कर्णाली प्रदेश कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने

        सुर्खेत । २५ फागुन   |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४     ::: 109 पटक पढिएको   |  

 वीरेन्द्रनगरको कालुङचोकमा जारी पहिलो कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ ।रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो ।रुकुमले जाजरकोटलाई १५ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रूकुमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनाएको थियो ।शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फाइनलमा रुकुमले सुर्खेतको सामना गर्ने भएको हो । १४७ रनको लक्ष्य पक्ष्याएको जाजरकोट १३१ रनमै समेटियो ।

सुर्खेतले भने रुकुमलाई नै बिहीबार भएको खेलमा २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।प्रतियोगिताका पाँच खेल मध्ये पाँच वटै खेलमा अपराजित बन्दै सुर्खेत फाइनलमा पुगेको हो भने रुकुमले पाँच मध्ये तीनमा जित र २ वटा खेलमा हार ब्यहोर्दै फाइनलमा आइपुगेको छ ।फाइनल प्रतिस्पर्धा शनिबार कालुङचोक मैदानमा हुने अायोजक जिल्ला क्रिकेट संघ सुर्खेत जानकारी दिएको छ ।





Leave a comment

Your email address will not be published.


*