लागूऔषध दुव्र्यसनको विकराल समस्या

        प्रमिला शर्मा भुषाल   |   प्रकाशित मितिः बिहिबार, असार १४, २०७५     ::: 99 पटक पढिएको   |  

लागूपदार्थ भन्नाले विभिन्न मादक पदार्थ, पेयपदार्थ तथा लागूऔषधलाई बुझिन्छ।। जसको सेवनले व्यक्तिको मानसिक स्तिथिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । सामान्यतया लागूऔषध गाँजाजन्य र अफिमजन्य गरी दुई प्रकारका हुन्छन् । गाँजाजन्यमा गाँजा, चरेस, भाङ, धतुरोलगायत हुन्छन् भने अफिमजन्य लागूऔषधअन्तर्गत अफिम, मर्फीं, हेरोइन, कोडिन, मेथाडेनलगायत पर्दछन् । लागूऔषध सेवन गर्ने तरिका फरक छ । कुनै सिरिन्जमार्फत लिइन्छ त कुनै धूमपान तथा कुनै मद्यपानमार्फत लिएको पाइन्छ । यसका साथै चिकित्सकको परामर्शविना कुनै पनि औषधिको दुरुपयोग गरी सेवन गर्नुलाई पनि लागूऔषध सेवन भनिन्छ ।

लागूऔषधको सेवनले मानिसको शारीरिक तथा मानसिक दुर्बलता ल्याउनुका साथै मस्तिष्क, मुटु, फोक्सोजस्ता संवेदनशील अंगहरुमा आघात पर्दछ । यसको प्रयोगले मानिसमा आक्रामक बनाउने, हिंश्रक बनाउने, उत्तेजित बनाउने हुँदा विभिन्न आपराधिक घटना घट्ने सम्भावना पनि उत्तिकै रहन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने, अदालतले फैसला गरेका कतिपय आपराधिक घटनाहरुको कारक तत्व नै लागूऔषध सेवन देखिन थालेको छ ।

नेपाली समाजमा अभिभावकहरुको अति व्यस्त दैनिकीको कारण विद्यालयस्तरमा अध्ययनरत १३ देखि २० वर्षभित्रका बालबालिका तथा युवाहरु दुव्र्यसन फन्दामा फसेको देखिन्छ । लागूऔषध दुव्र्यसनका कारण देशका होनहार युवाहरु शक्तिहीन र नकाम बनेका छन् । नेपालमा खासगरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमाहरुको संस्कृतिको प्रभाव आदिको कारणले दुव्र्यसनमा फस्ने गरेको भेटिन्छ । लागूपदार्थको व्यापारबाट सहजै र छिट्टै धनी हुनेजस्ता सोचका कारण पनि युवाहरु यसमा लागेको देखिन्छ ।
लागूऔषध नियन्त्रण तथा सुधारका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन नेपालले करिब २ लाख लागूऔषध दुव्र्यसनीहरुमा गरेको सर्वेक्षणले करिब ८० प्रतिशतले कक्षा ६ देखि कक्षा १२ भित्रै लागूऔषधको लतमा परिसकेको बयान दिए । यो आँकडाले नेपालमा लागूपदार्थको सेवन गर्ने बालबालिका र युवाको संख्या विकरालरुपमा बढिरहेको देखिन्छ ।

विशेष गरी बालबालिकामा मद्यपान, धूमपानजस्ता लागूपदार्थजन्य नशालु पदार्थको सेवन गर्नुको प्रमुख कारण अनिद्रा, थकान, तनाव, पीडा, दुखाइलाई कम गर्न लिने गरेको अध्ययनले देखाएको छ । त्यसो त देखासिकीमा लागेर दुव्र्यसनी बन्नेको संख्या पनि कम छैन । विशेष, तराईका जिल्लाहरुमा हालै आएर यस्ता लागूपदार्थ दुव्र्यसनीको संख्या अत्यधिक मात्रामा बढेको पाइन्छ । एक सर्वेक्षणअनुसार, नेपालमा कडा लागूपदार्थको सेवनकर्ताको संख्या १ लाख ३० हजारभन्दा बढी रहेको देखिन्छ । कुनै–कुनै संस्थाले यो संख्या २ लाखभन्दा बढी रहेको बताउँछन् । गृह मन्त्रलयको तथ्यांकमा भने करिब ४६ हजार रहेको देखिन्छ । यसमा सबैभन्दा बढी राजधानीमा दुई तिहाइ र त्यसपछि तराईका केही स्थानहरु झापा, चितवन, विराटनगर, वीरगन्ज, धरान, बुटवल, नेपालगन्ज रहेका छन् । लागूपदार्थको बढी सेवन गर्नेमा १३ देखि २० वर्षका किशोरकिशोरी धेरै छन् ।

नेपालमा कडा खालका लागूऔषध प्रयोग गर्ने दुव्र्यसनीको संख्या ६ गुणाले बढेको गृह मन्त्रालयले गरेको सर्वेक्षणमा पाइएको छ । राजधानीमा गरिएको एक कार्यक्रममा गृह मन्त्रालयको लागूऔषध नियन्त्रण विभागले गरेको सर्वेक्षणमा ४६ हजार दुव्र्यसनी पाइएको छ, जसमा ७ दशमलव २ प्रतिशत महिला छन् ।

