मुख्य समाचार

छाउप्रथा मुलुकका लागि लज्जास्पद् ः मन्त्री गुरुङ्ग

दैलेख माघ ७ गते ः सङ्घीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउप्रथा कायमै रहनु नेपालका लागि लज्जास्पद् भएको बताएका छन् । छाउपडी प्रथाको अवस्था अनुगमनका क्रममा कर्णालीको भ्रमणमा रहेको मन्त्री गुरुङ्गले छाउगोठ भत्काएपनि मनभित्रको छाउगोठ उस्तै रहेको पाईएको बताए । मंगलवार दुल्लु नगरपालिकाद्धारा आयोजित छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रर्वद्धनका लागि अन्तरक्रियामा मन्त्री [...]

पत्रकार नेपालीलाई कर्णाली प्रदेश स्तरिय उत्कृष्ठ फोटो पुरस्कार

दैलेख माघ ६ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालद्धारा आयोजित सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ठ फोटो पत्रकारलाई पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा आयोजित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार वितरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार प्रदान गरे । प्रतियोगितामा कपिलवस्तु स्थित कान्तिपुर दैनिकका मनोज पौडेल प्रथम, मुगुका कविराज कार्की द्धितिय र सुनिल शर्मा तृतिय [...]

अब सुर्खेतबाटै सवारी लाइसेन्स

सुर्खेत माघ ६। अबदेखि सुर्खेतबाटै सवारी अनुमति चालक पत्र (लाइसेन्स) वितरण गरिने भएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्नेगरी अनलाईन फर्म खुला गरेको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । विभागले आइतबारदेखि नयाँ लाइसेन्सका लागि सुर्खेत केन्द्र तोकेर फर्म खुल्ला गरेको यातायात [...]

स्वास्थ्य चौकीका कार्यालय सहयोगी मृत फेला

दैलेख : जिल्लाको भैरबी गाउँपालिका ४ स्थित भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत फेला परेका छन् ।  सोमबार बिहान १० बजे स्वास्थ्य चौकीमा आइ कार्यालयको कामकाज गरी फर्किएका थापा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिए । ४२ वर्षीया थापा गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । थापाको शव पोस्टमार्टम गर्न दैलेख अस्पताल ल्याउने तयारी [...]

नेकपाको आचारसंहिता : अब कसैलाई तँ भन्न नपाइने

काठमाडौं माघ ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले ११ बुँदे आचारसंहिता जारी गरेको छ। आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहितामा कसैलाई तँ भन्न नपाइने उल्लेख छ। आचारसंहिताको बुँदा नम्बर २ मा लेखिएको छ ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी [...]

उपसभामुखबाट बिदा भइन् तुम्बाहाङ्फे

काठमाडौं माघ ६ : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फले राजीनामा दिएकी हुन्।  साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने निश्कर्षमा आफू पुगेको बताएकी थिइन्। बैठकको अध्यक्षता गर्दै छोटो मन्तव्य दिएपछि उनले बैठक चार बजेसम्मका लागि स्थगित [...]

चोरिएको तीन वर्षपछि भेटियो चन्दननाथको मूर्ति

जुम्ला माघ ६ : प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । २०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा [...]

ओली -प्रचण्ड भेटवार्ता सकियो, उपसभामुखले राजीनामा दिने

काठमाडौं : प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सकिएको छ। छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो  लागेको जनाइएको छ। उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ। यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने भन्दै उनले [...]

हटाइँदै खरका छाना

ज्वाला सन्देश फाइल हिक्मतबहादुर नेपाली, दैलेख माघ ६ गते । : नारायण नगरपालिकाले नगर क्षेत्रभित्रका घरको छाना हटाउने अभियान थालेको छ। गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता छाइदिने भएको हो। खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउन नगरपालिकाले खरको छानोमुक्त अभियान ल्याएको हो। यहाँका अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घर खरले छाएका छन्। नगरपालिकाभित्र खरको छानो विस्थापित गर्ने योजना अनुसार खरको छानो [...]

को हुन् नेकपा सभामुख उम्‍मेदवार सापकोटा ?

काठमाडौं माघ ५ । नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सभामुख उम्मेदवार बनाएको छ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो। नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभाले सभामुख पाउने बाटो खुलेको छ। जहाँ सापकोटा नै सभामुख बन्ने पक्कापक्की भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट [...]
1 2 3 427