गुन्द्री छोईंदा कुटपिट !

        अमर सुनार दैलेख माघ १५ गते   |   प्रकाशित मितिः मङ्लबार, माघ १६, २०७४     ::: 453 पटक पढिएको   |  

महाबु गाउँपालिका–२ बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैरा घर भएका भीमबहादुरका जुवाई २६ वर्षीय नगेन्द्र खत्रीले जातीय विभेद गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
सोमवार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा उनीहरु बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपिट भएको पहलको भनाई छ ।
कुटपिटको क्रममा पहलको दाहिने आँखामा कडा चोट लागेको छ । जिउभर लात्ती र मुक्काले चोट लागेको भन्दै पीडित प्रहरीमा उजूरी दिनुभएको छ ।
आरोपित पक्ष भीमबहादुर रोकाय र नगेन्द्र खत्री समेतलाई मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको मुद्दा शाखा प्रमुख सई चेतराज पन्तले जानकारी दिए ।





1 Comment on गुन्द्री छोईंदा कुटपिट !

  1. ओहो ,यो क्षुद्र र रुढीबादी सोच कहिले फेर्लान मानिसहरु।

Leave a comment

Your email address will not be published.


*