बालबालिकाहाम्रो सरोकार बन्न सकेनन्

          |   प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     ::: 222 पटक पढिएको   |  

उसको कमाईले ति ७० वर्षिय बाबुले सास फेरिरहेका होलान् । घरमा बचेको उसको खाना सानो भाईले खाएर झोला बोकी विद्यालय गईरहेको होला । उसलाई होटलबाट निकाल्यो भने बास खुल्ला धर्तिमा । बाबुको सास रोकिने, भाईको विद्यालय छुट्ने

निर्मल अधिकारी
म, सामाजिक सेवा केन्द्रका संस्थापक अध्यक्ष हीरासिंह थापा, सेभ द चिल्ड्रेनका विनु श्रेष्ठ र सोसेकका नवराजवि.सी. गुरास गाउपालिकाबाट फर्किदै थियौं । गुरास गाउपालिकासँग बालमैत्री स्थानीय तह घोषणाका लागि छलफल गर्नु थियो । अनि बालमैत्री स्थानीयशासनको सुनिश्चित गर्नका लागि केहि कार्यविधि र बालमैत्रीनीतिहरु स्थानीयतहले पारित गर्नु थियो । हामीलाई खुसि लाग्यो बालबालिकाकै हितका लागि गाउपालिकाले जिवन सुरक्षा कोषको स्थापना गरेको रहेछ । बालमैत्री नीति पारित गर्न स्थानीयतह उत्सुक देखियो । त्यस पछि हामी दैलेख सदरमुकामतिर फर्कियौं ।
ओरालो र घुमाउरो बाटो । अनि उत्तिकै पट्यार लाग्दो पनि ! यात्रामा बालबालिका कै विषयमा हाम्रा कुराकानी हुन्थे । उनीहरुको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ । वालविवाह, बालश्रम र छाउपडी जस्ता सामाजिक कुप्रथाको न्यूनिकरणका लागि हाम्रो अभियान के हुन सक्छ रु यस्तै यस्तै विषयमा हामी केन्द्रित हुन्थ्यौ । आगामी दिनमा गुरास गाउपालिकालाई कसरी बालमैत्री बनाउन सकिन्छ र हामीले के गर्न सक्छौं भन्ने विषयमालामै छलफल भयो ।
दिन ढल्कि सकेको थियो । दिनभरीको बसाईले थकाई महसुस भएपछि माथिल्लो डुङ्गेश्वर बजारमा खाजा खानका लागि हामी रोकियौ । कालो बर्णको मैलो कपडा लगाएका अन्दाजी १२ वर्ष मुनिका एक जना बालक हाम्रो अगाडी देखिए । घरी होटलको भाडा माझ्थे । घरी नाली सफा गर्थे । उत्तिखेरै झाडु लगाउथे । हामीलाई संका लाग्यो उनी बालश्रमिक हुन् ।

