प्रदेश समाचार

माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति ६ दिनदेखि बेपत्ता !

११ जेठ, नेपालगन्ज । दोस्रो चरणको स्थानीय चुनाव नजिकिदै जाँदा आफ्नो पक्षधरलाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माइन्युट बोकेर कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि सम्पर्कबिहीन भएका छन् । पार्टी स्रोतले दिएको जानकारी अनुसार स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ अन्तरगतका गाउँपालिका र नगरपालिकाको लागि उम्मेदवार सिफारिस गर्न बसेको बैठकका विबाद हुँदा बैठक स्थगित गरी माइन्युट फोटोकपी गर्न जान्छु भनेर बाहिरिएका उनी [...]

सरसफाईमा “म्यादी “

दैलेख, वैशाख १० । चुनावका लागि प्रहरीले भर्ना गरेका म्यादी प्रहरीले दैलेख बजारका सडक तथा मठ मन्दिर सरसफाई गरेका छन् । यही जेठ १७ गतेसम्मको नियुक्ति लिएका उनीहरुलाई बजार सरसफाई तथा मन्दिर सफाईमा लगाइएको हो । दैलेखमा जिल्ला प्रहरी कार्यालयले करिब साढे ७ सय जना म्यादी प्रहरी भर्ना गरेको थियो । वैशाख ३१ मै जिल्लाका सबै स्थानीय इकाईमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको थियो भने ३ गतेसम्म सम्पूर्ण इकाईको मतिपरिणाम पनि सकिएको थियो । चुनावी कार्यक्रम [...]

कैलालीमा सुतिरहेकै अवस्थामा एक दम्पतीको हत्या

८ जेठ, कैलाली । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बदि्रप्रसाद जोशी (७२) र कुन्ता देवि जोशी -६५) को शव फेला परेको बताएको छ । उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर [...]

काम सुरु गरे जनप्रतिनिधिले

दैलेख, जेठ ८ । २० वर्षपछि स्थानीय इकाईमा निर्वाचन भएपछि कर्मचारीको हातबाट जनप्रतिनिधिको हातमा स्थानीय शासन आएसँगै उनीहरुले काम सुरु गरेका छन् । दैलेखको नारायण नगरपालिकामा जनताको शासन सुरु भएसँगै धुलोले हैरान परेका दैलेख बजारवासीहरुलाई राहत दिन वडा नम्बर १ ले बजारमा गिट्टी हालेर धुलो कम गर्ने प्रयास सुरु भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले आफ्नो अगुवाईमा सडकमा गिट्टी हाल्ने काम सुरु गरेका हुन् । खानेपानीको पाइप गाड्ने क्रममा [...]

दैलेखमा एमालेको वर्चस्व(विजयीको सूचिसहित)

दैलेख, वैशाख ३ । दैलेखका १० वटा स्थानीय इकाईको मतपरिणाम सार्वजनिक भएको छ । दैलेखमा रहेका ४ वटा नगरपालिका मध्ये २ मा एमालेले जितेको छ भने १ मा काँग्रेसले जितेको छ । यस्तै आठविस नगरपालिकाको भने निर्वाचन परिणाम घोषणा हुन बाँकी छ । यस्तै ७ वटा गाउँपालिका मध्ये ४ मा एमालेले जितेको छ भने ३ मा काँग्रेसले जितेको छ । सदरमुकाम रहेको नारायण नगरपालिकाबाट एमाले मेयर उम्मेदवार रत्नबहादुर खड्का र उपमेयर उम्मेदवार सावित्री मल्ल विजयी भएका छन् । यस्तै दुल्लु [...]

