बालअधिकार र विपद् व्यवस्थापनबारे अभिमुखीकरण

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     ::: 426 पटक पढिएको   |  


दैलेख फागुन १३- दैलेखका ११ वटै स्थानीय तहका जनप्रितिनीधिहरुलाई बालअधिकार र विपत व्यवस्थापनबारे अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । स्थानीय सरकार प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र कार्यपालिका सदस्यहरुलाई वालअधिकार र विपद् व्यवस्थापन वारे शनिवार देखि दैलेख सदरमुकाममा अभिमुखीकरण संचालन गरिएको छ । शनिवार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम आइतवार सकिने बताइएको छ ।
जिल्ला समन्वय समिति दैलेखको समन्वयमा जिल्लाभर देखिएका विपद्का समस्याहरुको बारेमा स्थानीय सरकारका प्रमुखहरुलाई जानकारी गराइएका छ । शनिवार उद्घाटन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले शुभकामना व्यक्त गरेका थिए । यूनिसेफ काठमाण्डौंबाट स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण गर्नका लागि आएकी सुनिता कायस्थले नेपालमा भएका बिभिन्न खालका विपत्तहरु, विपद्बाट भएको मानवीय क्षति र त्यस्ता क्षतिहरु न्यूनिकरणका लागि अपनाउनुपर्ने बिभिन्न उपायहरुको बारेमा जानकारी गराएकी थिइन् । हरेक बिकास गतिविधिहरुमा वालवालिकाहरुलाई सहभागिता गराउनुपर्ने बारेमा समेत छलफल र बहस गरिएको थियो ।
स्थानीय निकायहरुले स्थानीय तहमा निर्माण गरिने भौतिक पुर्वाधारहरु भुकम्प प्रतिरोधि निर्माण गर्नुपर्ने, ठूला साना योजनाहरु निर्माण गर्दा भौगोलिक अवस्था सँगै योजना बनाउँदा आउने बिभिन्न चुनौतीहरुको पुर्वानुमान गरेर संरचना निर्माण गर्ने जस्ता बिषयहरुको अध्ययन गरेमा विपत्त आएपनि आनवीय क्षति कम हुनेबारेमा बृहत छलफल गरिएको थियो ।





Leave a comment

Your email address will not be published.


*