साहित्य

गजल

म माया गर्छु उ एक सार्किकी छोरी हो। आमा बुझ्नुहोस् उ यसै धर्तीकी छोरी हो। मान्छेहरु यस्तो विभेद बोकि किन हिड्छन ? यो बाहुनकी छोरी हो यो योगीकी छोरी हो । लगनशीलता कहिल्यै हेरेन यो समाजले । हेरिरह्यो गरिबकी छोरी हो धनिकी छोरी हो ।   धर्ती भासिएको छैन र आकाश खसेको छैन । प्रसादले बिहे गरेको पनि कामीकी छोरी हो । मलाई अरुसंग कुनै पनि सरोकार राख्नु छैन । भनोस् दुनिया फरक पर्दैन वादीकी छोरी हो । प्रवासी काजी [...]

गजल

आफु मरेर देशलाई बचाएका हुन्। हाम्रा पुर्खाले नै शीर उठाएका हुन्। कागती , सुन्तला र मेवा बेचेर नै, आमा बा ले मलाई पढाएका हुन्। भारी बोक्दै आफु भोकै बसेर पनि। पेट भरुन्जेल खाना खुवाएका हुन्। मेरा आफ्नै आफन्त भनाउदाले नै रुखमा चढाई फेद ढलाएका हुन्। मैले जति आदर्शका कुरा गर्न सक्छु। गुरुहरुले नै यत्तिको बनाएका हुन् [...]

‘बिहानी’

सुनिता बस्नेत सितले निथ्रुक्क रुझेकि बिहानी कठ्यॉग्रिएको मुटु छाती भित्र छोपि निरन्तर नियालि रहिन् क्षितिज पारि  रविको किरणले कहिले चुम्छ भनि।   झुल्के घाम बिना मुस्काउन्नन् रे बिहानी  घामले नछुंदासम्म जवान हुन्नन् रे बिहानी हर पल प्रतिक्षामा ऑखा ओच्छ्याई रहिन् उज्यालोलाई आलिंगन गर्न आतुर बिहानी।   रात भर अंध्यारोले बलात्कार गर्दा पनि क्रन्दन र चित्कार मनभित्रै दवाएरै पनि उज्यालोको लालसामा जन्मेकि बिहानी पर्खि रहिन् घाम कहिले उदाउंछ भनि। [...]

म ‘म’ नै हुँ मेरो आफ्नै जीवन छ म ‘म’ नै हुँ मेरो आफ्नै संसार छ कसरी भन्छौ तिमी, मेरो पुरानो नाता अब मेरो होइन अरे जस्को रगत मेरो शरिरमा बगेको छ त्यो पहिचान अब मेरो छैन अरे मेरा सपना साकार गर्न अब मैले तिम्रो अनुमति लिनु अरे। तिमीले बनाइ दिएको परिधि भित्र अब मैले जिउनु अरे तिमीसंग नाता जोड़े पछि मैले आफ्नो परिचय फेर्नु अरे तर म फेरि पनि भन्छु मेरो पहिचान नफेरि देउ मेरो स्वाभिमान नबेचिदेउ म ‘म’ नै हुँ मेरो आफ्नै नाम छ म ‘म’ हुँ मेरो आफ्नै स्वाभिमान छ     [...]

प्रदेश नं. ६ का मानव अधिकार रक्षकहरु सुर्खेतमा

हिक्मत नेपाली सुर्खेत पौष १३, प्रदेश नं. ६ का ६ जिल्लाका मानव अधिकार रक्षकहरु सुर्खेतमा भेला भएका छन् । ३ दिन सम्म मानव अधिकार रक्षकहरुको सुरक्षाका बारेमा छलफल र जानकारी लिनका लागि मानवअधिकार रक्षकहरु सुर्खेतमा भेला भएका हुन् । ६ नं. प्रदेशका विभिन्न ६ वटा जिल्लामा कार्यरत रहेका मानव अधिकार रक्षकहरुको सूरक्षा चुनौतीहरुमा बृहत छलफल समेत गरेका छन् । ६ नंं प्रदेशका ६ जिल्लाबाट सहभागि रहेका महिला मानव अधिकारकर्मी, संचारकर्मी, कानुन व्ययवसायीहरुकोले [...]

नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसी निकै राम्रो र मन छुने खालको रहेको एक कार्यक्रम मा बताईएको छ । यहि पौष १४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र मन त पर्देसी को बारेमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । निर्माता दुर्गा बहादुर खड्का ले पत्रकार सम्मेलनमा बेरोजगार युवाको कथा बस्तु समेटेकोे बताँउदै चलचित्रले भयको लगानीको रकम उठ्ने सम्भावना बलियो रहेको बताए । चलचित्र बाँके बर्दिया र कतार मा छायांकन गरेको बताईको छ । मन त पर्देसी का डाईरेक्टर [...]

बाल विवाह गर्नु हुंदैन

बाल विवाह गर्नु हुंदैन:;.. सचेत बनौं भाइबहिनी सबैले अकालैमा मर्नु हुदैन। बालबालिका भोलिका कर्णधार बनाउ साथी बलियो आधार। आमा बच्चा गएका छन् खेर बिहे गर्न नगरों हतार।। बिहे गरौं बिस बर्ष पुगेर जानी राखौं परिपक्क उमेर। रोग लागेर भाको छ नोक्सानी खप्नुपर्ला सधैंलाई [...]

नेपाली गौरव

नन्दा महतारा चिन्तन गरेर खान सकिन्छ साथी कर्ममा लागेमा । सकिन्न केही कर्मको बाटो टाढा नै राखेमा। मनमा माया बसौँला छाँया राखौला आँखामा। गरौँला काम रौपौला धान खेत र पाखामा।। गरौँ साहस,जोगाँउ इज्जत हाम्रा पुर्खाको। माया सम्मान गर्नुछ मैले साना र ठुलाको। हिमालमा हिँउ परेको देख्दा मनमा आनन्द। मुखमा कान्ति मनमा शान्ति उमङ्ग लाग्दछ।। लेक र वेशी धाउने हाम्रो नियमित काम। गौरव गर्छौ नेपाली हामी ठूलै छ सान। [...]

भोलिको म किसान

नन्दा महतारा ‘चिन्तन’ हातमा सानो कोदाली लिई यो माटो खन्नेछु। भविष्य मेरो कृषिमा बित्छ किसान बन्नेछु। उत्पादन गर्छु अन्न र बाली फलफुल लगाउछु। धान र मकै आलु र प्याज तरकारी लगाउछु। मिहिनेत मेरो माटोमा पोख्छु किसान बन्नलाई। सहयोग माग्छु साथी र भाईको उत्पादन गर्नलाई। नेपाल हाम्रो कृषि प्रधान देश म पनि कृषक। काम गरी खान सबै भन्दा हुन्छ नि आनन्द।। माटोको माया मुटुमा बोकी देशलाइ हाक्नेछु। शत्रुको नास गरेर मात्र तब पो [...]

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा

घर, मन्दिर अनि कोतमा पुजिएकि दुर्गा आज पर सरिन् अरे म जस्तै नारी शरिर धारण गरेकि दुर्गा पनि पर सर्छिन् अरे उनै दुर्गाको भक्ति भावले पुरुषहरु समेत बलवान् हुन्छन् अरे शरिर र संबेदनाले भरिएकि घरकि दुर्गा मात्रै बिटुलि हुन्छिन् अरे पशुकै गोठमा रात बिताएकि ति दुर्गा एक अंजुली पानीको लागि समेत तड्पिन्छिन् अरे मुर्तीको दुर्गा पुजिरहंदा घरकि दुर्गा सॉप र बाघको सिकार बनि सकिन् अरे ( समर्पित कुरितीमा ज्यान गुमाएका दुर्गाहरु प्रति) सुनिता वस्तेतकाे [...]
1 2 3