दैलेखको स्थानीय तह निर्वाचन परिणाम ५मा एमाले १ मा काग्रेस विजयी

दैलेख, जेठ ३, दैलेखका ११ वटा स्थानीय इकाई मध्ये हालसम्म अन्तिम नतिजा सार्वजनिक भएको ६ वटा ईकाई मध्ये ५ वटामा एमाले वाजी मारेको छ भने १ वटामा काग्रेसले वाजी मारेकोछ । एमालेले वाजी मारेका नारायण नगरपालिकामा मेयर रत्न वहादुर खड्का र उप मेयरमा सावित्रा मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेका मेयरमा सुर्य वहादुर शाही र तारा शाअी, ठाटीकाँध गाउपालिकामा एमालेका अध्यक्षमा धिर वहादुर शाही र उपाध्यक्षमा सुस्मिता सिंह, महावु गाउपालिकामा एमालेका [...]

दैलेखमा एमालेले खाता खोल्यो, नारायणकाे प्रमुखमा विजयी

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको दोश्रो इकाईमा नेकपा एमाले बाजी मारेको छ । नारायण नगरपालिका नेकपा एमालेका प्रमुख उम्मेदवार रत्न वहादुर खड्का र उप प्रमुख उम्मेदवार सावित्रा मल्ल विजयी भएका हुन । यस्तै ११ वटा वडा रहेको सो नगरपालिकामा नेकपा एमालेका ८ वडा पनि जितेको छ । एमालेले १, २, ३, ४, ५, ९, १० र ११ जितेको छ भने ६,७ र ८ मा काँग्रेसले जितेको छ । एमालेका खड्काले काग्रेसका मणिराम रेग्मीलाई २७८ मत अन्तरले पराजित गरेका [...]

गुराँसमा काँग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख, जेठ २ । दैलेखको गुरासँ गाउँपालिकामा काँग्रेसले अग्रता लिएको २ वटा वडाको सम्पन्न मतगणना अनुसार काँग्रेसका अध्यक्ष उम्मेदवार खेमराज वलीले ११७८ र उपाध्यक्ष दिपा विसी ११६८ तथा एमालेका प्रेमबहादुर खडुका ९२९, उपाध्यक्ष प्रभा गुरुंग ९७१ मत छ । यो गाउँपालिकाको वडा नम्बर १ मा एमाले विजयी भएको छ भने २ मा काँग्रेसले जितेको छ [...]

दैलेखमा काँग्रेसले खाता खोल्यो (डुंगेश्वर गाउँपालिकामा रुख)

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको पहिलो इकाईमा काँग्रेसले बाजी मारेको छ । डुंगेश्वर गाउँपालिकाबाट काँग्रेसका अध्यक्ष उम्मेदवार नगेन्द्र मल्ल र उपाध्यक्षका उम्मेदवार सिता ज्ञावली विजयी भएका हुन् । यस्तै ६ वटा वडा रहेको सो गाउँपालिकामा काँग्रेसले ४ वटा वडा पनि जितेको छ । एमालेले १ र २ जितेको छ भने ३,४,५ र ६ मा काँग्रेसले कब्जा जमाएको छ । काँग्रेसका मल्लले एमालेका मानबहादुर विष्टलाई ४७५ मत अन्तरले पराजित गरेका [...]

नारायण नगरमा काँग्रेसले खाता खोल्यो (मेयर पनि अगाडी)

दैलेख, जेठ २ । दैलेखका ११ वटै स्थानीय इकाइमा मत गणना जारी रहेको छ । हालसम्म प्राप्त स्थानीय इकाईका परिणामअनुसार धेरैजसो स्थानमा एमालेले अग्रता लिएको छ । नारायण नगरपालिकामा काँग्रेस मेयर 2787, उपमेयर 2509 र एमाले मेयर 2567, उपमेयर 2845 मत छ । नारायण नगरपालिकाका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । १,२,३,४ र ५ वडा एमालेले जितेको छ भने वडा नम्बर ६ मा काँग्रेसले जितेको छ । काँग्रेसका प्रकाश न्यौपानेसहितको प्यानल विजयी भएको हो । उता भैरवीमा एमाले अध्यक्षमा 1257 र [...]
1 228 229 230 231 232 242