ। नेपालको पश्चिम सीमा लिम्पियाधुरा [...]
1 2 3 184