कविता

‘आउ वलात्कार गर’

आउ वलात्कार गर मलाई मेरो शरिरले तिमीलाई त्रिप्ति दिन्छ भने लुछी देउ मेरा मासुहरु  सॉच्चै नै तिमी सिनो खाने गिद्ध हौ भने  मेरा मासुका थुप्रामा बात्सल्य देखेनौ मेरा कोपिलाहरुमा बहिनीको मखमली भेटेनौ आउ थिच मलाई, किच मलाई राक्षसी रुप मानिस भित्र बोकेको छौ भने चोक्टा चोक्टा त बाघले पनि लुछेकै हुन्छ चोरेको शिकारले नै स्यालले पेट भरेको हुन्छ लुछ मलाई, चुस मलाई, लुट मलाई आफ्नै घर र ऑगनमा पिपासु डुलेको छ भने मेरो संबेग, सम्मान र सपनाको के कुरो शरिर भरि यौनको पसल [...]

मेरो देश

सडकमा बालक रुने मेरो देश सदनमा मस्ती गर्ने मेरो देश ठुलोको जहिले नि चल्ने मेरो देश बलात्कार नै बलात्कार हुने मेरो देश भन्थे व्यवस्थासंगै परिवर्तन हुने मेरो देश रातदिन महंगी भ्रश्टाचार बढ्ने मेरो देश विश्वकै उत्कृष्ट संबिधान भएको मेरो देश संघियता नै घाँडो हुदैछ रे मेरो देश चार जात छत्तिस वर्णको मेरो देश छुवाछुतमा नै अझै अल्झेको मेरो देश प्रकृतिको निकै धनि भनिने मेरो देश टुक्रा टुक्रा पारिदै छ रे मेरो [...]

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

भगवानको घर चाहे जो सुकैको होस मैले देख्छु आमा, बा,अनि देश । सबैले पुजे पादुका, मागे होलान आशिर्वाद पुगे चालिस दशकअघि गरे देशमै मर्ने अठोट । राधा पौडेल बुकुर्सि मार्दै गरेको त्यो साथी पाठो भन्न पाउँदिन नचढ्ने बलिमा । आलो रगतले पोतिएको अमुक भगवान बलि मागिरहन्छ छोरीहरु छाउ गोठमा । सर्प या धुवाँ या चिसो या बलात्कार कोख खालि छैन तर, काख रित्तै । सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत अशुद्ध फोहोरी, कसरी हुन्छ खै ? इन्द्र हुन् या देउवा, बुद्ध त्यहि रगत हिलारी हुन् [...]

‘बिहानी’

सुनिता बस्नेत सितले निथ्रुक्क रुझेकि बिहानी कठ्यॉग्रिएको मुटु छाती भित्र छोपि निरन्तर नियालि रहिन् क्षितिज पारि  रविको किरणले कहिले चुम्छ भनि।   झुल्के घाम बिना मुस्काउन्नन् रे बिहानी  घामले नछुंदासम्म जवान हुन्नन् रे बिहानी हर पल प्रतिक्षामा ऑखा ओच्छ्याई रहिन् उज्यालोलाई आलिंगन गर्न आतुर बिहानी।   रात भर अंध्यारोले बलात्कार गर्दा पनि क्रन्दन र चित्कार मनभित्रै दवाएरै पनि उज्यालोको लालसामा जन्मेकि बिहानी पर्खि रहिन् घाम कहिले उदाउंछ भनि। [...]

म ‘म’ नै हुँ मेरो आफ्नै जीवन छ म ‘म’ नै हुँ मेरो आफ्नै संसार छ कसरी भन्छौ तिमी, मेरो पुरानो नाता अब मेरो होइन अरे जस्को रगत मेरो शरिरमा बगेको छ त्यो पहिचान अब मेरो छैन अरे मेरा सपना साकार गर्न अब मैले तिम्रो अनुमति लिनु अरे। तिमीले बनाइ दिएको परिधि भित्र अब मैले जिउनु अरे तिमीसंग नाता जोड़े पछि मैले आफ्नो परिचय फेर्नु अरे तर म फेरि पनि भन्छु मेरो पहिचान नफेरि देउ मेरो स्वाभिमान नबेचिदेउ म ‘म’ नै हुँ मेरो आफ्नै नाम छ म ‘म’ हुँ मेरो आफ्नै स्वाभिमान छ     [...]
1 2