साहित्य

‘आउ वलात्कार गर’

आउ वलात्कार गर मलाई मेरो शरिरले तिमीलाई त्रिप्ति दिन्छ भने लुछी देउ मेरा मासुहरु  सॉच्चै नै तिमी सिनो खाने गिद्ध हौ भने  मेरा मासुका थुप्रामा बात्सल्य देखेनौ मेरा कोपिलाहरुमा बहिनीको मखमली भेटेनौ आउ थिच मलाई, किच मलाई राक्षसी रुप मानिस भित्र बोकेको छौ भने चोक्टा चोक्टा त बाघले पनि लुछेकै हुन्छ चोरेको शिकारले नै स्यालले पेट भरेको हुन्छ लुछ मलाई, चुस मलाई, लुट मलाई आफ्नै घर र ऑगनमा पिपासु डुलेको छ भने मेरो संबेग, सम्मान र सपनाको के कुरो शरिर भरि यौनको पसल [...]

मेरो देश

सडकमा बालक रुने मेरो देश सदनमा मस्ती गर्ने मेरो देश ठुलोको जहिले नि चल्ने मेरो देश बलात्कार नै बलात्कार हुने मेरो देश भन्थे व्यवस्थासंगै परिवर्तन हुने मेरो देश रातदिन महंगी भ्रश्टाचार बढ्ने मेरो देश विश्वकै उत्कृष्ट संबिधान भएको मेरो देश संघियता नै घाँडो हुदैछ रे मेरो देश चार जात छत्तिस वर्णको मेरो देश छुवाछुतमा नै अझै अल्झेको मेरो देश प्रकृतिको निकै धनि भनिने मेरो देश टुक्रा टुक्रा पारिदै छ रे मेरो [...]

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

भगवानको घर चाहे जो सुकैको होस मैले देख्छु आमा, बा,अनि देश । सबैले पुजे पादुका, मागे होलान आशिर्वाद पुगे चालिस दशकअघि गरे देशमै मर्ने अठोट । राधा पौडेल बुकुर्सि मार्दै गरेको त्यो साथी पाठो भन्न पाउँदिन नचढ्ने बलिमा । आलो रगतले पोतिएको अमुक भगवान बलि मागिरहन्छ छोरीहरु छाउ गोठमा । सर्प या धुवाँ या चिसो या बलात्कार कोख खालि छैन तर, काख रित्तै । सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत अशुद्ध फोहोरी, कसरी हुन्छ खै ? इन्द्र हुन् या देउवा, बुद्ध त्यहि रगत हिलारी हुन् [...]
1 2 3 4