कुटपिटले हात भाँचियो

        अमर सुनार दैलेख फागुन ६ –   |   प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     ::: 212 पटक पढिएको   |  

चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का खड्के कामीलाई सोही ठाउँका पदमबहादुर शाहीले कुटपिट गरेर हात भाँचिदिएका छन् । खड्के कामीको जग्गा हडप्ने उद्देश्यले फागुन २ गते मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् ।
पदमबहादुर शाहीको उदण्ड स्वभाव र दवावका कारण खड्के कामी माथि भएको शोषण दमन बिरुद्ध कसैले बोलेका छैनन् । असुरक्षा बढ्ने भएकोले पीडितले न्यायका लागि उजूरी गर्न नसकेको मनबहादुर बिकले बताए ।





Leave a comment

Your email address will not be published.


*