भदौदेखि बहुविवाह शब्द खारेज

          |   प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५     ::: 157 पटक पढिएको   |  

काठमाडौं – आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

तर, भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको छ ।





Leave a comment

Your email address will not be published.


*