घरमै खानेपानी पुगेपछि स्थानीय खुसी

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५     ::: 129 पटक पढिएको   |  

दैलेख–दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ६ को नुवाकोटमा खानेपानी समस्या टरेको छ । गाउ नजिकै खानेपानीको मुहान नहुदाँ घण्टौँ लगाएर डोकामा गाग्री बोकेर पानी ल्याउनु पर्ने बाध्यता अन्त्य भएको हो ।
नजिकमा पानीको मुहान नहुदाँ स्थानीयले साँझ बिहानको समय डोकोमा पानी बोकेर नै खर्च गर्ने परेको थियो।
तर, अहिले गाँउमा खानेपानीको धारा जडान भए पछि सजिलो भएको छ । ‘पहिले डोकोमा पानी बोकेर नै समय जान्थ्योँ, अहिले पानीको धारा गाउँमा आए पछि सजिलो भएको छ,’ नुवाकोटका स्थानिय डिल्ली सुनारले बताए । उनले गाँउमा पानीका धारा जडान भए पछि स्थानियलाई सजिलो र समयको बचत भएको बताए ।

नुवाकोटकै अर्का स्थानिय मानकुमारी बोहोरा पनि गाउँमा खानेपानीका धारा जडान भए पछि मानिसले पानी पिउन पशुपंक्षीलाई खुवाउन सजिलो भएको बताईन । ‘पहिले पानीको समस्या नै थियो, मानिस र पशुपंक्षिलाई समस्या थियो, अहिले सजिलो भएको छ,’ उनले भनिन् । उनले गाउँमा नै खानेपानीका धारा जडान भए पछि बिद्यालय जाने बालबालिकालाई झन सहिलो भएको बताईन ।

खानेपानीको आयोजना सम्पन्न पश्चात चामुणडविन्द्रासैनी नगरपालिका ६ का ६० घरधुरीका ३ सय ४९ जना लाभान्बित भएका छन् । गढेखोला खानेपानी तथा सरसफाई योजनाले २४ वटा जडान गरिएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका अनुदान र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आर्थिक सहयोगमा योजना सम्पन्न भएको हो । ३८ लाख ५० हजार ५९५ रुपैयाँ आयोजना सम्पन्न भएको गडेखोला खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काले खानेपानी र सिचाँईका धारा जडान पश्चात स्थानियलाई सहिलो भएको बताए । ‘यहाँ खानेपानीका २५ वटा धारा जडान गरिएको छ, सबै धाराहरु बालमैत्री छन, जसमध्य एउटा धारा विद्यालयमा जडान गरिएको छ,’ उनले भने ।

 





Leave a comment

Your email address will not be published.


*