यार्सा खोज्न बुकितिर, गाँउ सुनसान

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ १६, २०७५     ::: 27 पटक पढिएको   |  

धनवीर दाहाल, रुकुम ।

रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिकाका बासिन्दाका लागी दशैं भन्दा पनि ठुलो पर्वको रुपमा लिने यार्सा सिजन खुल्ला गरिएको छ । स्थानीय भाषामा जीबनबुटीको नामले चिनिने यार्सागुम्बा स्थानीयहरुको जीबन धाँन्ने बुटी नै बनेको छ ।

मंगलबारबाट यार्सा सिजन खुल्ला गरिएपछि गाँउ सुनसान गराएर स्थानिय बुकितिर लागेका छन् । तिन हजार भन्दा बढीले बुकिमा यार्सा संकलनको लागी अनुमति लिइसकेको र त्यस मध्यमा करिव ६ सय सो गाँउपालिका भन्दा बाहिरको भएको सिजन समितीका उपाध्यक्ष जिवन रोकाले बताउनुभयो । पुथा उत्तरगंगा गाँउपालिकाको १ र २ वडाका पुपाल, अरिबिजा,जंगला,पुर्वाङ, भित्रिवन लगाएतका ठाँउमा यार्सा पाइन्छ ।

मजदुरीको लागि भारत तथा अन्य खाडी मुलुक गएर बर्षभरी दुःख गरेर ज्यान पाल्न धौ धौ भए पनि दुई महिना यार्सा टिप्दा धेरै सजिलो हुने भएपछि मजदुरीको पहिलो रोजाइ यार्सा टिप्न जानु नै बनेको छ । छोटो समयमै बढि आम्दानी हुने भएकाले मानिसहरुको आर्कषण यार्सा टिप्नुमा नै बढि देखिन्छ । यो क्षेत्रका स्थानीय बासिन्दाले प्रतिव्यक्ति ५० हजारदेखी ५ लाख सम्म आम्दानी गर्ने गर्दछन् । हरेक वर्ष ९ करोडदेखि १० करोड रुपैयाँसम्म कारोबार हुने यार्साको राजस्व भने न्यून मात्रै सरकारसमक्ष आइपुग्छ । गत वर्ष ९ करोड जतिको यार्साको कारोबार भएको हुन सक्ने अनुमान तत्कालीन सिजन व्यवस्थापन समितिले गरेको थियो ।

सुरक्षा दृष्टिकोणले कसले, कति यार्सा संकलन गयिो भनेर बाहिर आउँदैन । कसले कति यार्सा टिप्यो र को व्यापारीले कति यार्सा संकलन गर्यो भन्ने खुल्न नसक्ने भएकाले यकिन तथ्यांक आउन नसके पनि सामान्यतया अनुमान लगाउन सकिने समितिले जनाएको छ । यार्सागुम्बावाट विद्यार्थीहरुले समेत फाइदा लिने गरेका छन् । पूर्वी रुकुका अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीहरु पठनपाठन छोडेर यार्सा टिप्न पाटन जानेर गरेका छन् । कमै आन्दानी गर्ने विद्यार्थीले समेत एक लाख भन्दा बढि आन्दानी हुने भएकोले विद्यार्थीहरु पाटन जाने गरेका हुन ।

रुकुम पुर्वका गाँउहरु प्रत्येक बैशाख जेठ महिनामा सुनसान हुने गर्छन् । स्थानीयवासीहरु यार्सागुम्वाको एकै सिजनमा लाखौँ रुपैँयाको आम्दानी हुनेभएकाले वर्षभरी घरखेतवारीको काम गर्ने र एक वर्षको एक सिजनको दुई हप्तामै प्रतिघर वराबर ५ लाखसम्म आम्दानी गर्ने भएकाले बालबालिका देखी बृद्धबृद्धा तथा बिद्यार्थी देखी शिक्षक सम्म यार्सागुम्वा टिप्न गाँउ नै छोडर लेकतिर जाने गर्छन ।





Leave a comment

Your email address will not be published.


*