वृद्ध मरेकाे हाेईन काल पल्केकाे चिन्ता

        हिम वली   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     ::: 334 पटक पढिएको   |  

एउटा पुस्ता जहानिया शासनकाे अन्त्यकाे लागि जिवनकाे प्रवाह नगरि लड्याे ।अर्काे पुस्ता गुमेकाे प्रजातन्त्र फिर्ताको लागि लड्याे । हामी पुरा अधिकारका लागि लड्याै । यी लडाइँमा अाफन्त गुमायाै ,साथि गुमायाै ,अामाले सन्तान गुमाउनु भाे,वहिनिले सिउदाे गुमाउनु भाे ,वालवालिकाले अभिभावक गुमाय । देशले सपूत गुमायाे । तत्कालीन पीडा भुल्लियाे घाउ का दामहरु सेलाउदै गय । अिधकार प्राप्तिकाे लडाइँमा केही प्राप्त गरिए ।

हामी सवैले दावि गरिउ समान्तामा अाधारित सामाजिक न्याय सहितकाे संघिय राज्य अनि उदघाेष गरिय अब अधिकार प्राप्तिको लडाई सकियाे । र भनियाे सामाजिक न्यायकाे माध्यम वाट समाजमा पछाडि पारियका राज्यकाे मुलधारमा समाहित नभयका अार्थिक सामाजिक र राजनैतिक पछाैटेपन मा परेकाकाे दिन फिरे देश विकेन्द्रीकरण काे अधिक्तम स्वरुप संघियतामा पुगेको छ र कल्पना गरियाे सारा समस्याकाे जड केन्द्रीकृत राज्यहाे रअव जादुकाे छडिले छाेय पछि हुने परिवर्तन सरि सव चिजमा परिवर्तन छुमन्तर कि वाचा सरि हुन्छन ।

संघियता कार्यन्वयनकाे पहिलाे वर्ष लगभग पूरा हुँदै छ तर कल्पना मिठाे सपना मात्र वन्याे । थाेरै समयमा धेरै अाशा गर्नु पनि मुर्खता हाेला तर तर समयकाे हिस्सा सरावर अाशा गर्ने ठाउँ पनि देखियन ।वरु हामी ले दावि गरेकाे सिहदरवार गाउँमा भन्ने नारा जन्ताले अाेठ लेप्राउने माध्यम वन्याे ।उत्साहा साथ अायका जनप्रतिनिधि मा निराशा देखा पर्न थाल्याे ।अनियमितता ले प्सय पाउने छनक देखा पर्याे ।जस्काे लाठि उसकाे भैंसी जस्ता प्रवृतिले मुल्का देखाउन थाले ।समाजिक न्याय हाेईन सामाजिक विपदकाे सामना गर्नु पर्ने वेलाकाे अघिल्तिर उभिने मनाेविज्ञानकाे विजजाराेपण भयाे।पहुँच र प्रभाव काे अगाडि पछाडि पारियका वर्ग समुदाय फेरि छाँया परे ।जनताका सराेकारका कार्यलय वन्नुपर्ने स्थानिय सरकारका कार्यलय पाटि कार्यलय पाटि कार्यकताकाे अाश्रय केन्द्रमा रुपान्तरण हुने पूरा सम्भावना वढ्याे।जनताकाे परिभाषामा साघुराे वन्याे अाफ्ना चम्चामात्र जनता हुन भन्ने संक्रमित साेच हावि हुँदै गयाे।वजेट तथा नीति अाफु र अाफ्ना अनुकुलित विकास गरियाे ।वजेट निर्माणकाे विधि अपारदर्शी साेच र शैली वाट अगाडि वढ्याे ।

केन्द्रीकृत राज्य हुदा समाजका पछाडि पारियकाे समुदायले पाउने वजेट कटाैतिकाे अभ्यास संघियताका हिमायति वाट भाे ।वजेट विनियाेजन गरिने स्थानिय तहका अाधिकारिक फाेरम मालिक र दासकाे कचहरि जस्ताे भाे ।राज्यले भनेकाे वजेट तयार का क्रममा पालना गर्नु पर्ने ७ चरण कागजमा सिमित भाे । स्वयात्त स्थानिय सरकारकाे घमण्ड काे विकास यति भाे कि सगरमाथा समेत माथ हुने गरि माैलायाे ।नविन्तम संवाद दिने हाेडवाजिमा प्राकृतिक सुन्दरतामा समेत तुवालाे लाग्याे ।हिजाे अान्दाेलनमा छाेराकाे जीवन जाँदा श्रिमान गुमाउदाँ देश र जनताका लागि मेराे याेगदान भनेर दरिलाे मुढि कस्ने अामा र वहिनिकाे वर्गले पाउदै अायकाे वजेट बिस्तारै हटाउने प्रपन्चकाे विकास हुने क्रमकाे सुरुवात भाे । बाबू गुमाउदाँ सहिदकाे छाेरा हु भनेर भन्ने साना वालवालिकाल लाई केन्द्रीकृत राज्यले दियकाे विशेष अधिकार काे समुल अन्तय गरियाे ।फगत वातावरण प्रभाव मुल्यांकन नगरि प्रकृति नै क्षत विक्षत हुने गरि सडक खाेस्रिने ,चुनाव केन्द्रत पाईप वाँडने पहुच वालाले वावुकाे सम्पति वाँडे जस्तै अाफ्नाड चाटुककारकाे टाेलमा विकास वाँडदै हिडने कथित जिम्वालि प्रथाकाे सुरुवाति गरियाे ।दिगाे विकास नीति छेपाराकाे श्वलाेक बन्याे ।वरु सामाजिक न्याय हाम्रा विभेदकारि मान्यताले सामाजिक द्वन्द्व मा रुपान्तरित वन्ने मार्ग तिर लम्कियाे । भद्धा नक्कल गर्ने प्रवृतिले वजेट उपलव्धि शून्य सकाईकाे दाैडमा दाैडाईयाे । तर पुरानाे संरचनाले छाेडेका सकरात्मक पक्षहरुलाई वास्ता गरिनु त कताहाे कता नाम समेत लियन ।म म अाफैलाई साेध्न चाहान्छु के हिजाे वालवालिका ले स्थानिय निकायमा पाउने वजेट गलत थियाे ।महिलाले पाउने वजेटकाे नियति खराव थियाे ।

दलितले पाउने वजेट खाेटाे थियाे ।अह थियन वरु हाम्राे तत्कालिन विनियाेजनकाे प्रकृया नै कागजि घाेडा थियाे विधि पुय्याउन गरियकाे ।मन हाम्रै पापि थियाे वजेटलाई कागजमा लक्षित समुदायकाे देखाउने तर फरक ठाउँ खर्च गर्ने। हाे पहिले काे भन्दा सन्तुलित ,समावेसि समताले निर्देशित नीति र वजेट तयार भयन भने पहिले र अहिलेमा फरक के ।गम्विर समीक्षा सहित उचित निष्कर्षमा पुग्नै पर्छ । संघियता कार्यनयन काे प्रारम्भिक चरणमै याे टिपणिले नकरात्मक असर पर्ला ।पहिलाे वर्ष अनुभवकाे अभावमा यस्ताे भा हाे भन्ने तर्क उउठला तर चिन्ता वुडि मरेकाे हाेईन चिन्ता त काल पल्केकाे पाे हाे ।





Leave a comment

Your email address will not be published.


*