महिला दिवस: हामी कहाँ छौं ? 

        राधा पोखरेल   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४     ::: 170 पटक पढिएको   |  

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आफ्नै गौरवशाली इतिहास छ । संसारभरका महिलाहरूले यो दिवस मनाउन थालेको १०६ वर्ष पूरा भएको छ ।

एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधान ०७२ ले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ । संविधानमा जे लेखिए पनि धर्मसंस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ । नेपाली महिलाहरूमाथि हुँदै आएका र भइरहेका शोषणका रूपहरू फरक छन् ।

लैंगिकधार्मिकसामाजिकसां तिकआर्थिकयौनिकशैक्षिक लगायत विभेदहरु छन् । प्राकृतिक रूपमै महिलाहरू कमजोर हुन्छन् भन्ने भ्रम महिलापुरूष दुवैमा बलियो गरी गढेको छ ।सामान्यत: नेपाली महिलाहरूका लागि कानुनी उपचार काकाकुललाई पानी बराबर भएको छ । समाजमा व्याप्त रूढिवाद र अशिक्षाको कारण नेपाली महिलाहरूको ठूलो हिस्सा कानुनको पहुँचभन्दा बाहिर छ । पहुँच भएकाहरू पनि पक्षपातको सिकार भएका छन् । देशमा कानुनका रक्षकहरू नै भक्षक भएका प्रशस्त उदाहरण छन् ।

तर, अहिलेसम्मको अनुसन्धानले जैविक रूपमा पुरूषभन्दा महिला कमजोर हुन्छ भनेर कहीँ कतै प्रमाणित गरेको छैन । हामी महिलाहरू भ्रम बोकेर मानसिक रूपमा आफूलाई कमजोर बनाइरहेका छौं । मेरो विचारमा हामी महिलाहरूलाई प्रकृतिले होइन पुरूषप्रधान समाजको मूल्यमान्यता र संस्कारले कमजोर बनाइरहेको छ ।

पुरूषप्रधान भनेर सम्बोधन गर्दा मेरा कतिपय पुरूष साथीहरू रिसाउने गर्नुहुन्छ । मेरो विनम्र अनुरोध छ- साथीहरू, मैले कुनै पुरूष व्यक्ति विशेषलाई आरोपित गर्न खोजेकी होइनहाम्रो समाजमा भएको प्रवृत्तिको कुरा मात्र गरेकी हुँ ।

अनुत्पादक घरेलु श्रममा नेपाली महिलाहरूको झन्डै ९० प्रतिशत समय व्यतीत भइरहेको छ । सबभन्दा बढी श्रम महिलाले गरे पनि उनीहरु नै सबभन्दा अन्याय सहन बाध्य छन् । यसको प्रमुख कारक घरायसी अनुत्पादक श्रम हो । महिलालाई दासी बनाउने यस्ता विभेदकारी कार्यविभाजन अब अन्त्य गरिनुपर्छ । यसैको कारण सम्पत्तिमाथि पुरूषको एकल स्वामित्व कायम हुन गयो र महिलाहरु पुरूषको लाचार छाया बन्न बाध्य भए ।कतिपय महिलाहरूको छोरी भएर जन्मिएकोमा आफैंप्रति ठूलो गुनासो छ । तर, म छोरी भएर जन्मिएकोमा गर्व गर्छु । किनकिछोरी भनेका यस सृष्टिलाई निरन्तरता दिने सिर्जना शक्ति भएकी आमा हुन् । भ्रुणदेखि नै छोरीहरूमाथि गरिने भेदभावले उनीहरूको शारीरिक र मानसिक बनोटमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ । म तमाम आमाहरुलाई अनुरोध गर्छु-‘छोरीहरूमाथि भ्रुणदेखि नै अन्याय नगर्नुस् । छोरीप्रति गर्व गर्नुहोस् र छोरासरह व्यवहार गर्नुहोस् ।

सत्ता भनेको सम्पत्तिमाथिको स्वामित्व हो । सम्पत्तिमाथि महिला-पुरूष दुवैको समान स्वामित्व कायम भएपछि धेरै हदसम्म महिला-पुरूष समानता पनि व्यवहारमा लागू हुँदै जाने निश्चित छ ।