हीरासिंह थापाले भन्नु भयो मैले सधै खाजा खादा यो होटलमा यिनै बालकलाई देख्छु । राज्यले बालश्रमिक राख्ने लाई कार्वाही गर्छ । अब तपाई बालश्रमिक हटाउनु हुन्छ भने हामी खाजा खान्छौं नत्र खादैनौं ।
त्यस पछि तिनी बालक हाम्रो नजिक देखिएन्न । तर हाम्रो छलफल लामै भयो । होटल साहुनीले उक्त गलत कार्यलाई स्विकार्न तयार भईन्न । मैले खाना नपाएको एक जना बालकलाई आश्रम दिएकी छु । उसको बा ७० वर्षको भए । घरमा केही काम गर्न सक्दैन्न । आमा अपाँग छिन् । सबै भाईवहिनी १० जना । घरमा खाना पुग्दैन् । मैले त उस्लाई भोक लागेको बेला खाना र वस्नलाई बास दिएकी छु । बजारमा यसरी दुःख पाएका बालबालिका सबै मसंग आउछ्न । सक्नु हुन्छ भने तपाई पाल्नु होस । उनको मनमा लागेको सबै भनिन् । हामी सुन्दै गयौं । उनको बुझाईमा कानुन केही होइन् भन्ने थियो । अरुले गर्न नसकेको सेवा आफुले गरेको भन्दै गर्व गर्थिन् ।
बालश्रम (निषेध र नियमितगर्ने) नियमावली, २०६२ ले १४ वर्ष मुनिको बालबालिकालाई जोखिम युक्त कार्यमा लगाउन नपाईने व्यवस्था गरेको छ । त्यस्तो कार्य गर्ने जो कोहीव् यक्तिलाई दण्ड सजायको व्यवस्था पनि गरेको छ । कानुन बुझे पनि कहिले काहि चुप लाग्नु पर्ने बाध्यता बन्दो रहेछ । उनको अगाडी कानुन पढाएर सम्भव नदेखे पछि उनले भनेको सेवालाई प्रसंसा गर्दै हामी गाडी चढ्यौं ।
उनले भनेका केही कुराहरु मलाई सत्य जस्तै लागे । बालश्रमिक भनेर कामबाट छुटाउदैमा के उसको अधिकार सुरक्षित हुन्छ त ! होटलबाट निकाले उसको बास सडकमा हुन्छ । घरमा खाने एक गास छैन् । उसको कमाईले ति ७० वर्षिय बाबुले सास फेरिरहेका होलान् । घरमा बचेको उसको खाना सानो भाईले खाएर झोला बोक ीविद्यालय गईरहेको होला । उसलाई होटलबाट निकाल्यो भने बास खुल्ला धर्तिमा । बाबुको सास रोकिने, भाईको विद्यालय छुट्ने यस्तै यस्तै कुरा मेरो मनमा खेलिरहे !
त्यस पछि मलाई बालबालिका प्रति राज्यको उदासिनता र नीति निर्माण तहका व्यक्तित्वहरु प्रति वितृष्णा जाग्यो । त्यस्ता बेसहारा अनि आर्थिक रुपले विपन्न बालबालिकालाई राज्यले सेवा दिन्छ वादिदैन् । अहिले त अधिकार सम्पन्न स्थानीयतह छ । आफ्नो कानुन आफै बनाउन सक्छ । २० वर्ष पछि नागरिकले जनप्रतिनिधिपाएका छन् । तिनै ७० वर्षिय बृद्धले दिएको भोटबाट जनप्रतिनिधिले जिते होलान् । तर उनीहरुको सरोकार बालबालिका बन्न सकेनन् । नजिकै प्रहरी चौकी छ । तिनै बालश्रमिकले माझेको कचौरामा सुरक्षाकर्मिले खाजा खान्छन् होला ! अनि नजिकैको वडा कार्यालयका कर्मचारीले पनि । नत सुरक्षाकर्मिलाई नत वडा कार्यालयका कर्मचारीलाई त्यो बाल सरोकारको विषय बन्न पुग्यो। त्यस्तै बालबालिकाकै क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको पनि जिल्ला मालामै सूचीछ । उनीहरुले पनि बालश्रमिकको उद्धार गरी पुरर्वासको व्यवस्थागर्न सकेन्न । आखिर बालसरोकार कस्को विषय । राज्यको वानागरिक समाज । म सधै यही विषयमा सोचिरहन्छु ।
म र मेरो काम गर्ने संस्थाले सधै बालबालिकाको हितका लागि काम गर्छ । कहिले काहि मलाई गर्व पनि लाग्छ । मैले जिन्दगी भरी काम गरेको सन्तुष्टि बालबालिकाको क्षेत्रमा काम गर्दा पाए । हाम्रो सानो सहयोगले सिगौडीकी हिमानी खनालको आखा खुल्दा संसार तिजे जस्तै अनुभव भयो । राकमकी डिला वि.क. लाई ५ वर्ष पछि विद्यालयमा भर्ना गर्दा मलाई लाग्यो जिल्लाका सबै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्न पाउदा अझै कति खुसि हुन्थे होला । कलिलो उमेरमै वालविवाह गरेकी सेरीकी कल्पना र गौरी वि.क.कोविवाह रोकिदा अहिले नियमित विद्यालयमा अध्ययन गरिरहेकी छन् । चामुण्डा विन्द्रासैनीमा छाउपडी विरुद्ध लेख्दा मैले ठुलै धम्कि पाए । तर अहिले राज्यले एउटा बलियो कानुन बनाएको छ । यीर यस्तै घट्ना मेरो लागि सिकाई बन्दै गए । मैले गरेको सहयोगले २र४ जनाले त राहत पाए होलान् । उक्तकार्य वापत मेरो घर खर्च चल्यो होला । तर जिल्लामा १ दर्जन भन्दा बढी बालबालिकाले जन्मदर्ता पाउन सकेका छैन्न । बालविवाह हुन्छ राज्यको जिम्मेवार निकाय मौन बसेको छ । सिंहासैनकी १० वर्षिया कौषी वि.क.ले उपचार नपाएर रोग सँग लडिरहेकी छन् । गोगनपानीका ११ वर्षिय शन्तोष वि.क. महिला र बालबालिका केन्द्रमा आश्रय लिइरहेका छन् । गुरास गाउपालिका सेरीका ११ वर्षिय भरत बुढा भारतको सिम्लामा अलपत्र छ्न । उनको उद्धार गर्ने जिम्मेवार निकाय कोही देखिएन् । जिल्लामा यस्ता जोखिममा रहेका बालबालिकाहरुको लामै सूची छ । मलार्इ त्यहीप्रश्न उठाउन मन लाग्छ यस्ता बालबालिकाको जिम्मेवार राज्य वा नागरिक समाज ।

अधिकारी विगत लामो समय देखि बालबालिकाको क्षेत्रमा कार्यरत छन् ।





Leave a comment

Your email address will not be published.


*