‘बिहानी’

        सुनिता बस्नेत   |   प्रकाशित मितिः आइतवार, माघ २८, २०७४     ::: 1490 पटक पढिएको   |  

सुनिता बस्नेत

सितले निथ्रुक्क रुझेकि बिहानी

कठ्यॉग्रिएको मुटु छाती भित्र छोपि

निरन्तर नियालि रहिन् क्षितिज पारि 

रविको किरणले कहिले चुम्छ भनि।

 

झुल्के घाम बिना मुस्काउन्नन् रे बिहानी 

घामले नछुंदासम्म जवान हुन्नन् रे बिहानी

हर पल प्रतिक्षामा ऑखा ओच्छ्याई रहिन्

उज्यालोलाई आलिंगन गर्न आतुर बिहानी।

 

रात भर अंध्यारोले बलात्कार गर्दा पनि

क्रन्दन र चित्कार मनभित्रै दवाएरै पनि

उज्यालोको लालसामा जन्मेकि बिहानी

पर्खि रहिन् घाम कहिले उदाउंछ भनि।

सेतो दिनको आशामा कालो रात काटे पनि

 

 

बाधा, अड्चन र तिरस्कारलाई पिएरै पनि

ओंठमा मुस्कान अनि मनमा अठोट बोकेर

नयॉ दिनको सुरुवात गर्छिन् सधैं बिहानी।

 

(पर्याय: बिहानी:-महिला, घाम:-परिवर्तन)





Leave a comment

Your email address will not be published.


*