एमाले सांसद लामिछानेको निधन

          |   प्रकाशित मितिः सोमवार, बैशाख ३१, २०७५     ::: 58 पटक पढिएको   |  

काठमाडौं । प्रदेश नं. ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । उहाँलाई केही दिन अगाडी मष्तिस्काघात भएको थियो ।चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको र सोमबार निधन भएको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले जानकारी दिएको छ ।

उहाँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उहाँ नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्थ्यो। उहाँकाे अाजै साढे चार बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुदैछ।





Leave a comment

Your email address will not be published.


*