वित्तीय समानीकरण र सशर्त अनुदान बजेट के-केमा खर्च गर्न पाउँछन् स्थानीय तहले ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४ ७५ को लागि बजेट प्रस्तुत गरेको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोलागि संघीय बजेट प्रस्तुत गरेका छन् । उनले एक चरणमा सकिईसकेको र केही बाँकी पनि रहेको स्थानीय तहको लागि कूल २ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको महराले जानकारी दिएका छन् । बजेटले अन्तर सरकारी वित्तीय हस्तान्तरण शीर्षकमा कूल २ खर्ब ३२ अर्ब १९ करोड ८० लाख ९१ हजार [...]