हुन त जमाना भौतिक सम्पत्तिको भन्दा बौद्धिक सम्पत्तिको आयो । विभेदकारी श्रम विभाजनका कारण जसरी हिजो भौतिक सम्पत्तिमाथि पुरूषको एकल स्वामित्व थियोत्यसरी नै आज शिक्षा र गुणस्तरीय शिक्षाको अभावमा बौद्धिक सम्पत्तिमाथि पनि पुरूषकै एकल स्वामित्व रहने खतरा बढ्दै गएको छ । तसर्थअभिभावकहरुले छोरा र छोरीमा शैक्षिक भेदभाव नगरुन् । त्यस्तो भेदभाव आजैबाट अन्त्य गर्ने सामूहिक संकल्प गरौं ।

बलात्कारमहिला बेचबिखन र विशेषगरी मधेसमा डरलाग्दो रूपमा रहेको दाइजो प्रथाले नेपाली नारीहरूलाई मृत्युको मुखमा धकेलिरहेको छ । यस्ता मानवताविरोधी कृत्य गर्नेहरूलाई राज्यले हदैसम्मको कानुनी कारबाही र समाजले सामाजिक रूपमा बहिष्कार गर्ने हिम्मत गर्नुपर्छ ।

आर्थिक विपन्नताको कारण कतिपय नेपाली नारीहरू वेश्यावृत्तिमा लाग्न पनि बाध्य छन् । कतिपय होटलरेस्टुरेन्टडान्सबारसाज सेन्टर अघोषित वेश्यालय बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा त्यस्ता ठाउँहरूमा यौन व्यापार भइरहेको कुरा बेलाबखत मिडियामार्फत सार्वजनिक भइरहेका छन् । मलाई लाग्छ, स्वेच्छाले कुनै पनि सामान्य महिला वेश्यावृत्तिमा लाग्नै सक्दैन । वेश्यावृत्तिमा संलग्न महिलाहरूलाई घृणा गर्नुभन्दा सबैलाई रोजगारी उपलब्ध गराई त्यस्तो घृणित पेसाबाट मुक्त गराउन सिंगै राज्य र समाज लाग्नु जरूरी छ ।

कानुनले वर्जित गरे पनि हाम्रो समाजमा बाल विवाह र बहुविवाह अहिले पनि समस्याको रूपमा छ । विशेष गरी मधेसमा दलित समुदायभित्र बाल विवाहको समस्या चर्को छ । शिक्षासामाजिक चेतना र आर्थिक विपन्नताको कारण यो सब भइरहेको छ । राज्यले विशेष कार्यक्रम बनाई यस्ता विकृति रोक्न पहल गर्न जरूरी छ । बहुविवाहको कारण परिवार विघटन हुने र त्यसको सबभन्दा ठूलो भौतिक र मानसिक असर महिलामाथि पर्दै आएको छ । अहिलेको सामान्य कानुनी व्यवस्थाले मात्र यो समस्या समाधान हुने देखिँदैन ।

र्कातिर, घरपरिवारको प्रतिष्ठाको निम्ति इच्छाविपरीत जबर्जस्ती विवाह गरिदिने प्रवृत्तिबाट अहिले पनि नेपाली छोरीहरू प्रताडित छन् । विवाह अरू कसैको प्रतिष्ठाको निम्ति नभएर आफ्नो लागि गर्ने हो । तसर्थ सम्बन्धित व्यक्तिलाई वैवाहिक अधिकार दिनुपर्छ । धर्मसंस्कृति र परम्पराको नाममा समाजमा विधवा विवाह समाजमा वर्जित जस्तै छ । मेरो विचारमा विधवा विवाहलाई प्रोत्साहन गर्नुपर्छ । किनकिएउटी नारी समाजमा खुलेर हाँस्न र बाँच्न पाउँदा त्यो समाजको प्रतिष्ठा उच्च हुन्छ ।

हामीकहाँ महिलाहरुले आफ्नो इच्छा र सहमति विपरीत अरू कसैको दबावमा गर्भधारण र गर्भपतन गर्नुपर्ने बाध्यता पनि कायम छ । यो अर्को प्रकारको महिला हिंसा हो । प्रजनन अधिकार महिलामा सुरक्षित हुनुपर्छ ।

