किसानको बारी जोत्न पुगे गाउँपालिका अध्यक्ष

          |   प्रकाशित मितिः मङ्लबार, चैत्र ६, २०७४     ::: 111 पटक पढिएको   |  

 
सुर्खेत, ६ चैत-तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् ।तर दैलेखको गुराँस गाँउपालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिपरेका छन् । गुराँस गाउँपालिका वडा नं ४ का किसान धनबहादुर हिरोजकको बारी अध्यक्ष वललीले सोमबार जोतेका हुन् । ‘आफूले अर्गानिक कृषि उत्पादन बढाउन विभिन्न योजना बनाइरहेको हुँदा खेतीतर्फ किसानलाई आकर्षित गराउन खेत जोत्न गएको हुँ,’ उनले लोकान्तरसँग भने, ‘म आफैँ किसानको छोरो पनि भएकाले खेती गरी समृद्ध गाँउपालिका बनाउन आह्वान गर्ने योजना मुताबिक दलित समुदायका हिरोजकको बारीमा पुगेको थिएँ ।’चुनावताका मात्रै सस्तो लोकप्रियताका लागि खेतमा गई फोटो खिचाउनेतर्फ भन्दा पनि अब चुनाव जितिसकेपछि  पनि जनतासँग हातेमालो गर्न सके देश बनाउन सकिने उनको भनाइ छ । यता, कृषक हिरोजक गाँउपालिकाका अध्यक्ष नै आफ्नो बारी जोत्न आएपछि दंग परेका छन् । ‘अरु जनप्रतिनिधि हातमा माटो लाग्छ कि भनेर जोत्न नगएका बेला उहाँ आएर मेरो बारी जोत्नुभयो,’ उनले भने, ‘कृषि पेशालाई सम्मान गर्ने अध्यक्ष पाएका रहेछौं ।’





2 Comments on किसानको बारी जोत्न पुगे गाउँपालिका अध्यक्ष

  1. Hisila Brayan // March 21, 2018 at 1:18 am // Reply

    फेसवुकका भित्ता रंग्याउनका लागी गरिएका नाटकको प्रचार गर्ने यस्ता अनलाईनको जनताले के आशा गर्ने । खेतवारीको काम गर्न सुटवुट लाएर जाने चलन लालिकाँडामा रहेछ त ? थुक्क…

    • Hira Singh Thapa // April 5, 2018 at 1:42 am // Reply

      धन्यवाद सर सुझावको लागि । कुराले है, काम व्यवहारले देखाउछ कुरा काट्नेले त नयाँ लुगा लगाए चोरेर ल्यायो भन्छन् पुरानो लगाए लोभी पापि भन्छन् । यस्तै छ यहाँको चलन, आफ्नो मुल्यांकन आफै गर्दा राम्रो हुन्छ । हाम्रो काम जनतालाई सुशुचित गर्ने हो कसैको चित वुझ्छ कसैको वुझ्दैन । सवैलाई चेतना भया

Leave a comment

Your email address will not be published.


*