कृषि प्रधान देशमा खाद्यबालीमै परनिर्भरता

          |   प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५     ::: 31 पटक पढिएको   |  

काठमाडौं- ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आज मुलुकभर १५आंै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। मुलुकको अर्थतन्त्र तथा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ।

असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा लिइन्छ। नेपालको हकमा सामान्य किसानदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनेसम्मको भूमिका रहेको छ, धानबालीको। धानको उत्पादन बढ्यो भने कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर बढ्ने र उत्पादन घट्यो भन्यो ती आर्थिक सूचकहरू पनि घट्ने गरेको बताउनुहुन्छ धान विज्ञ डा। भोलामानसिंह बस्नेत।

आज धान दिवस

मुलुकको आर्थिक समृद्धिमा धानबालीको ठूलो योगदान रहे पनि वर्षेनी घट्दो क्रममा रहेको उत्पादकत्व र बढिरहेको आयातको तथ्यांकले यस क्षेत्रमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बस्नेतको भनाइ छ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मुलुकमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर जमिनमा धान खेती भएको थियो। जसबाट ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक धान उत्पादन भएको छ। मुलुकको औसत धान उत्पादन ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। गत आर्थिक वर्षमा धान उत्पादन घटे पनि उत्पादकत्व ४ प्रतिशतले बढेको छ। प्रतिहेक्टर ३ हजार ५ सय ६ किलो धान उत्पादन हुने गरेको छ। धानबालीको योगदान कुल कृषि ग्रार्हस्थ उत्पादनमा २१ प्रतिशत र कुल ग्रार्हस्थ उत्पादनमा ७ प्रतिशत रहेको कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सरकारले धानबाली प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम लागू गरिरहेका बताउनुहुन्छ कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटा। उहाँका अनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ५ वर्षभित्रै मुलुकलाई आत्मनिर्भर हुने लक्ष्य राखेको र सोहीअनुसार कार्ययोजना बनाएको छ। केही वर्षअगाडि लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान उत्पादन बढाउनका लागि झापा जिल्लामा धान उत्पादन सुपर जोन निर्माण भएको छ।

करिब ४ दशकअगाडि नेपालबाट धान तथा चामल विभिन्न मुलुकमा निर्यात हुने गर्दथ्यो। नेपालमा २०२९ सालमा धान चामल निर्यात कम्पनीको स्थापना भएको थियो। उक्त कम्पनीले तराईका विभिन्न ६ वटा स्थानबाट त्यहाँ उत्पादित धान तथा चामललाई भारततर्फ निर्यात गथ्र्यो। तर उक्त कम्पनी १ दशक नपुग्दै २०३८ सालमा बन्द भयो। अहिले मुलुकमा ठूलो परिमाणमा धान तथा चामल आयात हुने गरेको छ।

खेतीयोग्य जमिनको खण्डीकरण, कृषि जनशक्तिको पलायन, अपर्याप्त सिँचाइ र आकासे पानीमा निर्भरता, उन्नत जातका बीउवीजन तथा मलखाद नहुनु तथा आधुनिक प्रविधि र तरिकाको प्रयोग नगरी परम्परागत खेती प्रणालीअनुसार नै धानबाली लगानइनुले धानको उत्पादन तुलनात्मकरूपमा घट्दै गएको सापकोटा बताउनुहुन्छ।

भौगोलिक क्षेत्र तथा स्थान विशेषमा खेती हुने महत्वपूर्ण स्थानीय र रैथाने धानका जातहरू लोप हुने क्रममा रहेका छन्। मसिना तथा बास्नादार चामलको आयातबाट ठूलो धनराशी विदेशिएको भन्दै सरकारले २०७० सालमा नै मसिना तथा बासनादार धान उत्पादन प्रबद्र्धन कार्यक्रमसमेत लागू गरेको थियो। तर धानबालीमा नेपालको परनिर्भरता भने वर्षेनी बढ्दो क्रममा देखिन्छ।





Leave a comment

Your email address will not be published.


*