‘दोष अरुलाई लगाएर पन्छिन पाइदैन्’

          |   प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४     ::: 133 पटक पढिएको   |  


राकमकर्णाली, दैलेख–  जिल्ला खेलकुद विकास समिति दैलेखको आयोजनामा निर्वाचन क्षेत्र नं. २ को आठवीस नगरपालिकाको राकमकर्णालीमा १० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधवारबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्न राकमकर्णाली पुगेका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले नितीवगत रुपमा कार्ययोजना बनाएर अगाडी बढ्ने बताए । ‘खेलले स्वस्थ त बनाउँछ नै, यसले देशको नाम समेत विश्वमा चिनाउन सक्छ ।’ सभामुख शाहीले भने । वृहत प्रतियोगितामा न्यून सहभागि भएकोमा दुःख व्यक्त गर्दै शाहीले भने ‘कसको गल्तिले विद्यालय सहभागि भएका होइनन र के कारण हो त्यसको खोजीनिती हुनु जरुरी छ ।
अर्को प्रशंगमा शाहीले भने ‘स्थानीय स्तरमा भएका समस्याहरु हामी आफैले सुल्झाउने हो, अरुलाई दोष दिएर पन्छिन पाइदैन् ।’ सभामुख शाहीले स्थानीय तहले प्रदेश सरकारसँग योजना प्राथमिकिकरण गरि माग गर्न सुझाव दिए । ‘तपाईहरु पनि सरकार नै हो, सबैभन्दा नजिकको सरकारलाई हामीले सहयोग नगर्ने भन्ने कुरै हुँदैन ।’ उनले भने, ‘केन्द्र वा प्रदेश सरकारसँग स्पष्ट योजना माग गर्नुहोस, हामी सहयोग गर्न तयार छौं ।’
सभामुख शाहीले पर्यटनको विकास नै आर्थिक समृद्धिको आधार भएको बताए । ‘पर्यटनमा अपार अवसरहरु छन् ।’ उनले भने, ‘ती सम्भावनाहरुका बारेमा जानकारी दिन र आगामी योजना तय गर्न सरकारले कर्णाली–रारा पर्यटन बर्ष २०७५ को वैशाख १ गते राराबाट उदघाटन गर्दैछ ।’ सभामुख शाहीले हरेक जिल्लामा पर्यटनका पर्याप्त संरचना भएको बताउँदै विश्वको ध्यान कर्णालीमा तान्न प्रदेश सरकारले रारामा प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम तय गरेको बताए ।
जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेम थापाले खेल क्षेत्रको विकास गर्न सके देशको नाम संसारमा चिनाउन सकिने बताए । उनले आफूहरुको काम समन्वय गर्ने मात्रै रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न आफूहरु तयार रहेको बताए ।
आठबीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान बनाउने बताए । ‘खेल क्षेत्रको कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा हामीले अध्ययन गरिरहेका छौं ।’ उनले भने, ‘आवश्यक पूर्वाधार निर्माणका लागि नगर प्रतिबद्ध छ ।’
आठवीस नगरपालिकाका नगर उपप्रमुख दीपा बोहोराले विभिन्न खेलाडीहरुले खेल खेलेर विभिन्न देशहरुमा अवसर पाईरहेका बताईन । ‘सोमपाल कामी जस्ता धेरै खेलाडीले आफूलाई विदेशमा समेत खेलाडीको रुपमा स्थापित गरेका छन् ।’ उनले भनिन, ‘खेल क्षेत्रमा पर्याप्त अवसर भएकाले त्यसतर्फ सबै खेलाडी दत्तचित्त भएर लाग्नुपर्छ ।’
उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला खेलकुद विकास समिति दैलेख क्षेत्र नं. २ का संयोजक प्रभा वि.क.को अध्यक्षतामा सम्पन्न भएको छ ।





Leave a comment

Your email address will not be published.


*