शिक्षा/स्वास्थ्य

बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा छ्यापियो तातो घिउ

 पीडक राजेश चन्दमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने – कैलालीमा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट गरिएको घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला कञ्चनपुरमा आफूसँग बिहे गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घिउ छ्यापिएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीका राजेश चन्दले बुधबार बिहान वडा नम्बर ५ बनगाउँकी २१ वर्षीया सुनिता चन्दको अनुहारमा तातो घिउ छ्यापेका हुन् । उनलाई थप कुटपिट पनि गरेर राजेश फरार छन् ।   बिहान घरमै पूजापाठका लागि घिउ [...]

दिवा खाजामा भएकको विभेद हटाउन सहभोज कार्यक्रम

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेदका हटाउन र व्यवहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउनुभएको छ । गत महिना हिमालय आधारभूत विद्याललय तीजडाँडामा दलितले पकाएको नखाने भन्दै गैरदलित बालबालिकाले ताला लगाएको सम्वन्धमा विभेद हटाउन आज चामुण्डाको तीजडाँडास्ति विद्यालय प्रांगणमा सहभोज कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । प्रमुख थापाले सामाजिक प्रयासमा विभेद घटनाउन सहभोज आयोजना गरिएको बताउदै अझैं पनि [...]

चित्रकला प्रतियोगिता सम्पन्न

‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । दिवसको पूर्वसन्ध्यामा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिता नारायण स्रोत केन्द्र दैलेखमा संचालन भएको थियो । माध्यामिक तहका छात्राहरका लागि आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयमा १५ जना छात्राहरु सहभागि भएको जानकारी दिइएको छ । [...]

‘हिंसा अन्त्य गर्न आजैबाट पहल थालौ’

महिला तथा बालवालीका माथी हुने हिंसा अन्त्यका लागी समाजमा जरो गाडेर रहेका रुढीवादी परम्परा त्याग्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । १०८ औ अन्तराष्ट्रि महिला दिवसको अवसरमा रेडीयो ध्रुबतारा एफ.एम. दैलेखमा आयोजित रेडियो परिसंवाद कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले यस्तो बताएका हुन । जस्तो सुकै हिंसा अन्त्यका लागी आफुबाट र आजैबाट पहल थाल्नुपर्ने सरोकारवालाहरुको भनाई छ । परिसंवाद कायक्रममा बोल्दै जिल्ला समन्वय समिती दैलेखका [...]

बालविवाह गर्नेलाई १ महिना कैद र १० हजार जरिवाना

दैलेख–उमेर नपुगेकी बालिकासंग विवाह गरेको आरोपमा दैलेखमा एक बयस्कलाई दैलेख जिल्ला अदालतले एक महिना कैद र दश हजार जरिवाना गरिएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई उक्त सजाय भएको अदालतका प्रवक्ता नायव सुब्बा बिनोद आचार्यले जानकारी दिएका छन् । नौमूले गाउँपालिका–८ चौराठाकी १५ वर्षीया परिवर्तित नाम भावना रानालाई विवाह गरेको पुष्टी भएकोले सो सजाय भएको बताइएको छ । सोही मुद्दाको सन्दर्भमा बालिकालाई विवाह गराउन फकाएको [...]

सचेत हुँदै श्रीमान

महिला गर्भवती हुँदा देखि सुत्केरी अवस्था र सो भन्दा पछिका दुईबर्षसम्म भोग्नुपरेका पीडाहरुलाई पोषण मेलाको माध्यामबाट जानकारी गराएपछि पुरुषहरुको ध्यान केन्द्रित भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहारहरु अनिवार्य खानुपर्ने, ग्रहौ भारी बोक्न नहुने, बिश्रामको धेरै आवश्यकता पर्ने लगायत महिलाहरुको प्रजनन स्वास्थ्य तथा अधिकारको बारेमा व्यवहारिक रुपमै पुरुषहरुलाई भारी बोकाएर परिक्षण गराएपछि पोषण मेलामा सहभागि पुरुषहरु सचेत [...]
1 38 39 40 41 42 71