धर्मपरम्परासंस्कार र अन्धविश्वासको कारण नेपाली महिलाहरूमाथि अत्यन्तै हिंस्रक दानवीय व्यवहार भइरहेको छ । बोक्सीको नाममा मानव मलमूत्र खुवाउनुशारीरिक यातना दिनु त्यतिले मात्र नभएर नृशंसतापूर्वक हत्या समेत गरिनु महिलामाथि हुने हदैसम्मको अत्याचार हो ।

छाउपडीदेउकीकुमारी प्रथा पनि महिलामाथिको हिंसा हो । क्रमश: समाजमा आइरहेको जागरणसँगै यस्ता प्रचलन घट्दै त गएको छतर यस्तो नियमित प्रक्रियाले अझै कैयौं वर्ष नेपाली महिलाले हिंसा भोगिरहन बाध्य हुनेछन् । तसर्थ राज्यले कानुनको समयसापेक्ष निर्माण र प्रभावकारी कार्यान्वयननागरिक स्तरमा जनचेतना अभियानको माध्यमबाट यस्ता हिंसात्मक कुप्रथाको अन्त्य गर्नुपर्छ ।

लैंगिक समानता र स्वतन्त्रताको अभियानसँगै निरपेक्ष समानता र स्वतन्त्रताको उपभोग गर्ने विकृति पनि समाजमा बढ्दै गएको छ । समानताको अर्थ पुरूषले बच्चा जन्माउनुपर्छ भन्ने हुनसक्दैन । किनकि प्रकृतिले त्यो अधिकार महिलालाई मात्र दिएको छ । हुन त आजकल विज्ञानले लिंग परिवर्तनदेखि टेस्टट्यूब बेबीसम्मलाई सम्भव बनाएको छ । तर, त्यो प्रकृतिको आम कार्यविभाजनको विरूद्धमा प्रयोग गर्न सम्भव छैन ।

त्यसैले समानताको अर्थ अवसरमा समानता र अवसरको उपभोगमा समानता हो । पछि पारिएकाहरूलाई शीघ्र समानताको तहमा ल्याउन केही समय विशेषाधिकारसहित अघि बढ्न मद्दत गर्नु मानवीय दायित्व हो ।

हामीकहाँ कतिपयले स्वतन्त्रता भनेको व्यक्तिगत अराजकताको रुपमा बुझ्ने गरेका छन् । तरव्यक्तिले प्राप्त गरेको अधिकार र कर्त्तव्यको सुन्दर संयोजन नै स्वतन्त्रता हो । समानता र स्वतन्त्रताको नाममा केही महिलाहरूले गर्ने कतिपय उच्छृङ्खल व्यवहारले महिला समानता र स्वतन्त्रताको अभियानलाई कमजोर बनाइरहेको छ । यसमा हामी महिलाहरू सचेत हुन जरूरी छ ।

अर्कातिर घर-घरमा महिलाले महिलामाथि गर्ने हिंसा महिला मुक्तिको लागि ठूलो बाधक बनिरहेको छ । पुस्तान्तरणको कारण पैदा भएको सासू-बुहारी र आमा-छोरीबीचको अन्तरविरोध होस् वा अशिक्षा र असल संस्कारको अभावमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति होस् । यसले हामी महिलाहरूलाई पछि पारिरहेको छ । आफैँलाई पछि पार्ने यस्ता गलत हर्कतहरू अब बन्द गरिनुपर्छ ।

अन्त्यमाअझै पनि हाम्रो संविधानमा नारी-पुरूषबीच विभेद छ । हुन त अहिले हाम्रो देशको राष्ट्रपतिसभामुख र प्रधानन्यायाधीश महिला हुनुहुन्छ । यो गर्वको कुरा हो । तर, समग्र महिलाहरूको मुक्ति र स्वतन्त्रता केही महिला महत्वपूर्ण पदमा पुगेर मात्र हुँदैन । त्यसको लागि प्रणाली र संरचनामै परिर्तन ल्याउनु जरूरी छ ।भनाइ नै छमहिला र पुरूष रथका दुई पाङ्ग्रा हुन् । पुरूषप्रति बदलाको भावना राखेर वा महिलालाई हेपेर समानता सम्भव छैन । तसर्थएकले अर्काको अस्तित्व स्वीकार गर्दै सहयात्रा गरौं अनि कायम गरौं नारी-पुरूष समानता । अनलाइनखबर बाट साभार गरिएको ।





Leave a comment

Your email address will not be published.


*