जबर्जस्ती करणी आरोपमा वृद्ध पक्राउ

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ २६, २०७५     ::: 32 पटक पढिएको   |  

राजविराज । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन् ।

बालिकाको बुबाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भारदहमा जाहरी दर्ता गराइएको प्रहरीले जनाएको छ । यता यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*