विभिन्न गैरसरकारी संस्थाहरुले भने कुल लागूऔषध दुव्र्यसनीमध्ये ४० हजार महिला रहेको बताएका छन् । दुव्र्यसनीमध्ये ८० प्रतिशत १३ देखि १९ वर्ष समूहका विद्यार्थी रहेका छन् । आम अभिभावकले आफ्ना छोराछोरीको चालचलन र व्यवहार कस्तो छ भनेर बेलैमा विचार नगरेमा ठूलो दुर्घटना निम्तिन सक्छ । प्रायः किशोरकिशोरी कुलतमा फस्न लागेका छन् भने पहिले उनीहरुको शरीर दुब्लाउँदै जान्छ । मुखबाट ¥याल निस्कन थाल्छ । शरीरका अंगहरुको सन्तुलन मिल्न छोड्छ । अत्यधिक निद्रा लाग्न थाल्छ । उनीहरुको स्मरणशक्ति क्षीण हुन थाल्छ । बिस्तारै दिमागी हालत बिग्रँदै जान थाल्छ । उनीहरुलाई घरमा पाहुना आएको मन पर्दैन । भीडभन्दा एकान्त स्थान मन पराउन थाल्छन् । यी सामान्य गतिविधिबाट बाबुआमा छोराछोरी कुलतमा लागे वा नलागेको स्पष्ट हुन सक्छन् । यसबाहेक अरु धेरै लक्षणहरु पनि देखिन्छन्, जुन चिकित्सकसँग मेडिकल जाँच गराएर थाहा पाउन सकिन्छ ।

प्रायः किशोरकिशोरी कुलतमा फस्न लागेका छन् भने पहिले उनीहरुको शरीर दुब्लाउँदै जान्छ । मुखबाट ¥याल निस्कन थाल्छ । शरीरका अंगहरुको सन्तुलन मिल्न छोड्छ । अत्यधिक निद्रा लाग्न थाल्छ । उनीहरुको स्मरणशक्ति क्षीण हुन थाल्छ । बिस्तारै दिमागी हालत बिग्रँदै जान थाल्छ । उनीहरुलाई घरमा पाहुना आएको मन पर्दैन । भीडभन्दा एकान्त स्थान मन पराउन थाल्छन् ।

आज विश्वका विभिन्न मुलुकहरुमा लागूऔषध दुरुपयोग ठूलो समस्याको रुपमा रहेको छ । युएनओडीसी रिपोर्ट, २०१६ अनुसार सन् २०१४ मा विश्वमा अनुमानित २४७ मिलियन लागूऔषध प्रयोगकर्ताहरु रहेका छन् भने २९ मिलियन मानिस लागूऔषधबाट प्रताडित छन् । त्यस्तै १२ मिलियन मानिस सुईमार्फत ड्रग प्रयोग गर्छन् र १।६ मिलियन सुईमार्फत ड्रग प्रयोग गर्ने मानिसहरु एचआईभी संक्रमित भएर बाँचेका छन् । यो संख्या १६–६४ वर्ष उमेर समुहभित्रको हो ।

विश्वमा लागूऔषध दुव्र्यसनीका कारण बर्सेनि झन्डै २ लाख ५३ हजार मानिसले मृत्युवरण गर्छन् । लागूऔषधको कारोबार र त्यसबाट सृजित अपराधमा समेत समानुपातिक हिसाबमा बढोत्तरी भैरहेको छ । अझ अन्तर्राष्ट्रिय माफियाहरुको राम्रो सञ्जाल तथा प्रविधिहरुको उच्च प्रयोग र छोटो समयमा नै आम्दानीको राम्रो स्रोत बन्न जाने कारण लागूऔषधको कारोबार दिन–प्रतिदिन अझ बढेको पाइन्छ । अन्य महादेशको तुलनामा एसियामा अधिक मात्रामा लागूऔषधका दुव्र्यसनीहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय तहमा यसलाई रोक्न धेरै पहिलेदेखि नै अर्थात् १९०९ को अफिम कमिसनले लागूऔषध नियन्त्रणको पहिलो प्रयास थालनी गरेको थियो भने हेग कन्भेन्सन १९१२ ले पनि यस दिशातर्फ सन्धी कानुनको आयाम थप्यो । सन् १९८८ को महासन्धीले मूलतः लागूऔषधको अवैध नियन्त्रण कार्यमा पूर्णता ल्याउन नसके तापनि तत्कालीन विश्व समुदायको प्रयास र लागूऔषध समस्याको बोध गराउने काम गर्दै आएका छन् । लागूऔषधको दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी १९८७ को अन्तर्राष्ट्रिय सम्मेलनमा लागूऔषधको मागमा न्यूनीकरण र रोकथाम, वितरणमा नियन्त्रण, अवैध ओसारपसारमा रोक अनि दुव्र्यसनीहरुको उपचार र पुनस्र्थापनाका लागि केही छलफल चलाइएको थियो । तर त्यसको कार्यान्वयनको लागि राष्ट्रहरुलाई स्पष्ट दायित्व सुम्पिएको पाइँदैन ।

लागूऔषधजस्ता गम्भीर समस्या समाधान गर्न यसलाई कर्मक्षेत्रमा उतार्नको लागि अनुसन्धान, छानबिन, परीक्षण, मुद्दा दायरसम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक छ । लागूऔषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागूऔषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय खोल्न आवश्यक छ । हाल यसको वैज्ञानिक यन्त्रशाला काठमाडौंमा मात्र छ । अन्य फौजदारी मुद्दाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ भने लागूऔषध नियन्त्रणअन्तर्गत रहेका अभियुक्तलाई ९० दिन अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा राखिन्छ । यो ढिलो हुनु भनेको सबै लागूऔषधको परीक्षण गर्न काठमाडौंको अनुसन्धान यन्त्रशालामा लैजानुपर्ने बाध्यता नै हो ।





Leave a comment

Your email address will not be published.


*