चामुण्डामा मनाईयो धान दिवस, प्रतिनिधिहरु नै पुगे खेतमा (फोटो फिचर)

          |   प्रकाशित मितिः शनिबार, असार १६, २०७५     ::: 75 पटक पढिएको   |  

चामुण्डा दैलेख) । अन्न भण्डारको रुपमा चिनिने चामुण्डाविन्द्रासैनीको लैनचौरमा १५ औँ राष्ट्रिय धान धान दिवस हर्षउल्लासका साथ मनाईएको छ । नगरपालिकाको धान उत्पादन हुने मुख्य क्षेत्र मानिदै आएको लैनचौरमा स्थानिय तहका निर्वाचित प्रतिनिधिहरु रोपाई गर्री धान दिवस मनाएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले कृषिलाइ सम्मानित पेशा बनाउन नसकिए पनि उत्पादन गर्ने ब्यक्तिहरु सम्मानित ब्यक्ति भएको बताए । ‘बजारमा किनेर खाँदा ठूला सम्झने तर, बिक्री गर्दा सानो भइने प्रबृत्तिलाई अन्त्य गर्दै गएमा कृषि पेशा सम्मानित पेशा हुने उनले बताए ।

स्थानीय स्तरमा उत्पादन हुने धान विउ लोप हुदैछ, ‘हाईव्रिट धानको विउ अत्याधिक मात्रमा आयत भएको छ ।’ ‘नगरपालिकाले हाईव्रिट धान पनि स्थानीय रैथाने धानको विउलाई संरक्षण गर्ने नीति ल्याएरको छौैँ । उनले भने,–चामुण्डाविन्द्रासैनीलाई कृषिमा समृद्धि नगरपालका बनाउन कृषि क्रान्तिलाई अघि सारि आगामी वर्षमा कर्णाली प्रदेशकै नमुना नगरपालिका बनाउने उनले बताए ।

उपप्रमुख तारा शाही (खत्री) ले नगर समृद्धिको मुल आधार नै कृषि भएकाले नगरपालिकाले कृषिमा क्षेत्रमा विशेष जोड दिईने बताईन । उनले भनिन्, ‘अब कृषि परम्परागत शैलिमा भन्दापनि आधुनिककरण गरी चामुण्डाविन्द्रासैनीलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ । महिलाहरु एक्लैले मात्र खेतीबारीमा काम गर्दा कृषिमा आत्मनिर्भर नगरपालिका बनाउन नसकिने उनको दावी छ ।

‘धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुलनारा साथ मनाईयको १५ औँ धान दिवसमा वडा नं. ६ का वडा अध्यक्ष वीरबहादुर शाही, वडा नं. ६ का अध्यक्षका बखत बोहोरा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली, कृषि विकास अधिकृत डिल्लीप्रसाद शर्मा लगायतको स्थानीयहरु उपपस्थिति रहेको थियो ।

के हो धान दिवस 

मुठी रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाईने गरिन्छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरिएको र त्यसै अनुरुप मनाउने गरिन्छ ।

तस्वीर मदन  विक 





Leave a comment

Your email address will not be published.


*