गरिबिको एक दर्दनाक कथा

        हिक्मत नेपाली   |   प्रकाशित मितिः बिहिबार, चैत्र १५, २०७४     ::: 157 पटक पढिएको   |  

झुपडिको बास,एक गास खान छिमेकीको आश !

फोटो -आठवीस नगरपालिका वडा नं. २ सिगौडीका गंगाराम नेपाली साथमा उनका दुई भाई छोरा ।

दैलेख, चैत्र १५-दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका वडा नं. २ सिगौडीको हुलाकडाँडा नजिकै रहेको एउटा सानो बस्ती । त्यहि गाउँको छेउमा खरले छाएको सानो झुपडि । विहानीको झुल्के घाम संगै एक बृद्ध जस्तै देखिने व्यक्ति पिडा नै पिडाले भरिएको अनुहार देखाउदै झुपडीको माथिल्लो तलाबाट बाहिर निस्कने कोशिश गर्छन । एउटा बृद्ध पिडा नै पिडाले ग्रस्त निन्याउरो र ख्याउटे अनी मलिम अनुहार लिएर बाहिर निस्कन्छन् । साथमा साना दुई नाबालकहरु पनि । सकि नसकि चार हात खुट्टा टेकेर ढोका नजिक आएर सुस्केरा हाल्छन् । यता उता हेर्छन, केहि पिडा महसुस भएजस्तै । एकोहोरो टोलाउछन् । उनलाई बाहिर सम्म पु¥याउन ८ बर्षिया छोरा भरत नेपाली बाबु संगै आँखा मिच्दै बाहिर आउछन् । भरतका ५ बर्षिया कान्छो भाई पनि पछि पछि आँखा मिच्दै बाहिर देखा पर्छन् । ८ बर्षिया सानो बालक भरतले सकि नसकि बाबुको हात समातेर शौचालय पु¥याउछन् । अनी हात समातेर डोहो¥याउदै घरको दलिनमा लगेर बसाल्छन् । अनी सुरु हुन्छ, उनिहरुको पिडादायी दिनचर्या !
उनि त्यहि व्यक्ति हु्न्, जसलाई ५ बर्ष देखि प्यारालाइसिसको रोगले थला पारेको छ । उपचार विनानै ५ बर्ष सम्म धौ धौ बाचिरहेका छन् । ५ बर्ष देखि उनको शरिर नै चल्दैन् । शौचालय जान, नुहाउन र खाना खान समेत नसक्ने ५५ बर्षिया गंगाराम नेपालीको कथा बेग्लै खालको छ । उनकी श्रीमतिको ५ बर्ष अगाडी नै मृत्यु भइसक्यो । कान्छो छोरा जन्मिएको ९ महिना नबित्दै श्रीमतिको निधन भएको गंगाराम नेपालीले बताए । उनको दुई छोरा छन् । ८ बर्षका भरत नेपाली अहिले कक्षा १ मा पढ्दै आएका छन् भने उनका ५ बर्षिया कान्छो छोरा दिनभरि बाबुको रेखदेका लागि घरमै बस्छन् ।

( आठवीस नगरपालिका वडा नं. २ सिगौडीका गंगाराम नेपाली र उनका दुई भाई छोरा एक गास खानलाई छिमेकीको भर पर्छन् । छिमेकीले पकाएर ल्याइदिए एक गास खान्छन्, नभए भोकै बस्छन् ।)

प्यारालाइसिसले लखतरान भएका गंगारामको पिडा सुन्दा ‘यो कुनै दुःखद चलचित्रको कहाँनी जस्तो लाग्ने,’ । आफ्नो पिडा सम्झदै जाँदा गंगारामले आँशु थाम्न सकेनन् । एउटा बृद्ध अर्काको भरमा बाच्नु पर्ने बुढो जिउ, त्यसमा नावालक दुई छोराहरुको भविष्य ? यि सबै कुराले पिडीत ५५ बर्षिया गंगारामको आँखा कहिल्यै ओभाउदैन् । न मनमा खुसी छ न त निद नै, गंगारामले आँखा भरि आसुँ पार्दै भने ।
“आफ्नो उपचारका लागि गाउँलेले प्रयास पनि नगरेका होइनन् ।” गाउलेले कयौ पटक उनकै नाममा चन्दा समेत उठाए । गंगारामले भने “चन्दा उठाएको रकम कहाँ गयो उनलाई अत्तो पत्तो छैन् ।” उनले उपचारको लागि तत्कालिन सिगौडी गाउँ विकास समितिसंग सहयोग पनि मागे । उनकै नाममा रकम पनि विनियोजन भयो । तर उक्त रकम अहिले सम्म पाएका छैनन् । तत्कालिन गाउँविकास समितिबाट मेरो नाममा विनियोजित रकम भुक्तानी भइसकेको सुनेको थिए, उनले भने “मेरो हातमा उक्त रकम परेको छैन् ।” त्यहि रकम पाएको भएपनि मेरो उपचार हुने थियो । उनले आँखा भरि आसु झार्दै भने “गरिबलाई सबैले हेप्दा रहेछन् ।” उनि अहिले पनि दुई वटा छोराहरुको भविष्य प्रति चिन्तित छन् । भन्छन् “म हिडडुल गर्न सक्दिन्, काम गर्न त झनै कहाँ बाट सक्नु, घर नजिकका छिमेकीहरुले खाना बनाएर ल्याईदिए खान्छौ, नत्र भोकै सुत्छौ ।”
निर्वाचनका बेला ठुला ठुला सपनाहरु देखाउदै भोट माग्ने राजनीतिक दलका नेताहरुले अहिले फर्केर पनि हेर्दैनन्, उनले भने “गाउँ गाउँमा सिंहदरवार आयो भन्छन्, मेरो झुपडिमा दुःख मात्र भित्रियो ।” स्थानीय सरकारले पनि आफुहरुलाई कुनै सहयोग नगरेको उनको गुनासो छ । उनले प्यारालाइसिसको उपचारका लागि दातृ निकायहरु संग हारगुहार गरे । कसैले मेरो उपचार गरिदिएको भए मेरो दुई नाबालक टुहुरा छोराहरुलाई पालन पोषणा र उनिहरुको शिक्षा दिक्षामा सहयोग पुग्ने गंगारामले बताए । हामी जस्ता विरामीहरुलाई सहयोग गर्ने निकायहरु छन् भन्ने सुनेको छु, तर हामी जस्ता गरिबहरुको त्यहाँ सम्म पहुँच नै छैन्, उनले भने ।
गंगारामका जेठो छोरा भरत नेपालीलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले छात्रबृति प्रदान गरेपछि विद्यालय जान थालेका हुन् भने कान्छो छोरा विद्यालय जान सकेका छैनन् । मुलुक संघिय सरचना पश्चात बनेका स्थानीय तहले त्यस तर्फ ध्यान दिन नसकेको आठवीस नगरपालिका राकमकर्णालीकी लक्ष्मी चलाउनेले बताइन् । हामीले बालबालिकाहरुलाई छात्रबृति दिएर विद्यालय जानलाई सहयोग गरेको भएपनि आठवीस नगरपालिकाले गास बास र कपासको व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने बाल संरक्षण संजाल नेपाल, कर्णाली प्रदेशका संयोजक हीरासिंह थापाले बताए ।

 





Leave a comment

Your email address will not be published.


*