मोति बिन्दू अप्रेसनको उद्घाटन

        अमर सुनार दैलेख   |   प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     ::: 189 पटक पढिएको   |  

फागुन २६ – कर्णाली प्रदेशसभाका साँसद हिमबहादुर शाहीले व्यक्ति तथा समुदायको सुरक्षा र दैवी प्रकोपबाट जोगिन सतर्क रहन सचेतनाको जरुरी रहेको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी दैलेखले डुङ्गेश्वरमा आयोजना गरेको ३ दिने मोति बिन्दू अप्रेसन सेवाको शनिवार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । साँसद शाहीले रेडक्रसले गर्दै आएको मानवीय सहयोसहयोगमा अझैं तत्परता दिन सुझाव दिनुभयो ।
शिविर उद्घाटन समारोहमा दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले नेपालमा आँखा उपचार सेवामा बिश्वसनीयता बढेपछि भारतीयहरु नेपालमा आँखा उपचार गर्न आउन थाल्नुलाई उल्लेखनीय प्रगति भन्दै घरदैलोमा आँखा उपचार शिविर सञ्चालन गरेकोमा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति खेमराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा डुंगेश्वर गाउपालिकाको तर्फबाट वडा नं. ६ वडासदस्य तुलसी आचार्य, रेडक्रसकर्मीहरु भेषराज थापा, पूर्णबहादुर खत्री, युवराज तिमिल्सेना लगायतले बोल्नुभएको थियो ।
फागुन २८ गतेसम्म सञ्चालन हुने शिविरमा डा. नम्रता गुप्ताको प्राविधिक टोलीले मोतिबिन्दूको अप्रेसन गर्नुपर्ने विरामीहरुलाई निःशुल्क लेन्स राखी दिनेछ । शिविर सञ्चालनको लागि डुंगेश्वर गाउँपालिकाले ४५ हजार रुपैंयाँ सहयोग गरेको छ ।





Leave a comment

Your email address will not be published.


*